मंसिर ८, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
फागुन २६, २०७५
काठमाडौं –बहुराष्ट्रिय कम्पनी बरुण बेभरेज प्रालिले उत्पादन गर्दै आएको म्याङ्गो स्लाइसमा शंकास्पद वस्तु भेटिएको छ । स्लाइसमा शंकास्पद वस्तु मिसावट गरेर बरुण बेभरेज प्रालिले उपभोक्ताको स्वास्थमा गम्भीर खेलबाड गर्दै आएको पाइएको हो ।
उपभोक्ताको पक्षमा आवाज उठाउँदै आएको राष्ट्रिय उपभोक्ता मञ्चले संकलन गरेको नमूनामा शंकास्पद वस्तु फेला परेको हो । मञ्चले संलकन गरेको नमूना अनुसार स्लाइसको बोतलमा शंकास्पद पारदर्शी तरलपदार्थ भेटिएको छ ।
बोतलको केही भागमा स्लाइसभन्दा छुट्टै किसिमको ‘तरल पदार्थ’ देखिन्छ । बोतल हल्लाएमा मात्रै उक्त तरल पदार्थ र त्यसमा रहेको ठोस वस्तु एक आपसमा घोलिएको देखिन्छ । बोतललाई केही समयका लागि स्थिर छाडिदिएमा त्यसमा भएका ठेस र तरल पदार्थ दुवै स्पष्ट रूपमा छुट्टिएको देखिन्छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बरुण बेभरेज प्रालिले उपभोक्ताको स्वास्थमाथि गम्भीर खेलबाड गर्न खोजेको शंका उब्जिएको बताए ।
कम्पनीले ‘म्याङ्गो’ स्लाइस घोषणा गरेर बिक्री गर्दा त्यसमा अन्य कुनै पनि वस्तु नहुनु पर्ने उनको भनाइ छ ।
‘बाह्य वस्तु मिसाएर उपभोक्ताको स्वास्थमाथि गम्भीर खेलबाड गर्न खोजेको जस्तो देखिन्छ,’ उनले भने, ‘स्लाइस भनेको छ । तरल र ठोस स्पष्ट रूपमा छुट्टिएको अवस्थामा पाइयो । यो छुट्टिनु हुँदैन्थ्यो ।’
हेर्नुहोस्, भिडियो :
सरकारी कर्मचारीकै शंकास्पद भूमिका
करीब दुई साताअघि नै संकलन गरेको ‘म्याङ्गो स्लाइस’ मा भएको दुईथरि पदार्थप्रति शंका लाग्दा उपभोक्ता मञ्चले नियामक निकायलाई उजुरी गरेको दाबी गरेको छ । ठोस पदार्थ र तरल पदार्थ स्पष्ट रूपमा छुट्टिँदा त्यसको परीक्षण गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भन्दै गत १० फागुनमा नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी गरेको मञ्चको दाबी छ ।
खाद्य पदार्थको अनुमगन, नियमन तथा शंकास्पद वस्तुको परीक्षण गरी आवश्यक कारवाही (जरिवाना) गर्ने अधिकार पाएको सरकारी निकाय ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग’का कर्मचरीकै भूमिका शंकास्पद देखिने मञ्चका पदाधिकारीहरू बताउँछन् ।
उजुरी गरेको दुई साता बितिसक्दा समेत विभागले उक्त बोतलमा भएको शंकास्पद पदार्थ परीक्षणमा आलटाल गर्दै आइरहेको छ । मञ्चका अध्यक्ष महर्जनले विभागका महानिर्देशक र अनुसन्धान अधिकृतहरूलाई उक्त वस्तु परीक्षणका लागि फोनमार्फत पटक–पटक आग्रह गरिएको बताए । ‘यो नमूना आफैं विभागमा लिएर जान्थेँ, हल्लिएर घोलिन्छ र ठीकै जस्तो देखिन्छ,’ महर्जनले लोकान्तरसँग भने, ‘उनीहरू नै आएर यहाँ स्थिर रहेको अवस्थामा तरल र ठोस पदार्थ स्पष्ट छुट्टिएको बोतल लिएर परीक्षण गरे भइहाल्थ्यो नि !’
उजुरी गरेको दुई साता बितिसक्दा समेत नियामक निकायले परीक्षणमा आलटाल गर्न खोजेको र अझ एक दुई दिनमा नआए आफैं लिएर विभागमा जाने महर्जनले बताए । ‘आलटाल गर्न खोज्दा उनीहरूको भूमिकामा पनि शंका उत्पन्न नहुने होइन,’ उनले भने, ‘अझै एक दुईदिन कुर्दा समेत नआएमा म आफैं लिएर विभागमा जान्छु र परीक्षण गर्न आग्रह गर्छु ।’
विभागको दुईथरी बोली
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बरुण बेभरेजका बारेमा कुनै पनि उजुरी नआएको दाबी गरेको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उजुरीको बारेमा थाहा नभएको बताउँदै अब थाहा भएकाले चाँडै नमूना लिनका लागि अनुसन्धान अधिकृत पठाउने बताए ।
आइतवार (आज) नै अनुसन्धान अधिकृत पठाउने र मञ्चले संकलन गरेर ल्याएको नमूना ल्याएर परीक्षण कार्य अघि बढाउने कर्णले बताए ।
‘उजुरीको बारेमा थाहा छैन,’ उनले भने, उपभोक्ता मञ्चसँग सम्पर्क गरेर म आजै अनुसन्धान अधिकृत पठाएर नमूना ल्याउन लगाउँछु ।’
त्यस्तै विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बरुण बेभरेजका बारेमा सम्बन्धित अधिकारीसँग बयान लिने क्रममा शुरू भएको बताए । ‘बरुण बेभरेजवाला मान्छेहरूलाई बयान काम भइराखेको छ,’ उनले भने, ‘अझै अनरलाई बोलाउन बाँकी छ । उहाँको बयान लिन बाँकी छ । अनि मुद्दा अगाडि बढ्छ ।’
बरुण बेभरेजका बारेमा परेको उजुरीबारे अनुसन्धान भइरहेको प्रवक्ता वस्तीको भनाइ थियो ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...