माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
समय बिहानको ९ः२० बजे । स्थान कलंकी चोक । अफिस जानका लागि म बाग्मती यातायातको मिनीबसमा चढेँ ।
यो केही दिन अगाडिको कुरा हो । कार्यालय समय भएकाले यात्रु खचाखच थिए ।
मिनीबसको महिला आरक्षण सिटमा एक वृद्ध बसिरहेका थिए । उनी म भन्दा अगाडि नै गाडीमा चढेका रहेछन् ।
हेर्दा मधेशीमूलका जस्ता देखिने ती वृद्धले शायद त्यो आरक्षण सिट हो भन्ने भेउ पाएनन् ।
के थाहा, आँखा ठहरेन कि ! उनले पढ्नै जानेका थिएनन् कि ! वृद्धावस्था, आफ्नो शरीर धान्नै मुस्किल हुने उमेर । खाली देखे, बसे होलान् ।
गाडी रविभवन पुग्यो ।
‘हजुरबा उठ्नुस्, यो महिला सिट हो,’ मेरो कानमा यही आवाज ठोक्कियो ।
झनन् रिस उठ्यो ।
उमेरले सात दशक पार गरिसकेका जस्ता देखिने हजुरबालाई सुकोमल युवतीले भाका हालेर सिट छोड्न आग्रह गरिन् ।
विचरा! हजुरबाले उनको आग्रह सहजै स्वीकारिदिए । गल्ती उनकै थियो, महिला सिटमा बसेका जो थिए ।
एक हातमा मोबाइल र अर्को हातले भित्ताको डण्डी समातेको थिएँ ।
हतारमा महिला सिट भन्दै आफ्नो अधिकार खोज्ने युवतीको तस्वीर कैद गरेँ । मैले तस्वीर कैद गर्दैगर्दा उनी पछाडि फर्किइन् । अनुहार देखियो । मलाई उनको अनुहार हेर्नु थिएन ।
वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ धेरै पहिला पढेको थिएँ, तर आज आफ्नै आँखाले ‘मानवता हराएको मान्छे’ देख्दैछु ।
हजुरबालाई उठाएर अधिकारको बलमा महिला सिटमा बसेकी युवतीले आरामदायी यात्रा गरिन् । विचरा! हजुरबा बल्लतल्ल ज्यान धानेर उभिए ।
यदि ती युवतीमा अलिकति पनि मानवता भन्ने जिनिस बाँकी थियो भने आफू उभिएर बालाई यथास्थानमा रहेर यात्रा गर्न दिनुपर्थ्यो । तर भइदियो उल्टो ।
उनले स्कूलमा होस् या घरमा शायद गणितका सूत्र र ग्रामर मात्र घोकिन्, तर मानवताको च्याप्टर नै पढ्न भुलिन् ।
अधिकार छोड्नुहुन्न भन्ने विषय पढिन्, तर वृद्धवृद्धालाई सम्मान गर्नुपर्छ भन्ने नैतिक शिक्षा लिइनन् ।
उनले मात्रै होइन, गाडीका सिटमा बसेका कसैले पनि ती बाजेका लागि सिट छाडेनन् ।
कहाँ छ हाम्रो संस्कार, के हाम्रो मानवता आर्यघाटमा पुगिसकेको हो ? होइन भने खोइ ?
यसरी दिनदिनै मानवता मार्दै जाने हो भने एकदिन हामी यस्तो अवस्थामा पुग्नेछौं, जहाँ मानवताको अर्थ हेर्न शब्दकोश पल्टाउन पर्नेछ ।
माथिको त एउटा प्रतिनिधि घटना हो । यस्ता घटना हरेक दिन भइरहेका हुन्छन् । जति यस्ता दृश्यहरू दोहोरिन्छन्, त्यतिनै हाम्रो चेतनाको स्तर पोखिन्छ ।
गाडीमा राखिएका आरक्षण सिटको सही सदुपयोग हुन सकिरहेको छैन । गर्भवती, अशक्त र बच्चा बोकेकी महिला अथवा बिरामी हेरेर मात्रै आरक्षण सिटको सदुपयोग गर्नुपर्ने हो, तर हामी कसैले पनि यसो गरिरहेका छैनौं ।
सक्नेहरू त उभिइहाल्छन् नि । किन चाहियो आरक्षण ?
यदि मान्छेमा मानवता मर्दैन भने आरक्षण सिट चाहिँदैन । त्यो फगतमात्रै हुनेछ ।
यसको अर्थ हो, सक्नेहरूले आरक्षण नखोजौं । यदि त्यसो भएको भए उक्त हजुरबाले सकसपूर्ण यात्रा गर्नु पर्दैनथ्यो ।
अरू केही गर्न नसकेपनि युवा पुस्ताप्रति ज्येष्ठ नागरिकमा नराम्रो छाप नपारिदिउँ । ज्येष्ठ नागरिक हाम्रा सपनाका मार्ग दर्शक हुन् । सम्पत्ति हुन् । सारथि हुन् ।
उनीहरूको सदैव सम्मान गरौं । सकेसम्म सुझाव लिऔं । अनुभव र परिस्थितिले खारिएका ज्येष्ठ नागरिकले नयाँ पुस्ताको कुभलो कहिल्यै चिताउँदैनन् । जे गर्छौं, सोधेर गरौं । त्यसमै हाम्रो भलाइ छ ।
के हो आरक्षण ?
आरक्षण पिछडिएका वर्ग तथा समुदायलाई माथि उठाउन सरकारले दिएको एउटा विशेष सुविधा हो । यसलाई योजनाका रूपमा लिँदा बुझ्न अलि सहज हुन्छ ।
नेपालको संविधानअनुसार यो सुविधा दलित, जनजाति, मधेशी, महिला तथा अन्य केही पिछडिएका वर्गका नागरिकले पाउँछन् ।
आरक्षण समावेशिताको एउटा पाटो हो, जसले समुदायको पहिचान, सहभागिता, प्रतिनिधित्व र अधिकारलाई सुनिश्चित गर्दै एक कदम माथि उठाउँछ ।
यो योजना शुरूमा ल्याउने देश हो, स्वीजरल्याण्ड । यो समावेशी कार्यक्रम सन् १९४८ मै प्रारम्भ भएपनि यसले मूर्तरूप भने सन् १९८० मा मात्रै पायो । भलै नेपालले पनि यो योजनालाई तामझाममा साथ प्रस्तुत गरिसकेको छ, गर्दैछ ।
निजामती सेवा ऐन २०४९ को दोस्रो संशोधन २०६४ साल साउन २३ गते नेपालमा पहिलोपटक संवैधानिक रूपमा आरक्षणको व्यवस्था गरिएको हो ।
यसमा ४५ प्रतिशतलाई शतप्रतिशत मानेर आरक्षण छुट्याइएको छ । जसमा ३३ प्रतिशत महिला कोटा छुट्याउँदा जनजातिले २७ प्रतिशत पाउने व्यवस्था छ । त्यस्तै मधेशीलाई २२, दलितलाई ९, अपाङ्गता भएका नागरिकलाई ५ र पिछडिएका क्षेत्रका लागि ४ प्रतिशत कोटाको व्यवस्था गरिएको छ ।
अन्य सेवामा आरक्षणको प्रभाव कति, त्यो छुट्टै बहसको पाटो हो । तर जहाँसम्म सार्वजनिक यातायातमा आरक्षणको कुरा छ, त्यसको धेरै हदसम्म सदुपयोग हुन सकिरहेको छैन ।
नोट : प्रवृत्तिको उठान गर्न खोजिएको हो । पात्र र घटना काल्पनिक हुन् ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...