×

NMB BANK
NIC ASIA

परिवारकासँग टाढिनु पर्दा कारागारका बन्दीमा मानसिक समस्या

फागुन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुर-  देशभरका विभिन्न कारागारमा रहेका अधिकांश कैदीमा मानसिक समस्या रहेको पाइएको छ । विभिन्न कारागारबाट नख्खु कारागारमा सरुवा भई उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको लगनखेलस्थित मानसिक अस्पतालले जनाएको छ । 

अस्पतालमा दैनिक कैदी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याट्रिक्ट अनन्त अधिकारीले बताउनुभयो । अस्पतालको बहिरङ्ग विभाग र अन्तरङ्ग विभाग दुवैतिर कारागारबाट आएका बिरामी आइरहेका छन् । विभिन्न मुद्दामा जेल चलान भएपछि मानसिक रोग लागेका कैदीबन्दी उपचारका लागि यहाँ आउने गरेको उहाँले बताउनुभयो । 

देशभरका विभिन्न कारागारका कैदीबन्दीलाई मानसिक रोग लागेपछि कारागार प्रशासनले नख्खु कारागार नै सरुवा गरेर पठाउने गरेको छ । बहिरङ्ग विभागमा दैनिक १० देखि १५ जाँचका लागि आउने र अन्तरङ्ग विभागमा तीन÷चार सम्म कैदीबन्दी भर्ना हुने गरेका छन् । उहाँले भन्नुभयो, “अहिले नख्खु कारागारभित्रै मानसिक अस्पताल बन्न लागेकाले यो कारागारमा सरुवा भएर आउनेक्रम बढेको छ ।” 

अधिकारीका अनुसार कैदीबन्दीमा सबैभन्दा बढी ‘डिप्रेसन’ का बिरामी आउने गरेका छन् । कैदीबन्दीमध्ये कतिमा सामान्य र कतिपयमा कडा खालको मानसिक रोग पाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार परिवारका सदस्यसँगको दूरीका कारणले मानसिक समस्या हुने गरेको छ । उहाँले भन्नुभयो, “कारागारमा परेपछि परिवारले बेवास्ता गर्ने, भेट्न नआउने हुँदा मानसिक रोग लागेको पाइन्छ ।” 

समाजमा मानसिक रोगलाई पनि रोगका रूपमा स्वीकार गरेर उपचार गर्नुपर्छ भन्ने धारणा बन्दै जाँदा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढिरहेको छ । बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी आउने गरेका छन् । अस्पतालमा रहेका ५० श्ययामा सधैँ बिरामी खचाखच हुने गरेको अस्पतालले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x