×

NMB BANK
NIC ASIA

सुनसान छ सचिवालय, सहयोगी भन्छन्– रविन्द्र माननीय जस्तो मिजासिलो मन्त्री भेटेको थिइनँ

फागुन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कल्पना शाही पर्यटन मन्त्रीको सचिवालयमा मन्त्री र आगन्तुकका लागि चिया‍ पकाउने काम गर्छिन् । मन्त्री आउनासाथ उनको कोठामा तातोपानी लैजानु उनको नियमित काम हो ।

Sagarmatha Cement
Muktinath Bank

यही फागुन १५ गते बहालवाला मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उनले मन्त्रीका लागि भनेर चिया पकाएकी छैनन् । 'मन्त्रीज्यू नै नभएपछि यहाँ केही नभएको जस्तो लागेको छ,' शाहीले भनिन्, 'आफ्नै परिवारको सदस्य गुमेजस्तो लागेको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सधैँ भीडभाड रहने मन्त्रीको कार्यकक्ष आइतवार मध्याह्न सुनसान थियो । कार्यकक्षबाहिर राखिने नेमप्लेट हटाइएको थियो । पर्यटन मन्त्रीको सचिवालयमा जम्मा दुईजना सहयोगी भेटिए ।


Advertisment
Nabil box
Kumari

ती सहयोगीहरू रविन्द्रलाई सम्झिएर अझै नराम्रो मानिरहेका थिए । ‘उहाँको व्यवहार राम्रो थियो । खाजा, फलफूल लैजाँदा तपाईंहरूले पनि खानुस्, भन्नुहुन्थ्यो,’ सहयोगी शाहीले स्मरण गरिन् ।

Vianet communication
Laxmi Bank

उनका अनुसार मन्त्रीले क्यान्टिनबाट मगाएर रोटी, तरकारी र फलफूल खाने गर्दथे, तर चिया, कफी र तातोपानी बनाउने जिम्मा शाहीकै थियो ।

स्वर्गीय अधिकारीलाई चिया तथा पानी दिने काममा अर्का सहयोगी लालबहादुर खड्का पनि खटिन्थे । उनी पनि आइतवार निराश मुद्रामा भेटिए ।

‘मैले जागिर खाएको २२ वर्ष भयो, तर रवीन्द्र माननीय जस्तो मिजासिलो मन्त्री देखेको थिइनँ,’ खड्काले लोकान्तरसँग भने ।

यसबीचमा उनले मन्त्री अधिकारीको सचिवालयमा काम गर्न थालेको जम्मा १ महिना १० दिन भएको थियो ।

छोटो अवधिमा पनि रविन्द्रले उनमा राम्रै प्रभाव छाडेका रहेछन् । 'मैले यति धेरै समय जागिर खाएँ, तर सबभन्दा नजिकको मान्छे मलाई मन्त्रीज्यू नै लाग्यो,' उनले भने ।

सबैसँग घुलमिल हुने रवीन्द्रको स्वभावलाई सहयोगीहरूले निकै 'मिस' गरेका छन् ।

'जो सँग पनि घुलमिल हुने, माया गर्ने र ख्याल गर्ने स्वाभाव थियो, उहाँको । आफ्नै परिवारको सदस्य गुमाएको जस्तो अनुभव भएको छ,' खड्काले मलीन अनुहार बनाउँदै भने, 'अब शायद उहाँजस्तै मन्त्रीसँग काम गर्ने मौका पाइएला, नपाइएला !'

रविन्द्रलाई अन्य सहयोगीले पनि अभिभावक जस्तै मान्ने गरेको अनुभव आफूले गरेको उनले सुनाए ।

एयरपोर्टमा कुरिरहेँ, उहाँभन्दा पहिला मृत्युको खबर आयो

बंकरलाल चौधरी मन्त्री अधिकारीका सवारी चालक थिए । उनले अधिकारीको गाडी हाँकेको जम्मा चार महिना भएको थियो ।

१५ गते बुधवार दिउँसो मन्त्री अधिकारीलाई लिन भनेर उनी एयरपोर्ट गएका थिए । तर मन्त्रीभन्दा पहिला उनको मृत्युको खबर आयो । चौधरी स्तब्ध भए । 

'म एकछिन त रोएँ,' चौधरीले लोकान्तरसँग भने, 'अहिलेसम्म पनि मलाई नराम्रो लागिरहेको छ । सबैभन्दा बढी माया मलाई गर्नुहुन्थ्यो जस्तो लाग्छ ।'

उपदयपुर गाईघाटका चौधरी नागरिक उड्डयन प्राधिकरणका जागिरे हुन् । मन्त्रालयमा कर्मचारी अभाव भएपछि चौधरी मन्त्रीको गाडी चलाउन आएका थिए ।

तेह्रथुमको चुहानडाँडामा एयरपोर्टको सम्भाव्यता अध्ययन गरेर ताप्लेजुङको पाथीभरा दर्शन गरी फर्किने क्रममा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको थियो ।

उक्त दुर्घटनामा मन्त्री अधिकारीसहित ७  जनाले ज्यान गुमाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x