पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपालमा यतिबेला दुईथरि नेकपा चर्चामा छन् । एउटा सत्तारुढ नेकपा छ, जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् र जहाँ प्रचण्ड पनि अध्यक्ष छन् । अर्को नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरिरहेको नेकपा ।
तर कुनै ‘प्याटेन्ट राईट’ नभएपनि विप्लव समूहले नै आफूलाई सबैभन्दा पहिला नेकपाको दर्जा दिएको थियो । आफूलाई ‘नेकपा हौं’ भनेर तिनले कार्यक्रम र आन्दोलन अगाडि बढाए । आधिकारिकताको कुरा गर्ने हो भने त ऋषि कट्टेलहरूको नेकपा नै निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो ।
हालसालैको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले लुट्ने, बम पड्काउने, जनता तर्साउनेहरूले आफूलाई नेकपा भनिदिँदा साँचो अर्थको आफ्नो नेकपालाई मर्का परेको बताएका थिए । ‘नेकपाको नाममा भइरहेका लूटका गतिविधिले आफूलाई पनि नेकपाभन्दा लाज लागिरहेको छ,’ सीके राउतसँगको सहमति सार्वजनिक गर्ने क्रममा ओलीले भनेका थिए ।
हिजो साँझदेखि ओली मन्त्रिपरिषद्को एउटा निर्णयले निकै चर्चा पाइरहेको छ । त्यो हो – विप्लव समूहको नेकपाको कार्यक्रमलाई बन्देज लगाउने निर्णय । विश्वमा यस्ता घटना कमै हुन्छन्, जो एउटै नाम गरेका, विचारसँग निकट रहेका पार्टीहरू मिल्दैनन् र ती प्रतिबन्धको हदसम्म पुग्छन् । यो रोचक भएको छ र यो रोचकताको हल समयमै हुन सकेन भने कालान्तरमा भयंकर सन्नाटाको रुपमा उपस्थित हुने निश्चित छ ।
प्रधानमन्त्री ओली विगतमा माओवादी लिगेसीसँग सकारात्मक थिएनन् । कुनै बेला ओलीले प्रचण्डलाई खेद्नसम्म खेदे । नेपालमा तत्कालीन माओवादीले सञ्चालन गरेको १२ वर्षे सशस्त्र संघर्षको सबैभन्दा आलोचक कोही थिए भने ती ओली नै थिए । झापा विद्रोहको लिगेसी बोकेका नेता, लामो समयसम्म जेलको सजाय काटेका नेता ओली किन अहिंसात्मक आन्दोलनका पारखी हुन पुगे ? त्यो भने रहश्यको विषय भएको छ । तर राजनीतिमा एउटा मिथक के हुन्छ भने जहाँ दमन र अत्याचार हुन्छ, त्यहाँ विरोध हुन्छ, प्रतिकार हुन्छ र त्यसले विद्रोहको रुप लिन्छ ।
अहिलेको अवस्था के हो भने तत्कालीन युद्धमा सहभागीहरू नै नेकपाको महत्त्वपूर्ण पद सम्हालेर बसेका छन् । सरकार सञ्चालन पनि गरिरहेका छन् । जस्तो कि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एक पात्र हुन् । बादलले हिजो युद्ध पनि लडे । सैनिकका ब्यारेक र प्रहरीका चौकीमा आक्रमण गर्ने योजना बनाए र अहिले बादलले देशको सुरक्षाको जिम्मा लिएर शासन सत्तामा विराजमान छन् । गणतन्त्रका लागि हिजो सँगै लडेको हितैसी मित्रलाई आज पक्राउ गर्ने धुनमा छन् । त्यसलाई जहाँ भेटेपनि नछाड्नु भन्ने आदेश दिएका छन् ।
पक्कै पनि देशमा शान्ति, अमनचयन हुनुपर्छ । यो कुरामा दुईमत छैन । राजनीति शान्तिको मार्गमा हुनुपर्छ, यो कुरामा पनि दुईमत छैन । तर कुनै पनि देशमा उत्पन्न अस्थिरताको हल गर्न राज्य खासगरी शासक तत्वले के कस्तो प्रयास गर्यो त ? त्यो मुख्य रहन्छ । विखण्डनको नारा बोकेर मधेशमा कार्यक्रम चलाइरहेका सीके राउतसँग राष्ट्रिय सभा हलमा कुम जोडिएको छ भने विप्लव समूहसँग एकपटक पनि वार्ताको अपिल अथवा प्रयास नगरेर उनको पार्टीलाई बन्देज लगाउने अराजनीतिक काम भएको छ ।
पार्टीलाई प्रतिबन्ध लगाउने काम संविधान विपरीत पनि छ । यसो भन्दै गर्दा बम पड्काउन, मान्छे मार्न कसैलाई छुट छैन । तर हामीले चिजहरूलाई सोलोडोलोभन्दा पनि गहिरिएर बुझ्नुपर्छ । विप्लव जसले यो देशमा परिवर्तन ल्याउनको लागि आफूलाई बलिदानीमा होमे । शान्ति प्रक्रियामा आए । तर राजनीतिक रुपमा केही फरक मत राखे । केही मार्क्सवादी मागहरू राखे । तर उनका मागहरू उपर कहीँकतै शीर्ष तहमा छलफल भएको देखिएन । उनको राजनीतिक मागलाई गम्भीर रुपमा लिइएको देखिएन ।
बरु कसरी हुन्छ विप्लव समूहलाई भड्काउने प्रयास गरियो । लुटेरा भन्ने, डाँका भन्ने । यो गलत थियो । विप्लव समूहको माग के हो त ? के के चिजमा सहमति गर्न सकिन्छ त ? त्योतर्फ ध्यान कसैले दिएनन् । बरु कार्यकर्ता धडपकड गर्ने, झूटा मुद्दा लगाइदिने काम भयो । प्रकाण्ड एक उदाहरण हुन् । प्रकाण्डलाई देशभरिकै अदालतमा घुमाइयो । कैयौ मुद्दामा फसाउने प्रयास भयो । तर सम्मानित अदालतले राज्यको षड्यन्त्रलाई सफल हुन दिएन ।
अहिले कुनै पार्टी प्रतिबन्धमा पर्न र कुनै पार्टी कारवाही फुकुवामा पर्न देशमा निरंकुश शासन छ र ? पञ्चायत छ र ? जहाँनिया राणाशासन छ र ? राजतन्त्रको अवशेष छ र ? तर शासकले आफ्नो होस गुमाएको प्रतित हुन्छ । यो कुनै विप्लव समूहप्रतिको सदासयता होइन, यो त देशमा शान्ति अमनचयन देख्न चाहनेको भावना मात्र हो । तपाई सामाजिक सञ्जाल हेर्नुहोेस्, मिडिया हेर्नुहोस्, बाहुल्य जनता सरकारी निर्णयको आलोचना गरिरहेका छन् ।
विप्लव समूहले केही बमकाण्ड गराएको थियो र उसले जिम्मा पनि लिएको थियो । त्यो उसको राजनितीक कार्ययोजना होला, भलै यो ठीक होइन । तर राज्यले समस्या समधानको लागि यो बीचमा के कस्ता पहलकदमी चाल्यो त भन्दा केही पनि चालेन । खाली भड्काउबाजी भाषण मात्र दिइरहे । प्रधानमन्त्री हुन् वा गृहमन्त्री दुवैले विप्लव समूहको रगत उम्लिने गरी विरोध र धडपकड गरे ।
विप्लव समूह एउटा हैसियत बोकेको समूह हो । उनीहरूसँग हतियारको जोहो पनि राम्रै छ । खासगरी उनीहरूसँग हिजोका अयोग्य भनिएका तत्कालीन माओवादी सेनाका लडाकुहरू गोलबन्द छन् । उनीहरूमा एक किसिमको आक्रोशको भाव जागृत भएको छ । ती तालिम प्राप्त छन् । अब उनीहरूलाई राज्य व्यवस्थापन गर्नुपर्ने थियो । तर त्यसो हुन सकेन । सलाईको काँटीलाई खरबारीमा फाल्यो भने के हुन्छ ? पक्कै पनि आगो लाग्छ । चिजहरू खरानी हुन्छन् ।
रोचक कुरा त के छ भने परिस्थितिले जन्माएको यो ‘लालजोडी’ बादल र विप्लव परिस्थितिकै कारण आज एकआपसमा भिड्ने तरखरमा छन्, आमनेसामने छन् । युद्ध तोपका मालिकहरू डोनाल्ड ट्रम्प र किम जोन उन ‘फेस टू फेस’ वार्तामा बस्न सक्छन् भने हिजो एउटै थालमा गुन्द्रुक र आटोढिडो खाएर गणतन्त्रका लागि लडेकाहरू आज किन कुकुरबिरालो जस्तो गरेका होलान् ? बडो दुःख लाग्छ ।
केही महिना अगाडि विप्लवसँग यो पक्तिकारले भेट्ने मौका पाएको थियो । विप्लवको गुनासो थियो, ‘शुरूमा बादल दाई आउनुभयो, फेरि जानुभयो, अहिले त शासक हुनुभयो ।’ तत्कालीन माओवादी पार्टी फुट्ने बेलामा बादल र विप्लव सँगै थिए । उनीहरू सँगै हुँदाको एउटा तस्विर हाल सामाजिक सञ्जालमा भाइरल छ । जंगलको उकालो यात्रामा बादल थकित देखिन्छन् । उनी निराश मुद्रामा भुइँमा बसेका छन् । विप्लव उभिएका, मुस्कुराइरहेका देखिन्छन् ।
के बादल थाकेकै हुन् त ? यसै भन्न सकिन्न । तर गृहमन्त्रीको हैसियतमा उनले वार्ताभन्दा पनि पेलेरै जाने जो नीति बनाए, त्यो राम्रो गरेनन् । लालजोडीलाई जहाँ भेट्यो त्यही समात्न आदेश दिने यो कस्तो वियोगान्त परिस्थिति हो ? यो कस्तो भावशून्य समय हो ? बरु गृहमन्त्री पदबाट राजीनामा दिएको भए उनको इतिहासमा बादलजस्तै कालो धब्बा लाग्ने थिएन होला ।
हिजो आफूले गरेको युद्ध ठीक आज आफ्नै सहयात्रीले उठाएको विद्रोहको श्वर कसरी बेठीक होला र ? देश द्वन्द्वमा गए जनताकै छोराछोरीको रगत बग्ने हो । आग्रह पूर्वाग्रह छाडेर वार्तामा बस्दा के बिग्रिन्छ र ? वार्ताका लागि विप्लव समूह पनि तयार हुनैपर्छ । अझैपनि केही बिग्रेको छैन । आ–आफ्नो अहंकार र दम्भ त्यागेर देशलाई शान्तिको श्वास फेर्न दिउँ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...