मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
फागुन २५, २०७५
विश्वमा जनसंख्या सन् १३५० को ‘ब्ल्याक डेथ’ अर्थात् ‘प्लेगको महामारी’ पछिदेखि यता लगातार बढ्दै आएको इतिहासले दर्शाउँछ । त्यसयता जनसंख्या वृद्धि हुनुको कारण थियो – स्वास्थ्य राम्रो हुँदै जानु र खाद्य उत्पादन बढ्नु । धेरै पछि आएर यो वृद्धिदर खासगरी सन् १९८० पछि घट्यो तापनि त्यसपछि पनि समग्रमा बढेकै पाइन्छ ।
त्यसयताको एउटा अनुसन्धानले के दर्शाएको थियो भने ५ जुलाई २०१८ का दिन यस पृथ्वीमा मानिसको जनसंख्या ७६३.४ करोड पुग्यो । अर्को एउटा तथ्य के पनि मानिएको छ भने वर्तमान स्थितिमा पृथ्वीमा ४ अर्ब मानिसले मात्र राम्रो जीवन बाँच्न सकेका छन् । अनि यस पृथ्वीले १६ अर्बभन्दा बढी जनसंख्याको भार वहन गर्न सक्तैन । यो पृथ्वीको क्षमताको अन्तिम सीमा हो ।
अर्को के कुरा पनि मानिँदै आएको छ भने अब पृथ्वीको जनसंख्या २०४०÷५० सम्ममा ८ देखि १०.५ अर्ब पुगिसक्नेछ किनभने प्रतिवर्ष ७.४ करोड मानिस यस धर्तीमा थपिने गरेका छन् । विश्वमा ७ देश यस्ता छन् जसका कारण ती देशमा सन् २०५० सम्ममा वर्तमान जनसंख्याको आधा जति जनसंख्याको लाम लाग्नेछ ।
विश्वमा कति जनसंख्या हुनुपर्ने हो भन्ने पुरानो समयदेखि चल्दै आएको एउटा महत्त्वपूर्ण बहस हो र यो अझै पनि चल्दै रहेको छ । प्राचीन लेखक तेर्तुल्लियनले दोस्रो शताब्दीतिर नै जनसंख्या पृथ्वीको क्षमता (क्यारिइङ कपासिटी) अनुसार नै हुनुपर्दछ भनेका थिए । अचम्मको कुरा हो – ७५० वर्षअघि अर्थात् औद्योगिक क्रान्ति हुनुभन्दा पनि पहिले विश्वको जनसंख्या बढ्ने गर्थ्यो तर एकदमै मन्द गतिले बढ्थ्यो । तर १९औं शताब्दीमा आइपुग्दा नपुग्दै यो संख्या आज अर्बाैंको संख्यामा पुगिसक्यो ।
सन् २०१७ मा नै विश्वका ५० जना नोबेल पुरस्कार विजेताहरूले सामूहिक रूपमा एउटा आह्वानपत्र अर्थात ‘पेटिसन’मा प्रस्ट भनेका थिए – अधिकतम जनसंख्या तथा पर्यावरणीय क्षति आज विश्वका दुई ठूला समस्या या खतरा बनिसकेका छन् । अनि सन् २०१८ मा १८४ देशहरूका १५ हजार ३ सय ६४ वैज्ञानिकहरूले निष्कर्ष निकालेका थिए – बढ्दो जनसंख्या नै बिग्रँदो सामाजिक, आर्थिक तथा पर्यावरणको प्रमुख कारण हो ।
अठारौं शताब्दीको त्यस औद्योगिक क्रान्तिपछि त झन् जनसंख्या वृद्धि भयो नै, साथसाथै प्राकृतिक स्रोतसाधनको अत्यधिक शोषण पनि भयो । त्यस शताब्दीको अन्त्यमा पृथ्वीमा जनसंख्या १ अर्ब थियो तर त्यो २०औं शताब्दीमा आउँदा आउँदै १.७ अर्ब हुन पुग्यो र २०औं शताब्दीको अन्त्यसम्ममा त यो ६ अर्बसम्म पुग्न गयो । विभिन्न कारणले गर्दा जनसंख्या कसरी तीव्र गतिमा बढिरहेको छ भन्ने कुरा यस प्रवृत्तिले दर्शाउँछ ।
हुन त थोमस माल्थस जस्ता विद्वानले कुनै बेला भविष्यबाणी गरेका थिए – मानवजातिको संसाधनको तुलनामा कैयौं गुणा जनसंख्या वृद्धि हुनेछ । यद्यपि यस पृथ्वीले कति जनसंख्याको भार वहन गर्न सक्तछ भन्ने बहस पनि चल्दै आएको हो । जनसंख्या वृद्धि युगौं युगदेखि हुँदै आएको भए पनि सन् १९९४ देखियता यसको अध्ययन र विश्लेषण पनि विविध किसिमले शुरू हुन थाल्यो । त्यतिबेला अनुसन्धान गर्ने एउटा संस्था ‘इन्टर एकेडेमिक प्यानल’ले आफ्नो प्रतिवेदनमा स्पष्ट भनेको थियो – यस जनसंख्या वृद्धिको कारण पर्यावरण, जलवायु परिवर्तन, प्रदूषण जस्ता गम्भीर मुद्दाहरू या समस्याहरू खडा हुनेछन् । संयुक्त राष्ट्र जनसंख्या मूल्यांकनको सन् २००४ को प्रतिवेदनले बताएअनुसार भने सन् २०५० सम्ममा जनसंख्या स्थिर हुनजानेछ । तर सन् २०१४ मा ‘साइन्स म्यागजिन’ले त्यस भनाइको खण्डन गर्दै जनसंख्या वृद्धि अर्को शताब्दीसम्म जारी रहने बताएको थियो ।
सन् २०१७ मा नै विश्वका ५० जना नोबेल पुरस्कार विजेताहरूले सामूहिक रूपमा एउटा आह्वानपत्र अर्थात ‘पेटिसन’मा प्रस्ट भनेका थिए – अधिकतम जनसंख्या तथा पर्यावरणीय क्षति आज विश्वका दुई ठूला समस्या या खतरा बनिसकेका छन् । अनि सन् २०१८ मा १८४ देशहरूका १५ हजार ३ सय ६४ वैज्ञानिकहरूले निष्कर्ष निकालेका थिए – बढ्दो जनसंख्या नै बिग्रँदो सामाजिक, आर्थिक तथा पर्यावरणको प्रमुख कारण हो ।
तर यी सबै गम्भीर भए पनि जनसंख्या कहिल्यै पनि बहसको ठूलो मुद्दा बन्न पाएको देखिँदैन किनभने यसमा अनेक कुरा जोडिएका छन् । जनसंख्याको आर्थिक, सामाजिक तथा राजनीतिक पक्ष चर्चामा आउँदा अनेक किसिमका विवादमा ती कुरा अड्किने गर्छन् । हामी जनसंख्याको विषयमा चर्चा गर्न कुनै हालतमा पन्छिन सक्तैनौं किनभने स्थिति लगातार विस्फोटक बन्दै आएको छ । विशेषगरी संसारमा हरेक तेस्रो व्यक्तिले आज भरपेट भोजन पाइरहेको छैन । विश्व जनसंख्याको ठूलो समूहको ओत लाग्ने आफ्नै घर छैन । स्वास्थ्य सेवाहरू पनि केवल ३०÷४० प्रतिशत जनसंख्याले मात्र प्राप्त गर्न सकिरहेको स्थिति छ । यी सबै कारणले गर्दा मानिसहरू गाउँ छोडेर शहरतिर पलायन हुने क्रम निरन्तर बढिरहेको छ ।
यस कुरालाई कसरी पनि बुझ्न सकिन्छ भने एक हेक्टर खेतबाट ३३ टन धान उत्पादन हुन सक्तछ र त्यसबाट एक हजार मानिसको पेट भर्न सकिन्छ भने बढ्दो जनसंख्या र हाम्रो खेतीयोग्य जमिनको अपर्याप्तताबाट आगामी दिनमा स्थिति विकराल बन्दै जाने सहजै अनुमान लगाउन सकिन्छ ।
यसका साथै, आज हामीले अन्य सामाजिक प्रणालीका बारेमा पनि सोच्नुपर्ने हुन्छ । यससम्बन्धी एक प्रतिवेदनका अनुसार, १.४ लाख विभिन्न प्रजातिहरू यस धर्तीबाट लोप हुने सँघारमा पुगिसकेका छन् । तीमध्ये ८०१ वन्यजीव पनि सामेल रहेका छन् । ‘वर्ल्ड वाइड फन्ड’को एक प्रतिवेदनअनुसार, जनसंख्या अहिलेकै गतिमा बढिरहने हो भने अब हामीलाई यस पृथ्वीको डेढ गुणाभन्दा बढी अर्को पृथ्वी चाहिन्छ । अर्कातर्फ, बढ्दो जनसंख्याका कारण सफा पिउने पानीको उपलब्धतामा पनि सीधै असर परेको छ । बढ्दो वायु प्रदूषण, जल प्रदूषण, माटो तथा ध्वनि प्रदूषणको प्रमुख कारण पनि बढ्दो जनसंख्या हो ।
सन् १९७० देखि सन् २०१५ सम्मको ४५ वर्षका बीचमा ऊर्जाको उपभोगमा कैयौं गुणा वृद्धि भएको छ । उदाहरणका लागि, सन् १९७० लाई ऊर्जाको उपयोगलाई शून्य मान्ने हो भने २०१० मा पुग्दा यो १५० गुणा बढेको छ भने सन् २०२५ मा यो थप १५० गुणा पुग्न जानेछ र यसका लागि हदभन्दा बढी पृथ्वीको शोषण हुन पुग्नेछ ।
विश्वमा बाल या शिशु मृत्युदर बढ्दो गरीबीका कारणले भएको हो भन्ने कुरा सबैलाई थाहै छ । अनिकाल, कुपोषण तथा नयाँ नयाँ रोगको उत्पत्तिलाई यही बढ्दो जनसंख्यासँग जोड्न सकिन्छ । थप कठिनाइ के पनि छ भने विश्वमा कुपोषित तथा अल्पपोषित मानिसहरूको संख्या पनि लगातार बढ्दै गएको छ । स्थिति कहाँसम्म पुगिसकेको छ भने बेलायत जस्ता सक्षम मानिने देशहरूलाई पनि आज आफ्नो जनसंख्याका लागि खाद्यपदार्थ आयात गरिरहनुपरेको छ । तर ठूलो मात्रामा आयात गर्न सक्ने राम्रो आर्थिक स्थिति भएका भाग्यमानी देशका धेरै छैनन् । कुपोषण र अल्पपोषणको शिकार भएका मानिसहरूको समस्या हल गर्न सक्ने सामर्थ्य उनीहरूसँग छैन ।
तर अहिलेकै जस्तो गतिमा जनसंख्या वृद्धि भएमा अन्न, पिउने पानी तथा प्राणवायु सबै कुरामाथि संकट आउनेछ । आज पनि यी सबै संसाधनमाथि पर्ने दबाब प्रस्ट देखिँदै आएको देख्न सकिन्छ । त्यसमा पनि बितेका दुई दशकमा यी सबै कुरामा अत्यधिक ठूलो दबाब परेको तथा यो समस्या अझ जटिल र गम्भीर बनेको देख्न सकिन्छ । त्यसैले आउदा दुई वा तीन दशकमा स्थिति विकराल बन्दै जाने अनुमान गर्न कठिन छैन ।
हामीले बढ्दो जनसंख्या, पृथ्वीको क्षमता तथा वर्तमान परिस्थितिमाथि गम्भीर र निर्णायक चर्चा तथा विचार विमर्श अब गर्नैपर्छ । अन्यथा विश्वले सामना गरिरहेको संसाधन संकटबाट गुज्रिरहेको छ र त्यो संकट अब युद्धको दिशामा नराम्रोसँग धकेलिनेछ ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...