×

NMB BANK
NIC ASIA

जसले लगातार २८ पटक चुनाव हारे

फागुन २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- एउटा मानिसले आफ्नो जीवनकालमा कति पटकसम्म चुनावमा उम्मेदवारको रूपमा भाग लिन सक्ला ? ५, १० या १५ । तर भारतका ८४ वर्षीय श्यामबाबु सुबुधी लगातार २८ वटा निर्वाचनमा भाग लिइसके । उनले अहिलेसम्म एउटा पनि चुनाव जितेका छैनन् । 

Muktinath Bank

भारतमा अबको लगभग तीन महिनाभित्र लोकसभाको निर्वाचन हुँदैछ । सबै दलका नेताहरूले टिकटका लागि लविङ थालेका छन् । भारतको यस निर्वाचनमा मानिसहरूको ध्यान बीजेपी र कांग्रेसमा छ । तर श्यामबाबुले भने यसपटकको लोकसभाको निर्वाचनमा स्वन्त्रत्र उम्मेदवारको रूपमा लड्ने निर्णय गरेका छन् । सन् १९६७ देखि हालसम्म एउटा पनि चुनाव नजितेका श्यामबाबुलाई अझै आफूलाई जनताले चुन्ने विश्वास छ । उनी यस पटक ओडिशाको गंजम जिल्लाका दुई सिट अस्का र बरहामपुरबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्नेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९५७ मा उनले तत्कालीन मन्त्री वृंदावन नायकविरुद्ध पहिलो पटक चुनाव लडेका थिए । बरहमपुरमा स्कूलको विषयमा झगडा भएपछि उनी चुनावमा उठ्ने फैसला लिएका थिए ।बीबीसीसँग कुरा गर्दै उनले भने, 'म हिंजिली विधानसभा क्षेत्रबाट चुनावमा उठेको थिएँ र हारेँ । भलै श्यामबाबुले हारे पनि उनको स्टाइल मानिसहरूबीच चर्चित बनेको थियो । उनी सधैँ क्याप, कालो ब्याग र सूटमा देखिन्थे । उनी गर्मी र जाडो दुवै याममा उस्तै पहिरन लगाउँथे । 


Advertisment
Nabil box
Kumari

सन् १९६२ मा उनले पहिलो लोकसभा चुनाव लडेका थिए । उनका अनुसार उक्त चुनावमा आफ्नो उम्मेदवारी हार र जीतका लागि थिएन । उनलाई विश्वास छ कि नेताको रूपमा उनलाई जनताले चुन्नेछन् । श्यामबाबु  पेशाले होमियोप्याथीका डाक्टर हुन् । उनी जति कमाउँछन्, चुनाव प्रचारप्रसारको क्रममा सबै सक्छन् । चुनावको बेलामा उनी पर्चा छपाउँछन् र ठाउँ-ठाउँ पुगेर बाँड्छन् ।   

Vianet communication
Laxmi Bank

श्यामबाबुले सन् १९९६ मा आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण चुनाव लडेका थिए । त्यसपटक बरहमपुर सिटका उनका निकै बलिया प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री नरसिम्हा राव थिए । त्यसपटक पनि श्यामबाबुले हारको सामना गर्नुपर्‍यो । यति मात्र होइन, ओडिशाका पूर्वमुख्यमन्त्री बीजू पटनायक र जे. बी पटनायकविरुद्ध पनि उनी चुनावी मैदानमा उत्रिए । सबै पटक हार खाए । तपाईं चुनाव किन लड्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ' म राजनीतिमा उत्रिएर भ्रष्टाचारलाई पूर्ण रूपमा सखाप पार्छु ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x