×

NMB BANK
NIC ASIA

सार्कलाई पुनर्जीवन दिन नेपालमा नै किन नगर्ने सम्मेलन ?

फागुन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel
  • प्रमाण अधिकारी

लामो सामाजिक र सांस्कृतिक इतिहाससँगै बिताएका दक्षिण एशियाली देशहरूको क्षेत्रीय सहयोग आदान प्रदान गर्ने संगठन, दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अस्तित्व अहिले धरासायी बनेको छ । विश्वका विभिन्न क्षेत्रीय संगठनहरू आफ्ना क्षेत्रमा सहयोग, व्यापार, आवत जावत लगायतका विषयमा प्रभावकारी भइरहेको परिप्रेक्ष्यमा सार्क कमजोर हुनु हाम्रा लागि सकारात्मक मान्न सकिँदैन । सन् २०१६ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्कको १९औं सार्क शिखर सम्मेलन एउटा राष्ट्रको अनिच्छाले आयोजना हुन सकेन । इन्डिया र पाकिस्तानको सीमावर्ती क्षेत्र, ‘पठानकोट’ र ‘उरी’मा भएका आक्रमणलाई आधार बनाएर इन्डियाले सार्क सम्मेलनमा सहभागी नहुने बताएसँगै थप केही देशको उक्त निर्णयप्रतिको समर्थनले शिखर सम्मेलन अनिश्चित भएको हो ।  द्विपक्षीय सम्बन्धका आधारमा संगठनका काम कर्तव्यलाई बन्धक नबनाउने सार्क बडापत्रको मूलमर्म विपरीत आठै देशका जनता–जनताबीच रहेको सम्बन्ध निरन्तर अघि बढ्ने वातावरण खलबल्याउनु निश्चित रूपमा राम्रो होइन ।

Muktinath Bank

विश्वको बदलिँदो भू–राजनीति र दक्षिणपन्थीको राज्यसत्तामा भएको आगमनले दक्षिण एशियाको क्षेत्रीय सहयोगको अवस्थामा पनि प्रभाव पारेको अनुभूति हुन्छ । विश्वको पहिलो अर्थतन्त्र बन्न कसिएको चीनको सार्क मुलुकमा बढिरहेको संलग्नता लाई खुम्च्याउन लागि परेको अर्को उदाउँदो अर्थतन्त्र, इन्डियाले आफ्ना सार्कका छिमेकी देशहरूमाथि प्रदर्शन गर्ने हस्तक्षेपकारी भूमिकाका कारण आफ्नो साख गुमाइरहेको अवस्था छ, जुन त्यहाँको वर्तमान सरकारको आवागनमसँगै अझ विस्तार भएको देखिन्छ । एकातिर क्षेत्रीय तहमा अन्य देशको प्रभाव बढ्न नदिने र अर्कोतिर सार्क सदस्य मुलुक पाकिस्तानलाई एक्ल्याउने इन्डियाको नीतिले क्षेत्रीय एकता, सहयोग र भाइचाराको अवधारणामा गम्भीर समस्या खडा गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
यावत समस्या र अवरोधको विकल्प स्वरूप नेपालले अबको सार्क सम्मेलन नेपालमा गर्न आह्वान गरेको खण्डमा निश्चय पनि सकारात्मक सन्देश प्रवाह हुन्छ र सार्कले नयाँ जीवन पाउने आशा गर्न सकिन्छ ।

नेपालले अहिले सार्कको अध्यक्षता गरिरहेको सन्दर्भमा वर्तमान सरकारले डुब्न लागेको क्षेत्रीय संगठनलाई जोगाउन भरमग्दुर प्रयास गर्नुपर्ने देखिन्छ । मिडियामा प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क सम्मेलन गर्नुपर्छ र त्यसका लागि हामी पहल गर्दैछौं भन्दै गरेका अभिव्यक्ति बाहिर आइरहेकै छन् । साथै विभिन्न भेटमा इन्डियाका प्रतिनीधिसँग पनि सम्मेलन आयोजनाका बारे कुराकानी भएको समाचार नआएका होइनन् । तर मुख्य कुरा सार्क सम्मेलन चार वर्षदेखि हुन सकिरहेको छैन र यो कुनै देशको निर्णयको बन्दी भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

वर्णानुक्रम अनुसार दुईवर्षको अन्तरमा गरिने सार्क सम्मेलन पाकिस्तानमा नभएपछि अबको पालो श्रीलङ्काको हुन आउँछ तथापि यसको तयारीका सन्दर्भमा कुनै किसिमको समाचार आम सञ्चारमा आएको छैन । यस्तो अन्योलको परिस्थितिमा नेपालले दक्षिण एशियाको क्षेत्रीय सहयोग, सद्भाव र भाइचाराको प्रतीक सार्कको सम्मेलन स्वयं नेपालमा गर्ने प्रस्ताव किन गर्न सक्दैन ? गत भदौ महिनामा नेपालमा बिम्स्टेक सम्मेलन आयोजना भयो । त्यसबाट नेपालले के उपलब्धि हासिल गर्‍यो त्यो अर्को बहसको विषय हो, तर बिम्स्टेक भन्दा पनि बढी महत्त्व राख्ने सार्क सम्मेलन गराउन नेपाल सरकारको घनिभूत प्रयास रहनुपर्छ । आजसम्मका यावत समस्या र अवरोधको विकल्प स्वरूप नेपालले अबको सार्क सम्मेलन नेपालमा गर्न आह्वान गरेको खण्डमा निश्चय पनि सकारात्मक सन्देश प्रवाह हुन्छ र सार्कले नयाँ जीवन पाउने आशा गर्न सकिन्छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x