एयरलाइन्सले गर्‍यो महिलामाथि दुर्व्यवहार : ज्याकेट नलगाउँदा निकाल्न खोज्यो

फागुन ३०, २०७५

काठमाडौं – सामाजिक सञ्जालमा अहिले एउटा पोस्ट भाइरल भइरहेको छ । त्यसमा एमिली ओ कोनोर नामक महिलाले आफूमाथि भएको दुर्व्यवहारको वर्णन गरेकी छन् । 

एमिली टमस कूक एयरलाइन्सको विमानमा पस्दा विमान कर्मचारीहरूले उनलाई क्रप टप र हाईवेस्ट प्यान्ट लगाएर यात्रा गर्न नपाइने भनेका थिए । कि त लुगा चेन्ज गर र कि जिउ ढाक भनेको महिलाको गुनासो छ । 


ADVERTISEMENT

घटना मार्च १२ मा भएको हो र पीडितको आक्रोशपछि एयरलाइन्सले माफी मागेको छ । 

एमिलीले आफ्नो ट्विटर अकाउन्टबाट आफूमाथि भएको लज्जास्पद घटनाको खुलासा गरेकी हुन् । आफ्नो लुगाले कसैलाई केही असर परेको छ त भनी उनले आफ्ना सहयात्रीहरूलाई सोधेकी थिइन् तर कसैले केही भनेन । एकजनाले चाहिँ उनलाई गाली गर्दै मुख बन्द गर्न र चुपचाप ज्याकेट लगाउन भनेको एमिलीको भनाइ छ । यसका बारेमा विमान कर्मचारीलाई बताउँदा उनी तमाशा हेरेर बसिरहे । 

 

कर्मचारीको ताल देखेपछि एमिलीका नातेदारले उनलाई आफ्नो ज्याकेट लगाउन दिए । उनले ज्याकेट नलगाउन्जेल विमान कर्मचारी त्यहीँ उभिरहे । उनले ज्याकेट नलगाएको भए उनीहरू सामानसहित उनलाई  निकाल्न खोजेका थिए । 

घटना सार्वजनिक भएपछि एयरलाइन्सले माफी माग्दै आफूहरूले यो परिस्थितिलाई अझै राम्रो गरी ह्यान्डल गर्न सक्थ्यौं भन्यो । 

एजेन्सी
 

फागुन ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस