माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २४, २०७५
काठमाडौं- शुक्रवार 'राजनीतिक सहमति घोषणा कार्यक्रम' लेखिएको ठूलो ब्यानर अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र मधेशमा पृथकतावादी आन्दोलन चलाइरहेका डाक्टर चन्द्रकान्त राउत (सीके राउत) लहरै मिलेर बसे । देब्रेपट्टी विखण्डनविरुद्ध सधैं चर्का भाषण गर्ने प्रधानमन्त्री ओलीसँगै विखण्डको आन्दोलन चलाइरहेका राउत बसे भने दाहिनेपट्टी प्रचण्ड बसेका थिए । केही समयमा नै ११ बुँदे सम्झौतामा हस्ताक्षर गरिसकेपछि गृहमन्त्री रामबहादुर थापा 'बादल' आफैंले कुर्ची बोकेर ओली र राउतको बीचमा बस्न आइपुगे ।
शुक्रवार बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओली र राउतले राष्ट्रिय सभागृहको एउटै मञ्चबाट भाषण गर्ने खबर सनसनीरूपमा फैलियो । त्योभन्दा अघिल्लै दिन प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने भन्ने समाचार उनीनिकट स्रोतहरूले दिइसकेका थिए । प्रधानमन्त्री ओली र राउतले एउटै मंच 'सेयर' गर्ने हल्लाले बजार तताए पनि नेकपाका नेताहरू खुल्न चाहिरहेका थिएनन् ।
लोकान्तरले समाचार पुष्टि गर्नका लागि महासचिव विष्णु पौडेललाई सम्पर्क गर्यो तर पौडेलले राउत पनि आउने विषय आफूलाई जानकारी नभएको भनी टारे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि त्यस्तै आशयको समाचार दिए । तर बाहिर राउत नेकपामा प्रवेश गर्नेसम्मको हल्ला चल्यो । पछिल्लो समय पाँच महिनाभन्दा बढी जेल बसेका राउतले सम्बोधनका क्रममा सरकार र आफ्नोबीच निरन्तर कुराकानी भएको बताएपछि राउतलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भित्रभित्रै भएको रहेछ भन्ने जानकारी प्राप्त भयो ।
करीब साढे १२ बजे राष्ट्रिय सभागृह पुगेपछि राउत नेकपामा प्रवेश गर्ने समाचार हल्लामात्र रहेको पुष्टि भयो । यदि उनी नेकपामा प्रवेश गर्ने निर्णयका साथ आएका हुन्थे भने ब्यानरमा 'पार्टी प्रवेश कार्यक्रम' लेखिन्थ्यो । तर ब्यानरमा राजनीतिक सहमति घोषणा कार्यक्रम मात्रै लेखिएको थियो । कार्यक्रम निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरेर शुरू भयो । राष्ट्रिय सभागृहको हलमा प्रचण्ड, ओली र राउतसँगै प्रवेश गर्दा राउतका समर्थकहरूले ताली बजाएर हुटिंग गरेका थिए ।
कार्यक्रममा प्रचण्ड लगायत अन्यले पनि बोल्ने अपेक्षा गरिएको थियो तर सहमतिमा हस्ताक्षर भइसकेपछि राउतले झन्डै आधा घण्टा जति बोले र त्यसपछि प्रधानमन्त्री ओली करीब ४० मिनेटजति बोले ।
राउतको अखण्डताप्रतिको प्रतिबद्धता
गृहमन्त्री बादल र राउतको हस्ताक्षर भएको ११ बुँदे सहमतिपत्रको पहिलो बुँदामै नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो भनेर उल्लेख गरिएको छ । मधेशबाट नेपाली उपनिवेशको अन्त्य गर्दै छुट्टै देश बनाउनका लागि आन्दोलन गरिरहेका राउत नेपालको अखण्डताप्रति प्रतिबद्ध हुनु ठूलो राजनीतिक महत्त्वको विषय हो । शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमको मुख्य आकर्षण या उद्देश्य पहिलो नम्बरको यही एउटा बुँदामा छ ।
तर आशंका के पनि गर्न सकिन्छ भने, शान्तिपूर्ण आन्दोलनका भरमा मधेशलाई नेपालबाट छुट्याएर छुट्टै देश बनाउने अभियानमा लागेका राउत र उनका समर्थकहरू रातारात नेपालको अखण्डता र अविभाज्यता स्वीकार गर्ने स्थितिमा कसरी पुगे ? यो चाल कुनै रणनीतिक महत्त्वको चाल हो ? अथवा लगातारको जेलयात्राबाट थकित भएर राउत यो निर्णयमा पुगेका हुन् ? कि कुनै बाह्य शक्तिले भूमिका खेलेको छ ? यी प्रश्नका उत्तर भविष्यले दिनेछ । तर तत्कालका लागि देश विखण्डनको नाममा हुन सक्ने गतिविधि भने रोकिने देखिएको छ ।
अस्थीर राउतको राजनीतिक नेतृत्वमा आउने तीव्र चाहना
राउतमा राजनीतिक नेतृत्वमा जाने अचम्मको भूत चढेको छ भन्नेमा दुईमत रहेन । उनको व्यवहार स्कूल पढ्दादेखि नै अस्थीर देखिन्छ । उनी दौरा सुरुवाल लगाएर तत्कालीन राजा ज्ञानेन्द्रसँग पदक थाप्न जान पनि सक्छन् र मधेशमा नेपाली उपनिवेशको अन्त्य गर्ने सपना पनि देख्छन् ।
इतिहासको कुनै कालखण्डमा काठमाडौंमा मधेसीमाथि हुने भेदभावलाई भर्याङ बनाएर आफ्नो राजनीतिक करियर सुनौलो बनाउने उद्देश्यले प्रेरित थिए राउत । तर पछिल्लो समयमा उनका निकटस्थ मानिनेहरूले स्वतन्त्र मधेशको मुद्दा छोड्दै गइरहेको आरोप लगाउन थालेका थिए ।
उनी कहिले पढाइ छोड्ने मनस्थितिमा पुग्थे भने कहिले पहेंलो गेरुवा बस्त्र ओढेर शान्तिको खोजीमा लाग्थे । स्वतन्त्र मधेश गठबन्धनको निर्माण गर्नुभन्दा पहिला जापान, अमेरिका लगायतका देशहरूमा पढ्न र जागिर गर्न गए । त्यहाँ रहेका मधेशी मूलका नेपालीहरूलाई एकत्रित गर्न पनि लागे । संविधान बन्न नसकेको नेपालको अस्थीरताले उनलाई नेपालमा राजनीति गर्न सजिलो हुने लाग्यो र मधेशलाई स्वतन्त्र बनाउने अभियानमा लागे ।
तर संविधान बन्यो त्यसपछि नेपालले नाकाबन्दीको प्रतिरोध गरेर भारतको दादागिरीलाई माथ खुवाइदियो । निर्वाचनपछि स्थायी सरकार बन्यो र संविधानको कार्यान्वयन र समृद्धिको दिशातर्फ देश मोडियो । त्यसपछि राउतले मधेश टुक्र्याउने अभियानले आफ्नो राजनीतिक 'करियर' माथि नजाने विश्लेषण गर्न शुरू गरे र यहींबाट उनको राजनीतिक मूलधारमा आउने सपना पलाउन थाल्यो ।
विखण्डनको नारादेखि जेल सुधारको मागसम्म
सम्बोधनका क्रममा राउतले नेपाली जेलको अवस्था एकदम नाजुक भएको बताए । प्रधानमन्त्री ओली स्वयम् १४ वर्ष जेल बसेको स्मरण गर्दै राउतले जेलको बयान, सूर्यका अगाडि दियो बाल्नुजस्तै रहेको बताउन भुलेनन् । उनले यसो भन्दा स्वयम् ओली मुसुमुसु हाँसेका थिए । नेपाली जेलको अवस्था सुधार गर्नुपर्ने राउतको भनाइ थियो ।
राउतको यो भनाइले उनी निरन्तरको जेलयात्राबाट पीडित थिए र गलेका थिए भन्ने अर्थ लगाउन सकिन्छ । स्वतन्त्र मधेश गठबन्धनको स्थापनापछि राउतले मधेशलाई छुट्टै देश बनाउने अभियानमा धेरै अन्तर्राष्ट्रिय फोरमहरूको पनि प्रयोग गरेका थिए । एउटा गाडी नै रिजर्भ गरेर युरोपियन युनियनका राजदूतहरू राउतलाई भेट्न गएको समाचारले राउतको अन्तर्राष्ट्रिय उपस्थिति पनि बलियो थियो भन्ने पुष्टि गर्छ ।
राउत विखण्डनको मागबाट जेल सुधारको मागसम्म आउन तयार भए । यसलाई लिएर कतिपय विश्लेषकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि राम्रो भएको भनी प्रतिक्रिया दिए । यद्यपि राउतले नेपालको राष्ट्रिय राजनीतिको फोरमलाई रणनैतिक रूपमा प्रयोग गर्न खोजेका हुन् कि साँच्चै 'ट्रान्सफर्मेसन' भएका हुन् त्यो अझै शंकाको घेरामा छ ।
सरकारमाथि शंका
शुक्रवार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा राउत र गृहमन्त्री बादलको बीचमा भएको ११ बुँदे सहमतिपत्रमा राउतले 'स्वतन्त्र मधेश गठबन्धन'कै नाममा लोकतान्त्रिक रूपमा आन्दोलन गर्न सक्ने उल्लेख गरिएको छ । योसँगै स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरू माथि लगाइएको राज्य विरुद्धको अपराध लगायत सम्पूर्ण राजनीतिक मुद्दाहरू फिर्ता लिइनेछ भन्ने उल्लेख गरिएको छ ।
त्यस्तै चौथो बुँदामा स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्ने उल्लेख गरिएको छ । यी लगायत केही बुँदाहरू स्पष्ट छैनन् । यसबाट सरकारले सीके राउतलाई पृथकतावादी गतिविधि गर्नका लागि खुला रूपमा आव्हान गरेको भन्ने अर्थ पनि लाग्न सक्ने देखिन्छ ।
तर अहिले नै यो शंका गर्नु छिटो हुनेछ । दोस्रो बुँदामा नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई-मधेशलगायत कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत रहेको कुरा उल्लेख गरिएको छ । यसले राउत पक्षबाट चलाइएको जनमत संग्रहको हल्लालाई निराधार रहेको पुष्टि गरेको छ ।
यद्यपि सरकारले पृथकतावादी आन्दोलनका अभियन्ताहरूलाई लोकतान्त्रिक माध्यमबाट राजनीतिक गतिविधि गर्न पाउने गरेर संवैधानिक घेराभित्र ल्याएको छ जुन सकारात्मक काम हो ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...