×

NMB BANK
NIC ASIA

बस आगजनीको जिम्मा लिएको विप्लव समूहले भन्यो- पक्राउ परेका कार्यकर्ता हाम्रा होइनन्

फागुन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कैलाली जिल्लामा भएको तोडफोड तथा आगजनीको जिम्मा लिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

कैलालीको गौरीगंगा नगरपालिकास्थित जंगलमा जन्तीबाट फर्किन लागेको बसमा गरिएको आगजनीको जिम्मा लिएको हो । जिल्लाको गौरीगंगा नगरपालिका–८ स्थित बडैपुरको जंगलमा बिहीबार राति भएको म १ ख ४४१ नम्बरको बसमा भएको आगजनीको जिम्मा लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाका जिल्ला इन्चार्ज विवेक कुमालले बन्दको अवज्ञा गरेकोले आगजनी गरेको बताए । तर उनले उक्त बस बिहेको नभई नियमित रुटमा सञ्चालन भएको जिकिर गरे ।


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार सो बस भजनी नगरपालिका १ बाट बिहे सकेर महेन्द्रनगरतर्फ फर्कँदै गरेको अवस्थामा ८–९ जनाको समूहले सडकमा रुख ढाली बाटो अवरोध गरेर आगजनी गरेको हो । चालकसहित १२ जनालाई बसबाट झारेर आगजनी गरिएको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

जिल्लाको साडेपानीमा एक ट्रकमा भएको तोडफोडका साथै केही स्थानमा त्रास फैलाउने उद्देश्यले शंकास्पद वस्तु समेत राखिएको पाइएको छ । सो शंकास्पद वस्तु सेनाको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

त्यस्तै कञ्चनपुर बेतकोट नपा २ दैजी बस्ने वर्ष ३३ को कोषराज भट्ट, जिल्ला कञ्चनपुर भिमदत्त नपा ५ कटान बस्ने वर्ष २२ को सुशिल चन्द र जिल्ला डोटी बिपिनगर ७ बस्ने वर्ष १८ का धनबहादुर बमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए । उनीहरूलाई कैलालीको गोदावरी नगरपालिका–१ गोदावरीमा बन्दमा गाडी किन चलाएको भन्दै जलाउने धम्की दिइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर ती ३ जना आफ्ना कार्यकर्ता नभएको जिल्ला इन्चार्ज कुमालले लोकान्तरलाई बताए । पार्टीको कैलाली, कञ्चनपुर र डोटीको कुनैपनि संगठनमा ती व्यक्तिहरू आबद्ध नभएको बताउँदै उनले आफ्ना कार्यकर्ता नरहेको स्पष्ट पारे ।

यसैबीच नेकपाले आहृवान गरेको बन्दले जनजीवन प्रभावित बनेको छ । सवारी सधान, कलकरखाना, शैक्षिक संघ संस्था बिहानैदेखि ठप्प रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x