यी हुन् यस वर्षको महाशिवरात्रिको ३ संयोग र महत्त्व

फागुन १९, २०७५

काठमाडौं-  फागुन महिनाको कृष्ण पक्षको चतुर्दशीलाई भगवान शिवको विवाहको चतुर्दशी मानिन्छ । यस चतुर्दशीलाई शिवपुराणमा महाशिवरात्रि भन्ने गरिन्छ । शिवरात्रि त हरेक महिना आउँछ तर यस महिना आउने शिवरात्रिलाई विशेष मानिनुको कारण नै महाशिवरात्रि हो ।

महाशिवरात्रिको महत्त्वको पछाडि शिव र शक्तिको मिलनको रात हो ।


ADVERTISEMENT

अध्यात्मिक रूपले हेर्ने हो भने महाशिवरात्रिलाई प्रकृति र पुरूषबीचको मिलनको रात हो । यस रात अध्यात्मिक शक्ति बढी जागृत हुने विश्वास लिइन्छ । शास्त्रका अनुसार यस रातको उपयोग ध्यान, योग, तपस्या र साधनामार्फत गर्नु उत्तम मानिन्छ ।

यस वर्ष महाशिवरात्रि फागुन २० गते सोमवार परेको छ । यसलाई पनि एउटा मीठो संयोग मान्न सकिन्छ । सोमवार भगवान शिवको शिरमा चन्द्रमा बस्ने भएकाले भोलिको दिन अझ महत्त्वपूर्ण हुने बताइन्छ । यसलाई सोमनाथ पनि भनिन्छ ।

सोमबार परेको महाशिवरात्रिको दिन तपाईले भगवान शिवलाई दूध र गंगाजल चढाउनु उत्तम मानिन्छ ।

यस वर्षको महाशिवरात्रिमा तीन नक्षत्रमध्ये सबैभन्दा मुख्य श्रवण नक्षत्रको संयोग पनि मिलेको छ । यस नक्षत्रको स्वामी चन्द्रमा हो र यसको प्रतीक चिन्ह भगवान विष्णुको अवतार चिन्ह भएकाले यस्तो अवस्थामा शिवको पूजा गर्नु फलदायी मानिन्छ । जो मानिसले धनदौलत तथा सुख पाउने चाहना राख्छ, उसले त्यसदिन भगवान शिवलाई उखुको रसले अभिषेक गराउँदा राम्रो ।

यस वर्षको महाशिवरात्रिमा अर्को पनि संयोग बनेको छ, त्यो हो सर्वार्थ सिद्धि योग । यो कार्य सफल बनाउनका लागि महत्त्वपूर्ण मानिन्छ । यस्तोमा तपाईंले शिवताण्डव स्तोत्र, शिव सहस्त्रनामको पाठ गरेमा उत्तम सिद्ध हुनेछ ।

फागुन १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस