हरिहर अभिनित ‘शुभ लभ’का लागि विशालले गाए ‘टुक्रियो एउटा सपना’ [भिडियो]

फागुन २९, २०७५

काठमाडौं- युवा ज्योतिष हरिहर अधिकारीको डेब्यू फिल्म ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गायक निरौलाले यही फिल्ममार्फत पाश्र्व गायन शुरु गरेका हुन् । 

सार्वजनिक गीतको भिडियोमा हरिहरसंगै नव–नायिका कृष्टिन पौडेल फिचर्ड छन् । प्रदीपकुमार उदयको प्रस्तुतिमा तयार भएको फिल्ममा हरिहर वास्तविक जीवनमा जस्तै ज्योतिषको भूमिकामा नै प्रस्तुत भएका छन् । 


ADVERTISEMENT

फिल्ममा हरिहर र कृष्टिनका साथमा राजाराम पौडेल, सरोज खनाल, रविन्द्र झा, राजा राजेन्द्र पोख्रेल, प्रदीप बास्तोला, सूर्या थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

चैत्रको १५ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्मको निर्मातामा धर्मराज शर्मा सुवेदी रहेका छन् । हरिहरकै कथा रहेको फिल्ममा रामेश्वर कार्कीको छायांकन, वन नेपाल स्टन्ट टिमको एक्सन, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन छ ।

फिल्ममा समावेश ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’बोलको गीत र फिल्मको ट्रेलरले पनि दर्शकमा फिल्मप्रति कौतुहलता ल्याएको छ ।

भिडियो: 

फागुन २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस