×

NMB BANK
NIC ASIA

११ बुँदेले निम्त्याएको बहस

सुरक्षा घेराभित्र संविधान र सहमति उल्लंघन: घडी हेरेर बस्ने कि कानूनी कारवाही गर्ने ?

फागुन २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच गत शुक्रवार ११ बुँदे सहमति भएपछि सीके राउतबाट पुनः विखण्डनकारी गतिविधि नहुने अपेक्षा राखिएको थियो । तर आइतबार काठमाडौंबाट जनकपुर फर्केका राउतको स्वागतमा स्वतन्त्र मधेशको पक्षमा नाराबाजी भयो । सहमतिको बुँदा नम्बर एकमा 'नेपाल स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो र नेपालको अखण्डताको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो' भनेर उल्लेख गरिएको छ । राउत र उनका समर्थकहरूले स्वतन्त्र मधेशको नारा लगाएर सहमतिको पहिलो बुँदा नै तोडेका छन् । 

Muktinath Bank

सहमतिको ६ नम्बर बुँदामा 'स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्ताले तयार गरेका प्रचार सामग्रीलाई आधार बनाएर कारवाही नगर्ने तर सहमति लागू भइसकेपछि त्यस्ता प्रचार सामग्रीहरू उत्पादन गर्न र वितरण गर्न नपाइने' उल्लेख छ । तर आइतवार जनकपुरमा सहमति विपरीतका र पुरानै प्रचार सामग्रीहरू सहित राउतका समर्थकले नाराबाजी गरे । सहमतिको मसी सुक्न नपाउँदै एउटा पक्षले सहमति तोडिसकेकोमा दुईमत रहेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसो त सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतबीच भएको सहमतिको कुनै कानूनी र संवैधानिक धरातल नभएको कानूनविद्हरूले टिप्पणी छ । लोकान्तरसँग कुरा गर्दै मानवअधिकारवादी नेताले 'सरकारले अपराध गरेको' टिप्पणी गरे भने संविधानविद् भीमार्जुन आचार्यले उक्त ११ बुँदे सहमतिलाई संविधान र कानूनले नचिनेको बताए । त्यस्तै संविधानविद् विपिन अधिकारीले पृथकतावादी आन्दोलनमा होमिएकाहरूलाई राजनीतिक मूलधारमा ल्याउन सरकारले गरेको प्रयास स्वागतयोग्य भएपनि एक पक्षबाट सहमति तोडिनु दु:खद् भएको टिप्पणी गरे । 


Advertisment
Nabil box
Kumari

संविधानको घेराभित्र स्वतन्त्र मधेशको नारा 

Vianet communication
Laxmi Bank

नेपालको संविधान, २०७२ को भाग १ को धारा ५ भन्छ, 'नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् ।'

धारा ५ कै उपधारा २ मा भनिएको छ- 'राष्ट्रहित प्रतिकूलको आचरण र कार्यसंघीय कानूनबमोजिम दण्डनीय हुनेछन् ।'

राउतसँग गरिएको सहमतिमा उल्लेख गरिएका बुँदा सैद्धान्तिक रूपमा संविधानसँग नबाझिएको भएतापनि व्यावहारिक रूपमा प्रष्ट छैनन् । यसबाट प्रश्न उठेको छ, के संविधानको सैद्धान्तिक व्याख्याले मात्र देशको हित प्रतिकूल हुने कार्यहरू रोक्न सम्भव छ ? के स्वतन्त्र मधेश गठबन्धनकै नाममा क्रियाकलाप गर्न छुट दिनु भनेको राजनीतिक मूलधारमा ल्याउनु हो ? 

संविधानविद् आचार्य शंका गर्छन्, 'सरकारले कसको निर्देशनमा यस किसिमको सहमति गर्ने आँट गर्‍यो ? सरकार कहीँ कतैबाट परिचालित त छैन ?' 

यसअघि स्वतन्त्र मधेश गठबन्धनलाई खुलेआम देश टुक्र्याउने नारा लगाउने छुट थिएन । राज्यविप्लवको आरोपमा प्रहरी प्रशासनले अवरोध गर्थ्यो, नेता कार्यकर्ता गिरफ्तार गर्थ्यो । तर आइतवार पृथकतावादीहरूले प्रहरीको सुरक्षा घेराभित्रै रहेर स्वतन्त्र मधेशको नारा घन्काए । सरकारसँग गरेको ११ बुँदे सहमतिको आडमा जनमतसंग्रहको माग गरे । जबकि देशको कुनै एक भू-भाग छुट्याएर अलग्गै देश बनाउनका लागि माग गरिने जनमतसंग्रह संविधान प्रतिकूल छ । 

मधेश टुक्र्याउने रणनीतिक चालको गोटी बन्यो सरकार !

पछिल्लो समय पाँच महिनाभन्दा बढी जेलमा बसेका पृथकतावादी राउतसँग सरकारले निरन्तर वार्ता गरिरहेको तथ्य खुल्यो । वार्तामा राउत पक्ष र सरकार पक्षीय अधिकारीबीच निरन्तर सम्पर्क र सूचना आदान प्रदान भयो । सत्तारुढ दलकै नेताका अनुसार पृथकतावादी अभियानलाई सरकारले राजनीतिक मूलधारमा ल्याउने प्रयास गरेको थियो ।

मधेश मामिलाका जानकार राजेश अहिराज भन्छन्, 'सरकारले पृथकतावादी अभियान चलाइरहेका विभिन्न समूहसँग गरेको यो १९औं सहमति हो । यसअघि पनि ज्वाला समूह, गोइत समूहजस्ता दर्जन भन्दा बढी समूहसँग सरकारले वार्ता र सहमति गरिसकेको छ ।' 

तर सरकारले यसअघि गरेका अधिकांश सहमतिहरू तोडिएका छैनन् । सहमति तोड्न खोज्ने समूहलाई सरकारले कानूनी उपचारको माध्यमबाट पृथकतावादी अभियानलाई निष्प्रभावी पार्ने प्रयास गरेको थियो र केही हदसम्म सरकारको उक्त काम सफल रह्यो । तर राउतसँग गरिएको सहमतिको ४८ घण्टा नबित्दै राउतले नै तोडेका छन् ।

पढ्नुहोस्, यो पनि :
सहमतिबाट पछाडि हटेर रंग फेर्दै राउत, विश्लेषक भन्छन्- सरकार नराम्ररी चुक्यो !

संविधानविद् विपिन अधिकारी सरकार दूरदर्शी नदेखिएको टिप्पणी गर्छन् । 'सहमति गरिसकेपछि त्यसको पालना नहुनसक्नेतर्फ ध्यान दिन असफल रह्यो सरकार,' अधिकारी भन्छन्, 'यो नै सरकारको कमजोरी हो ।' 

स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय सह-संयोजक कैलाश महतोले आफूहरूको माग यथावत् रहेको बताए । सरकारसँग गरिएको ११ सूत्रीय सम्झौता 'रणनीति तहत' (रणनीति अनुसार) नै गरिएको महतोले लोकान्तरसँग दाबी गरे । ‘हामीले अब आफ्नो मागलाई झन् सहज तरिकाले जनतासमक्ष लान सक्छौं,’ महतोले लोकान्तरसँग भने, ‘हाम्रो मागमा सरकारले जनमतसंग्रह गराउन स्वीकार गरिसकेकाले पनि हाम्रो जीत भइसकेको छ ।’

सरकारको अदूरदर्शीताको बीचमा राउतका सह-संयोजक महतोले दिएको यो अभिव्यक्तिले सरकार पृथकतावादीहरूको गोटी बनेको जस्तो देखिएको छ ।

नेकपाभित्र चुलिएको असन्तुष्टि 

शुक्रवार राष्ट्रिय सभागृहमा आयोजना गरिएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग राउतलाई तुलना गर्दै भनेका थिए, 'राउतको निर्णय क्षमता प्रचण्डजीको जस्तै छ ।' 

ओलीले राउतलाई प्रचण्डसँग तुलना गरेपछि तत्कालै कसैले केही प्रतिक्रिया दिएन तर पूर्व माओवादी केन्द्र खेमाका नेता कार्यकर्ताहरूले भित्रभित्रै असन्तुष्टि प्रकट गरे । पछिल्लो समयमा राउतका गतिविधिलाई सामाजिक सञ्जालमार्फत तीव्र विरोध गर्नेमा पूर्व माओवादीकै नेता कार्यकर्ताहरू बढी छन् । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राउत र राउतका समर्थकहरूले गरेको गतिविधि देखेर लगातार दुईवटा ट्वीट गरे । दुवै ट्वीट देशको सार्वभौमिकता र अखण्डताको बारेमा छन् । उनले आफ्नो पछिल्लो ट्वीटमा देशमाथि खेलबाड गर्ने काम गर्न नहुने भन्दै यसमा गम्भीर आत्मसमीक्षा गर्नुपर्ने विषय उठान गरेका छन् । श्रेष्ठ नेकपाका प्रवक्ता हुन् ।

उनले बोलेका कुराहरू पार्टीको आधिकारिक लाइनसँग मिल्नुपर्ने हुन्छ । तर उनले ११ बुँदे सहमतिको घुमाउरो तरिकाले विरोध गर्दै राष्ट्रिय अखण्डताको पक्षमा लेखेका छन् । यसबाट सजिलै आंकलन गर्न सकिन्छ सीके राउतसँग गरिएको सहमति पार्टीसँग सल्लाह गरेर गरिएको थिएन । यद्यपि बिहीवार बेलुका नै बालुवाटारमा सहमति गरिसकेको भएतापनि शुक्रवार बिहान पार्टीको अपनत्व जनाउनका लागि हतारहतारमा सचिवालय बैठक बसेको थियो । 
नेकपाका स्थायी कमिटी सदस्य मणि थापा पनि सरकार र राउतबीच भएको सहमति पार्टीको निर्णय अनुसार नभएको स्विकार्छन् । 'सीके राउतसँग गरिएको सहमति पार्टीको निर्णय होइन, सरकारको निर्णय हो र त्यसलाई पछि पार्टीको निर्णय बनाइयो,' थापाले लोकान्तरसँग भने, 'खासमा पार्टीले निर्णय गरेर सरकारले लागू गर्नुपर्ने हो, तर त्यसो भएन ।' 

थापाका अनुसार राउतसँग सरकारले गरेको सहमतिको पक्ष-विपक्षमा पार्टीभित्र खासै खेमा छुट्टिएको छैन । थापा भन्छन्, 'लामो समयदेखि हाम्रो राजनीतिक विश्लेषण सही भइरहेका छैनन् । त्यसको पछिल्लो कडी चाहिँ आइतवार जनकपुरमा देखिएको फ्री मधेशको मुद्दा हो ।'

पार्टीभित्र स्थायी कमिटी सदस्य भीम रावलले सहमतिप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन् । त्यस्तै आइतवार प्रतिनिधिसभामा बोल्दै नेता जनार्दन शर्माले 'जनमतसंग्रह'को कुरा के हो भनेर सोधेका थिए । यसले के देखाएको छ भने, सत्तावरिपरी रहेका नेकपाका नेता कार्यकर्ताबाहेक प्रायः सबै सीके राउतसँगको सहमतिमा नकारात्मक छन् । 

अब सरकारको भूमिका के ?

परिणाम जस्तोसुकै आएपनि सरकारले आफ्नो कार्यकारिणी अधिकार प्रयोग गरेर पृथकतावादी आन्दोलन चलाइरहेको एउटा शक्तिलाई राजनीतिको मूलधारमा ल्याउन गरेको प्रयास नकारात्मक होइन । तर यसका परिणामका बारेमा सरकारले सोच्नुपर्थ्यो । सहमति भइसक्यो र तोडियो पनि । दुईपक्षबीच भएको सहमतिलाई कुनै एउटा पक्षले तोड्छ भने अर्को पक्ष त्यो सहमति मान्न बाध्य भइरहँदैन । 

सरकारले एकपटक सहमति कार्यान्वयनका लागि चेतावनी दिनुपर्ने र अझै विखण्डनकारी क्रियाकलाप नरोकिए स्वतन्त्र मधेश गठबन्धनलाई नै प्रतिबन्ध लगाउनुपर्ने टिप्पणी प्रचण्डनिकट एक नेताले गरेका छन् । 'सरकारले सहमति गरेको छ र सहमतिमा विखण्डनकारी गतिविधि गर्न नपाइने उल्लेख छ,' उनले भने, 'राउतले त्यो सहमति तोड्ने प्रयास गरेको देखिन्छ । अब सरकारले सहमति तोड्नेलाई अन्तिमपटक चेतावनी दिनुपर्छ । यदि त्यस्तै क्रियाकलाप भविष्यमा नरोकिए उक्त गतिविधिमाथि नै प्रतिबन्ध लगाउनु र विखण्डनको आन्दोलनलाई निस्तेज पार्नुको विकल्प सरकारसँग छैन ।' 

यद्यपि गृहमन्त्री रामबहादुर थापा 'बादल' स्वयंले संसद्‍मा बोल्दै 'जनमतसंग्रह'को सहमति नभएको दाबी गरेका छन् । यदि त्यस्तो हो भने बादलले प्रहरीलाई पृथकतावादी अभियान चलाएको देखिएमा तुरुन्त कारवाही गर्ने सर्कुलर जारी गर्न सक्नु नै अबको निकास हुने देखिन्छ । 

सरकारले पृथकतावादीलाई राष्ट्रिय मूलधारको राजनीतिमा ल्याउन प्रयास गरेको सन्देश राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा जानेछ । तर सरकारको उक्त प्रयासलाई सम्बन्धित पक्षले बेवास्ता गरेको आधारमा गिरफ्तार गरेर पुनः कानूनी प्रक्रियामा ल्याउने सरकारको अर्को कदम पनि सह्रानीय नै हुने देखिन्छ । 

मंसिर २८ गतेदेखि पुसको दोस्रो सातासम्म चलेको नेकपाको स्थायी कमिटी बैठकमा 'घण्टी बजाउने' जिम्मा पाएका बादलले ओठ मात्र बजाउने हो कि, सहमति उल्लंघनकर्तालाई कानूनी कठघरामा ल्याउने कुनै प्रयास गर्नेछन्, त्यो समयले बताउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x