×

NMB BANK
NIC ASIA

उपभाेक्ताकाे स्वास्थ्यमा खेलवाड, होटलले प्रयाेग गर्छन् कम गुणस्तरकाे तेल

फागुन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन-जिल्लामा सञ्चालनमा रहेका ठूला तथा साना होटलले कम गुणस्तरीय तेल प्रयोग गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले गरेको अनुगमनका क्रममा एउटै तेल पटक–पटक प्रयोग हुँदा तेलको गुणस्तर कम भएको पाइएको हो । 

विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीका अनुसार मुग्लिनमा २५ र भरतपुरमा छ होटलमा अनुगमन गरिएको थियो । नारायणगढका राम्रा भनिएका होटलमा समेत अनुगमन गरिएको हो । उहाँका अनुसार नारायणगढको राम मिष्ठान्न भण्डार, वैष्णव मिष्ठान्न भण्डार, सेन्ट्रलपाम होटल, रेडकार्पेट होटल, भरतपुरको ग्लोबल होटल र भरतपुर अस्पतालको रुचि खाजाघरमा अनुगमन गरिएको थियो । 

अनुगमनका क्रममा गुणस्तरको मापदण्ड कम भएको तेल प्रयोग गरेको पाइएको सुवेदीले जानकारी दिनुभयो । मापदण्ड नपुगेको ५० लिटर तेल नष्ट गरिएको उहाँले बताउनुभयो । यस्तै होटलको स्वस्थकर खानाका विषयमा जानकारी नभएका कर्मचारीहरु काममा लगाउने गरेको पाइएको उहाँले बताउनुभयो ।

Muktinath Bank

खाना बनाउने ठाउँ फोहर, होटलमा काम गर्ने कर्मचारीको व्यक्तिगत सरसफाइमा ख्याल नगरिएको, दक्ष कामदारको प्रयोग नभएको अनुगमनका क्रममा पाइएको सुवेदीको भनाइ छ । अनुगमनपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “पहिलाको भन्दा केही मात्रामा सुधार देखिए पनि सन्तोषजनक भने पाइएन ।” 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख बिक्की राउतका अनुसार अनुगमनमा खाद्य प्रयोगशालाबाट ल्याबसहितको गाडी ल्याएर तेलको गुणस्तर मापन गरिएको थियो । सेवाग्राहीको स्वास्थ्यमा यसले प्रतिकूल असर पार्ने उहाँले बताउनुभयो । 

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीका अनुसार निरन्तर एउटै तेलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउनुभयो । रगत र मुटुका नलीहरुमा बोसो जम्ने समस्या हुने पनि उहाँले बताउनुभयो । यसबाट हृदयाघात, आँखाको रेटिना जम्ने, घाउहरु आएर निको नहुने जस्ता समस्या देखिने अधिकारीको भनाइ छ । लामो समय राखिएको तेलमा मिसावट हुनसक्ने भएकाले खाना विषाक्त (फुड पोइजन)को खतरा पनि बढ्ने उहाँको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x