मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
फागुन २४, २०७५
जनकपुरधाम– उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीकी ३८ वर्षीया नजबुल खान विभिन्न उपनामले चिनिन्छिन् । ‘दबंग लेडी’, ’ विद्रोही छोरी’, ‘नजबुल खान उदयपुरको शान’ लगायत उपनाम समाजले उनलाई दिएको छ ।
मुस्लिम महिला अभियन्तादेखि सामाजिक अभियन्ता जस्ता विभिन्न विशेषणसहित उनको पहिचान बनेको छ । यस्तो पहिचानका पछाडि उनी स्वयंको संघर्षको कथा भने कम्ति मार्मिक छैन । उनको संघर्षको कथा मुस्लिम समुदायका महिलाका लागि मात्र नभएर नेपालका सबै महिलाका लागि प्रेरणादायी बन्न सक्छ ।
१८ वर्षको उमेरमा अक्षरसँग भेट !
नजबुल मुस्लिम समुदायकी भएका कारण बाल्यकालमा पढ्न पाइनन् । मुस्लिम समुदायमा महिलालाई अध्ययनमा सहज पहुँच थिएन । ज्योती मिश्रा, लीलाकुमारी चौधरी, पूजा दाहाल लगायतका उनका बालसखीहरू हातमा किताब कापी बोकेर पढ्न विद्यालय जाने गर्थे, नजबुल भने गाउँमा खेल्ने, घरको काम गर्ने गर्थिन् ।
बुवाले माछापालनका लागि पोखरी ठेक्का लिने गरेका कारण उनी एउटा पोखरीको माछाको भुरा अर्को पोखरीमा सार्ने काममा पनि सघाउँथिन् । आँपको ठेक्का लिने गरेका कारण बगैँचामा आँपको रखबारी गर्ने काम गर्थिन् । त्यसका अतिरिक्त खेतमा तरकारी रोप्न सघाउने, घरमा मसाला पिँध्ने, भान्सामा आमालाई सघाउने काम गरेर बाल्यकाल बित्योे ।
घरको काम गर्दागर्दै जब उनी १८ वर्षकी भइन् । त्यतिबेला उनको गाउँमा अनौपचारिक शिक्षा अभियान अन्तर्गत प्रौढ शिक्षा सञ्चालन भयो । उनी कापी लिएर प्रौढ कक्षा जान थालिन् । घरमा आमाबुवाले विहे गर्ने समय भइसकेको अवस्थामा किन पढ्न जानुपर्यो भन्दै विरोध गरे । तर पनि उनी भने नेपालीमा कखरा र अंग्रेजीमा एबीसीडी सिक्नमा तल्लिन भइन् ।
एक वर्षपछि १९ वर्षको उमेरमा गाउँकै जनज्योति प्राथमिक विद्यालयमा कक्षा ४ मा नाम लेखाइन् । एकातर्फ ज्याला मजदूरीको कम गर्थिन् भने अर्कोतर्फ विद्यालय पनि जान्थिन् ।
त्यसैबेला उनले नेपाल टेलिभिजनमा टेम्पो चलाउने महिलाबारे रिपोर्ट देखिन् । त्यसपछि उनी पनि ज्यालादारी गर्नुभन्दा टेम्पो नै चलाउँदा राम्रो हुने सोच्दै घर छाडेर काठमाडौं गइन् । त्यहाँ त्यतिबेलाका नेपाली कांग्रेसका ट्रेड युनियनका केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतसँग भेट भयो । उनले नजबुललाई कांग्रेस नेत्री प्रमिला राईको घरमा पठाइदिए ।
त्यहाँ प्रमिलाको घरमा बिहान–बेलुका काम पनि गर्थिन् । प्रमिलाकी बहिनी उर्मिला त्यतिबेला खानेपानी संस्थानमा कर्मचारी भएकाले उनले नजबुललाई पकेट खर्च पनि दिने गर्थिन् ।
बत्तीसपुतलीमा रहेको महिला ड्राइभिङ सेन्टरमा गएर उनले टेम्पो चलाउन सिकिन । ४ हजार रुपैयाँ दिएर उनले २०६० सालमा टेम्पो चलाउन सिकेकी थिइन् ।
त्यसपछि उनी उदयपुर फर्किइन् । तर त्यहाँ उनले टेम्पो पाउन सकिनन् । कसैले पनि महिलालाई टेम्पो चलाउन दिन मानिरहेका थिएनन् । अनि उनले उदयपुरका कैलाश राईको टेम्पो एक महिनाका लागि १५ हजार रुपैयाँमा रिजर्भ भाडामा लिएर टेम्पो चलाउन थालिन् ।
मुस्लिम समुदायकी महिलाले टेम्पो चलाउँदा झन उनको बारेमा अनर्गल प्रचार गर्न थालियो । कुरा काट्न थाले । तर उनले टेम्पो चलाइरहिन् । नेपालमा उनी पहिलो मुस्लिम महिला टेम्पो चालक हुन् ।
बच्चामा साइकल चलाउन खोज्दा उनका साइँला दाइ जफरुल मियाले कुटेका थिए, तर टेम्पो चलाउँदा त्यही दाइले फेरि उनलाई माया गर्न थाले । किनभने त्यही टेम्पो चलाएर उनले घर परिवारको खर्च पनि जुटाउन थालेकी थिइन् । उदयपुरकै सिमेन्ट कारखानाका कर्मचारी मनोज झाले उनलाई मोटर साइकल चलाउन सिकाइ दिए ।
एकातर्फ पढाइ अर्कोतर्फ काम जारी नै थियो । जब उनी ६ कक्षामा पढिरहेकी थिइन्, उनी एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एक्सन एडमा एक्टिभिस्टको रूपमा काम गर्न थालिन् । २५ सय रुपियाँ मासिक तलबमा उनले त्यहाँ काम गर्न थालिन् ।
२०६० साल पुष १८ मा उनले उदयपुरमा ‘मुलधार महिला सेवा केन्द्र’ नामक संस्था दर्ता गरिन् । उक्त संस्थामार्फत् उनले गाउँमा मुस्लिम, दलित, जनजाति, एकल महिलाको उत्थानका लागि काम गर्न थालिन् । जन्मदर्ता, विबाह दर्ता, नागरिकता, शिक्षा लगायतको अभियान चलाउन थालिन् ।
यसैगरी उनले गाउँमा अभियान, काम र पढाइलाई निरन्तरता दिइरहिन् । २०६४ सालमा जनता मावि देउरी उदयपुरबाट उनले एसएलसी पास गरिन् । त्यसपछि उनले मदरसा शिक्षाको अभियानलाई अगाडि बढाइन् ।
उदयपुरको सुन्दरपुरमा बिस्मिल्लाह मदरसा, त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेमा इस्लामिक दारु कुरान जिल्ला शिक्षा कार्यालयमा दर्ता गराएर मदरसा शिक्षामार्फत् मुस्लिम समुदायका महिलाहरूलाई शिक्षा लिन प्रेरित गर्न थालिन् । आफैँ पनि त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा गाईघाटबाट कक्षा १२ को परीक्षा पनि उत्तीर्ण गरिन् । अहिले उनी स्नातक तहको अध्ययन गर्दैछिन् ।
पढ्नका लागि उमेरले छेक्दैन भन्दै उनी गाउँगाउँमा गैर मुस्लिम समुदायका महिलालाई पनि शिक्षाप्रति उत्प्रेरित गरिरहेकी छन् । नजबुल भन्छिन्, ‘बाल विवाह, अनमेल विवाह, बहुविवाह रोकेर छोरी चेलीलाई पढ्न लगाएँ ।’ हालसम्म ६ सयजना मुस्लिम महिलाले आफ्नै पहलमा खुलेका मदरसाबाट शिक्षा प्राप्त गरेको उनले बताइन् ।
उनी उमेर नाघिसकेका मुस्लिम महिलाहरूका लागि फरक शिक्षा, कार्यमूलक साक्षरता कार्यक्रम सञ्चालन गरी स्थानीय, प्रादेशिक र संघीय गरी तिनै तहमा महिला नेतृत्वले प्रतिनिधित्व पाउनुपर्छ भन्दै अभियान सञ्चालन गरिरहेकी छिन् ।
स १ प ९४४४ नम्बर को इन्टाइसर मोटरसाइकल हाँक्दै गाउँगाउँ पुगेर महिलाहरूको समूह गठन गरिन् । मुस्लिम बस्तीहरूमा पुगेर एकता मुस्लिम महिला समूह, रोजा मुस्लिम महिला समूह, संघर्षशील मुस्लिम महिला समूह, आकाश महिला समूह लगायत विभिन्न समूह गठन गर्दै महिलालाई सदस्य बनाएर रकम बचत गर्न प्रेरित समेत गरिन् ।
५/५ रुपैयाँ प्रति सदस्यले बचत गरेको पूँजी अहिले ७० लाख रुपैयाँको हाराहारीमा पुगेको नजबुलले बताइन् । ती समूहमार्फत् हिंसामा परेका महिला, तीन तलाक जस्ता विकृति विरुद्ध गाउँगाउँमा अभियान चलाएको उनले बताइन् ।
अभियानका क्रममा आक्रमण !
यसरी बलात्कार गर्ने बलात्कारीलाई कारबाही गर्नुपर्छ, तीन तलाक गलत हो भन्दै गाउँगाउँमा अभियान सञ्चालन गर्ने क्रममा मुस्लिम समुदायका मौलाना मोल्बीबाट पटक–पटक धम्की आएको उनले सुनाइन् ।
एकपटक उदयपुरको सुन्दरपुरमा अभियान सञ्चालन गर्न गइरहेका बेला बाटोमा तोया लुइँटेल नामक व्यक्तिले सार्वजनिक यातायातमै आक्रमण गरेको बताइन् । आक्रमणबाट घाइते भएपछि अस्पतालमा तीन दिनको उपचारपछि मात्र घर फर्किन सकेको उनले बताइन् ।
मुस्लिम समुदायका अगुवा नागरिकले पनि पटक–पटक धम्की दिँदै तीन तलाक विरुद्ध आवाज उठाए कोशीमा लागेर फाल्दिने धम्की आउने गरेको उनले बताइन् । यसरी धम्की आउँदा रुँदै कराउँदै साथीसँग गुहार माग्दा असुरक्षित भएको पीडाको शिकार बने पनि अहिले आएर सबैले साथ र सहयोग गरिरहेको नजमुल बताउँछिन् ।
जनआन्दोलनमा स्वर गुम्यो
२०६२ सालको लोकतान्त्रिक जनआन्दोलनका क्रममा उनी पनि सडकमा आएकी थिइन् । सात दलको अगुवाइमा आह्वान भएको उक्त आन्दोलनमा सहभागी भएका बेला २०६३ साल वैशाख ५ गते उनको घाँटीमा अश्रु ग्याँसको गोलीको खोका लाग्यो ।
उनी ५ घण्टासम्म बेहोस भइन् । उनलाई बीपी कोइराला अस्पताल धरानमा उपचारका लागि भर्ना गरियो । उनी बाँच्न त सफल भइन्, तर उनको स्वर सधैंका लागि दबेर गयो । भोकल कर्डमा असर परेकोले उनको स्वर दबिएको छ, फसेको आवाजमा मात्र उनी बोल्न सक्छिन् ।
पछिल्लो समयमा सुशील कोइराला प्रधानमन्त्री भएका बेला २ लाख रुपैयाँ र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला थप २ लाख रुपैयाँ उपचारका लागि पाएको उनले बताइन् । उपचारका लागि हालसम्म ८ लाख रुपैयाँ जति खर्च भइसकेको उनले बताइन् । शल्यक्रिया गर्दा कि त पहिलेको जस्तै पूरै आवाज कि त पूरै गुम्ने जोखिम रहेको चिकित्सकहरूले बताउने गरेको जानकारी उनले दिइन् ।
प्याडका लागि अभियान
अहिले उनी आफ्नो संस्थामार्फत् महिलाहरूलाई स्थानीय तहले निशुल्क रूपमा सेनिटरी प्याड वितरण गर्नुपर्ने अभियान सञ्चालन गरिरहेकी छन् । अहिले पनि महिलाहरूले महिनावारी हुँदा कपडा प्रयोग गरिरहेको हुनाले कपडा प्रयोग नगरेर प्याड प्रयोग गर्नुपर्ने भन्दै गाउँ गाउँमा अभियान सञ्चालन गरिरहेकी छिन् ।
कपडा प्रयोगका कारण महिलाको पाठेघरमा समस्या उत्पन्न हुनेपछि क्यान्सर समेत हुने भएकाले प्याड किन्न नसक्ने महिलालाई स्थानीय तहमा स्थानीय सरकारले निःशुल्क रूपमा प्याड वितरण गर्नुपर्ने भन्दै विभिन्न प्रदेशमा गएर स्थानीय तहमा छलफल समेत गरिरहेकी छिन् ।
बंगलादेश पुगेर अभियान
एक्सन एड बंगलादेशकी कन्ट्री कोअर्डिनेटर फरहा कवीरको सहयोगमा सन् २०१८ को फेब्रुअरीमा बंगलादेश पुगेकी थिइन् । बंगलादेशको ढाका, पटुवाकली, कुवाकाया लगायतको स्थानमा पुगेर करीब एकसाता जति त्यहाँ पनि महिलाको अधिकार, सामजिक कुरीति विरुद्ध जनजागरण कार्यक्रममा सहभागी भएको उनले बताइन् ।
नेपालमा आफूले बनाएको नारा ‘आसनमा महिला, भाषन (भाषण) मा महिला, शासनमा महिला’ बंगलादेशमा पनि बंगाली भाषामा रूपान्तरण गरेर प्रचार–प्रसार भइरहेको उनले बताइन् । आसने नारी, भासने नारी, शासने नारी नामक नारा त्यहाँ पनि महिला अधिकारका लागि प्रयोग भइरहेको उनको दाबी छ ।
विभिन्न पुरस्कार र सम्मान
उनले सञ्चालन गरेको अभियान र साहसका कारण उनलाई विभिन्न मानव अधिकारको राष्ट्रिय सम्मान पनि दिइएको छ ।
सन् २०१४ मा महिला शक्ति शिरोमणि पुरस्कार भारतको दिल्लीमा अन्तर्राष्ट्रिय समरस्था संस्थाले प्रदान गरेको थियो । नेपालमा ६८औं मानव अधिकार दिवसको अवसरमा आठौं मेग्नामेन्ट समितिले विद्रोही छोरीको पुरस्कार शान्ता लक्ष्मी श्रेष्ठले काठमाडौंमा प्रदान गरेकी थिइन् ।
२०७३ सालमा राष्ट्रिय मानव अधिकार सम्मान, राष्ट्रिय मानव अधिकार आयोगले दयाराम परियार स्मृति राष्ट्रिय पुरस्कार तत्कालीन प्रधानमन्त्री प्रचण्डको हातबाट प्रदान गरेको थियै । त्यसैगरी महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले प्रेम सागरी देवी पुरस्कार तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको हातबाट प्रदान गरिएको थियो ।
बिहे गर्ने फुर्सद छैन !
उनले हालसम्म बिहे गरेकी छैनन् । बिहे गर्नका लागि घरमा दाइहरूले पटक–पटक कुरा पनि गर्छन्, केटा खोजेर पनि ल्याउँछन् । तर उनी भने अहिले बिहे गर्ने फुर्सद नै नरहेकाले त्यसबारे सोच्ने नसकेको बताउँछिन् । अहिले मलाई देशैभरी महिला अधिकार र सामजिक अभियन्ताको रूपमा अभियान चलाउनु छ, बिहे गर्ने फुर्सद नै छैन । त्यसबारे सोच्न पनि सकेको छैन ।
आफ्नो आवाज दबिएको भएपनि आवाजविहीन महिलाका लागि आवाज उठाउनु नै आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ । आफ्नो अभियान अहिले राष्ट्रव्यापी मात्र रहेको र त्यस अभियानलाई सार्क स्तरमा पुर्याउने लक्ष्य रहेको उनले बताइन् । अनुराधा कोइराला जस्तै सीएनएन हिरो बन्ने उनको लक्ष्य छ ।
-अर्काइभबाट
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...