×

NMB BANK
NIC ASIA

सुर्खेत- प्रतिनिधि सभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्ती तथा सांसदहरुले पत्रकारहरुसँग नङ र मासुको जस्तै सम्बन्ध बनाएर अघि बढने प्रतिबद्धता जनाएका छन् ।

Muktinath Bank

विहीवार वीरेन्द्रनगरमा कर्णाली प्रदेश संसद सचिवालयले आयोजना गरेको सांसद–सञ्चार सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा कर्णालीको समृद्धिका लागि दुवै पक्ष मिलेर अघि बढनुपर्नेमा जोड दिएका हुन् । ‘प्रदेश सभाको नियमअनुसार सबैले चल्नुपर्छ,’ उपसभामुख डा. तुम्बाहाम्फेले भनिन्, ‘संसदको मर्यादा जोगाउन सबैले लाग्नुपर्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले कर्णालीका संसद र पत्रकारबीच सुमधुर सम्बन्ध रहेको आफुले पाएको बताईन् । ‘संसदहरुले शून्य समयमा विषयवस्तु केन्द्रित रहेर विषय उठान गर्नुपर्छ,’ उनले भनिन, ‘त्यसो गर्न सके पत्रकारले विषयवस्तुलाई थप बुझ्ने र राम्रो कभरेज हुने हुँदा त्यसले जनतामा सकारात्मक सन्देश जान्छ ।’


Advertisment
Nabil box
Kumari

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले अर्को अधिवेशनसम्म मिडिया सेन्टर बनिसक्ने बताए । ‘विभिन्न कारणले मिडिया सेन्टर निर्माणमा ढिलाई भएकाले पत्रकारहरुले असुविधा भोग्नु परेको हो,’ सभामुख शाहीले भने, ‘मिडिया सेन्टर स्थापना भइसकेपछि यहाँहरुको माग पुरा हुनेछ । कोटेशन आव्हान गरेर भएपनि आगामी वर्षे अधिवेशनसम्म हामी निर्माण कार्य सक्छौं ।’

Vianet communication
Laxmi Bank

सभामुख शाहीले प्रदेश सभा भवनमा क्यामेरा लिएर फोटो खिच्न नदिएको भन्ने आरोपको खण्डन गरे । ‘हामीले पाँच मिनेटसम्म अगाडि भिडियो खिच्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘गलत हल्लाको पछि नलाग्न म पत्रकारलाई आग्रह गर्दछु ।’

उनले नियतवश पत्रकारलाई दुःख नदिएको बताउँदै प्रदेश सभाको सुरक्षा चुनौती, संवेदनशीलता र मानका कारण त्यस्तो हुन गएको बताए । उपसभामुख पुष्पा घर्तीले अन्तरक्रिया कार्यक्रमले सबैलाई बाटो देखाएको बताईन । ‘कसरी पत्रकारसँग प्रस्तुत हुने, कस्ता सूचना दिने, कस्ता कुराहरु सदनमा बोलने जस्ता महत्वपूर्ण विषयमा सिकाई भयो ।’ उनले भनिन, ‘खासगरी महिला सांसदहरुका लागि यो कार्यक्रम कोसेढुंगा सावित हुने मेरो अपेक्षा हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x