×

NMB BANK
NIC ASIA

संस्थापक डीन डा. विपिन अधिकारीले 'स्कुल अफ ल'बाट दिए राजिनामा

फागुन ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -काठमाण्डौ विश्वविद्यालय 'स्कुल अफ ल'का संस्थापक डीन डा. विपिन अधिकारीले आफ्नो कार्यावधि बाँकी रहँदै डीनको पदबाट राजीनामा दिएका छन् ।  यही चैत्र ३० गते देखि लागू हुनेगरी उनले राजिनामा दिएका हुन् । स्कुल अफ लको स्थापनार्थ उनलाई काठमाडौँ विश्वविद्यालयले डीनका रुपमा नियुक्ति गरेको थियो ।

Muktinath Bank

अधिकारी वरिष्ट संविधानविद् पनि हुन् । स्कुल अफ लको स्थापना प्रक्रियादेखि आजसम्मको काम कार्यवाहीमा दिएको सहयोगका लागि अधिकारीले प्राध्यापक सुरेशराज शर्मा तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी तथा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकारले अधिकारीबाट संस्थापित स्कूल अफ लको पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा उनले कृतज्ञता व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौँ विश्वविद्यालय स्कूल अफ ल नेपालमा अर्थशास्त्र तथा व्यवस्थापन विषयमा आधारित वैकल्पिक कानुनी उच्च शिक्षाका लागि एकमात्र स्कुल हो ।

Vianet communication
Laxmi Bank

'काठमाडौँ विश्वविद्यालय स्कूल अफ लको स्थापनाकालीन उद्देश्य प्राप्तिका काम–कार्यवाही, यसको निरन्तर विकास एवं संस्थागत समृद्धिका लागि म सदैव सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त  गर्दछु' अधिकारीले आफ्नो राजिनामा पत्रमा उल्लेख गरेका छन् । तर के कारणले अधिकारीले राजिनामा गरेका हुन् भन्ने विषय पत्रमा खुलाइएको छैन ।

करीब आठ महिनाअघि काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. भोला थापाले नीतिगत विषयमा उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठसंग विवाद भएपछि तत्कालै राजिनामा गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x