×

NMB BANK
NIC ASIA

घट्दो बजार अनुगमनकाबीच उपभोक्ता अधिकार दिवस मनाउने तयारीमा सरकार !

फागुन २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सरकारले चैत १ गते अर्थात् १५ मार्चलाई अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसको रूपमा मनाउँदै आएको छ ।  

Sagarmatha Cement
Muktinath Bank

विगतका वर्षहरूदेखि नै मार्च १५ लाई अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको रूपमा मनाउँदै आएको सरकारले यस वर्ष ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार’ भन्ने नाराका साथ मनाउन लागिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलवारदेखि नै उपभोक्ता अधिकार दिवस शुरू गरिएको र चैत १ गते औपचारिक कार्यक्रम गर्दै उपभोक्ता अधिकार दिवस मनाउन लागेको जानकारी गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागका महानिर्देशक योगेन्द्र गौचनले उपभोक्तामा जनचेतना फैलाउने विभिन्न कार्यक्रमहरू गरेर मंगलवारदेखि नै उपभोक्ता अधिकार दिवस मनाउन थालिएको र आगामी शुक्रवार औपचारिक कार्यक्रम गरेर दिवस मनाइने बताए ।


Advertisment
Nabil box
Kumari

अनुगमन घट्दो

Vianet communication
Laxmi Bank

सरकारले अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने तयारी गरेपनि पछिल्लो समय बजार अनुमगन भने ओरोलो लागेको छ । वस्तुको गुणस्तर तथा मूल्यमा उपभोक्ता नठगिउन् भन्ने उद्येश्यले बजार अनुगमनको मुख्य जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्दै आएको बजार अनुमगन पछिल्लो समय न्यून मात्रामा हुने गरेको छ ।

विभागको तथ्याङ्कअनुसार विभागले गर्दै आएको बजार अनुगमन पछिल्लो समय ओरालो लागेको छ । गत मंसिरयताको तथ्याङ्कले बजार अनुगमन निरन्तर ओरालो लागेको देखिएको छ । मंसिरमा विभागबाट कुल अनुगमन २ सय ६३ वटा व्यावसायिक फर्ममा भएको थियो । फागुन महिनामा विभागबाट ३४ वटा फर्ममा मात्रै अनगमन भएको विभागको तथ्याङ्क रहेको छ ।
पुस महिनामा  १ सय ९६ र माघ महिनामा कुल ५९ वटा व्यवसायिक फर्ममा अनुमगन भएको विभागको तथ्याङ्क छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले जनशक्तिको अभावमा बजार अनुमगन बढि हुन नसकेको स्वीकार गरे । ‘जनशक्ति थोरै छ,’ उनले भने, ‘उपभोक्ताको चाहनाअनुसार नभएको पनि हुन सक्छ । तर, अनुमगन भइरहेकै छ ।’

उपभोक्ता अधिकारकर्मीहरूले सरकारले मनाउन लागेको उपभोक्ता दिवस नाम मात्रको भएको प्रतिक्रिया दिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सरकारले मनाउन लागेको उपभोक्ता अधिकार दिवस नाम मात्रको भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x