×

NMB BANK
NIC ASIA

सप्ताहान्तमा धेर सुत्नु स्वास्थ्यका लागि हानिकारक

फागुन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – सप्ताहान्तमा धेरै सुत्दा स्वास्थ्यमा हानि हुने एक अध्ययनले देखाएको छ । हप्ताभरि मेहनत गर्ने अनि यसक्रममा निद्रा मार्ने र सप्ताहान्त आउनेबित्तिकै दिनभरि सुत्ने मानिसको स्वास्थ्य बिग्रने देखिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

सप्ताहान्तको दिनभरि सुत्दा थकान त हट्छ तर स्वास्थ्य पनि खराब हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करेन्ट बायोलोजी जर्नलमा प्रकाशित अध्ययन निष्कर्षअनुसार, सप्ताहान्तमा धेर आराम गर्दा समेत तपाईंले गुमेको निद्राको भरपाई गर्न सक्नुहुन्न । सप्ताहान्तमा सुत्दा थोरै समयका लागि मात्र राम्रो अनुभव हुन्छ र फेरि थकाइ लाग्न थाल्छ । 


Advertisment
Nabil box
Kumari

अध्ययनमा संलग्न डा. गोल्डस्टीनका अनुसार, लामो समयसम्म नसुत्दा शरीरका हर्मोनहरूमा असर पर्छ । राति ९ बजेपछि शरीरमा मेलाटोनिन नामक हर्मोन निस्कन्छ जसले गर्दा हामीलाई निद्रा लाग्छ । बिहान सबेरै यो हर्मोन निस्कन बन्द हुन्छ । तर राति ढिलोसम्म जाग्दा शरीरको आफ्नो रिदम बिग्रन्छ । 

Vianet communication
Laxmi Bank

यस्तो दिनचर्या हुँदा तपाईंलाई राति ढिलोसम्म निद्रा लाग्दैन र बिहान पनि छिट्टै निद्रा भंग हुन्छ । हप्ताभरि कम सुत्ने मानिसमा क्यान्सरको समस्या बढिरहेको र समयअगावै मृत्यु हुने खतरा रहेको गोल्डस्टीनको भनाइ छ । 

कम सुत्ने मानिसलाई राति केही न केही खान मन लाग्ने दाबी पनि अध्ययनले गरेको छ । तर पूरा निद्रा लिने व्यक्तिमा यो समस्या आउँदैन र उनीहरू स्वस्थ रहन्छन् । 

अन्य अध्ययनहरूले समेत एक घन्टाको निद्रा खराब हुँदा पनि भोलिपल्ट २०० क्यालोरी बढी खाइने दाबी गरेका छन् । 

सप्ताहान्तमा धेर सुत्नुभन्दा दिनदिनै ससानो निद्रा लिँदा स्वास्थ्य राम्रो हुने र कार्यक्षमता बढ्ने देखिएको छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x