कामना सेवाकोे ७० औं शाखा झापाको बिर्तामोडमा

फागुन २८, २०७५

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा झापा जिल्लाको बिर्तामोड नगरपालिका–०४ भद्रपुर रोडमा  मंगलवार आफ्नो ७० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका सञ्चालक समिति सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।


ADVERTISEMENT

कार्यक्रममा बैंकका १ नम्बर प्रदेश प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिको समेत उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा प्रदेश नम्बर १ को तेस्रो शाखा भएको र थप शाखा पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिबारे समेत जानकारी गराए ।

बैंकले पछिल्लो समय व्यवसायका दायरा बढाउने क्रममा नविनतम् प्रोडक्ट ल्याउँदै तथा बृहत् शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

काठमाडौं–३० ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा ६९ वटा शाखा कार्यालय तथा २४ वटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना रहेको छ ।
 

फागुन २८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस