×

NMB BANK
NIC ASIA

के मेस्सी र रोनाल्डोले एकअर्कालाई प्रेरणा दिन्छन् ?

फागुन ३०, २०७५

NTC
Sarbottam
Photo : Marca
Premier Steels
Marvel

काठमाडौं – क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लीगको प्रिक्वार्टरफाइनलमा एट्लेटिको मड्रिडविरुद्ध शानदार ह्याटट्रिक गरेर युभेन्टसलाई अघिल्लो चरणमा पुर्‍याएको एक दिनपछि उनका प्रतिस्पर्धी लियोनेल मेस्सीले लियोनलाई हराउँदै बार्सिलोनालाई क्वार्टरफाइनलमा पुर्‍याउन सशक्त योगदान गरेका छन् । 

Muktinath Bank

एक अर्थमा मेस्सीले रोनाल्डोलाई पनि पछि पारे किनकि उनी चारवटा गोलमा प्रत्यक्ष संलग्न बने जबकि रोनाल्डोको तीन गोल थियो । मेस्सीले दुई गोल उनी आफैंले गरे अनि जेरार्ड पिके र उस्मान डेम्बेलेलाई गोल गर्ने पास मिलाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस जीतसँगै बार्साले च्याम्पियन्स लीगमा ला लिगाको एक मात्र क्लबका रूपमा अन्तिम आठमा स्थान बनाएको छ । अनि मेस्सीले यस सीजनको शुरूआतमा आफ्ना प्रशंसकहरूलाई सम्बोधन गर्दै सन् २०१५ पछि च्याम्पियन्स लीग जिताउने प्रतिज्ञा गरेकोमा उक्त मिसनमा दत्तचित्त भएर लागेका छन् । 


Advertisment
Nabil box
Kumari

अनि यसले फूटबल इतिहासमा दुई खेलाडीबीचको सबभन्दा ठूलो प्रतिस्पर्धालाई अघि बढाएको छ । यी अतिमानवहरूले एकअर्कालाई कति हदसम्म प्रेरित गर्छन् भन्ने प्रश्न निकै रोचक छ । 

Vianet communication
Laxmi Bank

मेस्सीले रोनाल्डोको जस्तो धेरै नबोलेपनि उनी उत्तिकै प्रतिस्पर्धात्मक भने छन् । गोलसंख्या र व्यक्तिगत सम्मानभन्दा पनि उनी क्लबका लागि ट्रफी जिताउन लागिपर्छन् । 

रोनाल्डो मैदानमा गोल नगरुन्जेल कहिले पनि खुशी देखिँदैनन् । गोल गरिसकेपछि पनि उनी लामो समयसम्म खुशी देखिँदैनन् किनकि उनलाई अर्को गोल गर्ने चिन्ताले घेरिहाल्छ । गोल गर्ने त्यही जुनूनका कारण उनले आफ्नो करीयरमा आश्चर्यजनक उपलब्धि हासिल गर्न सकेका हुन् । 

मेस्सी चाहिँ अलिक फरक धातुले बनेका हुन् । उनी आफैंले गोल गर्ने अवसर पाए पनि क्लबका साथीलाई गोलका लागि पास मिलाइदिन्छन्, प्रायः साथीहरूलाई नै पेनाल्टी हान्ने अवसर दिन्छन् र आफूले गोल गर्दा जसले पास मिलाएको हो उसैतिर मुस्कानसहित फर्केर गोल सेलिब्रेट गर्छन् । 

रोनाल्डोभन्दा राम्रो खेलाडी हुने लक्ष्य मेस्सीले लिएका हैनन् । बरू उनी सर्वोत्कृष्ट रूपमा खेलेर सम्भव भएसम्म सबै ट्रफी जित्न चाहन्छन् भनी उनी नजिकका मानिसले भन्ने गरेका छन् । 

मेस्सी र रोनाल्डोबीचको तीव्र प्रतिस्पर्धा उनीहरूका प्रशंसकको बहसको विषय हो र मिडियाले पनि यसका बारेमा लेखिरहेको हुन्छ तर सम्भवतः यो सही हैन । 

मेस्सीले जानाजान रोनाल्डोसँग प्रतिस्पर्धा नगरेको भए पनि उनी अत्यन्तै प्रतिस्पर्धात्मक छन् । उनले आफ्नै क्लबका प्रिय साथी लुइस सुआरेजसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन् । लियोनविरुद्धको खेलमा उनले हानेको पानेन्का पेनाल्टी शायद उनले सुआरेजसँग मिलेर क्याम्प नाओमा निकैचोटि अभ्यास गरेको हुनुपर्छ । 

बुधवार राति गोल नगरेपनि सुआरेजले बार्साको तीव्र गतिको खेलमा योगदान गरेका थिए र मेस्सीसँगको उनको साझेदारी च्याम्पियन्स लीगमा क्लबको निरन्तर प्रगतिको आधारविन्दु हुनेछ । 

च्याम्यिन्स लीगमा उनीहरूको महत्त्वपूर्ण भूमिकालाई विचार गर्दै उनीहरूलाई अबका केही हप्ताका लीग खेलमा आराम दिइन सक्ने सम्भावना छ । गत वर्ष यस्तै समयमा आफूले थप आराम गर्नुपर्थ्यो भनी सुआरेजले स्वीकार गरेका छन् । त्यतिखेर थाकेको जस्तो देखिएको बार्सिलोना च्याम्पियन्स लीगको क्वार्टरफाइनलको दोस्रो लेगमा रोमासँग ३–० ले हारेको थियो । मेस्सी र सुआरेज यही गल्ती यस सीजनमा नदोहोरियोस् भन्ने विषयमा सजग छन् । 

ला लिगामा दोस्रो स्थानमा रहेको एट्लेटिकोमाथि सात अंकको अग्रता लिएको बार्सिलोनाले मेस्सी र सुआरेजलाई आराम दिएर च्याम्पियन्स लीगका लागि तरोताजा राख्ने प्रशस्त अवसर छ । ला लिगामा सुविधाजनक स्थितिमा रहेकाले बार्साको ध्यान अहिले च्याम्यिन्स लीगमै केन्द्रित हुन पाएको छ ।

तर च्याम्पियन्स लीग जित्नका लागि मेस्सी र सुआरेजले एक प्रतिस्पर्धीलाई पन्छाउनुपर्ने हुन्छ । च्याम्पियन्स लीगको फाइनलमा मेस्सी र रोनाल्डो भिडेको देख्न पाइएला त ?

बीबीसीमा प्रकाशित यान्डी वेस्टको विश्लेषण


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x