×

NMB BANK
NIC ASIA

‘द म्यान फ्रम काठमाडौं’संगै ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ प्रदर्शनमा

चैत १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- नेपालमा हरेक हप्ता दुईदेखी तीन नेपाली फिल्म प्रदर्शनमा आउने गरेका छन् । हलमा फिल्मको ब्यापार ओरालो लागिरहेको अवस्थामा पनि फिल्म प्रदर्शनमा कमी आउन सकेको छैन । अघिल्लो हप्ता ‘खाग’ र ‘अदालत’ प्रदर्शनमा आएका थिए । त्यस्तै, यो साता तीन नेपाली फिल्मको भिडन्त हुँदैछ । ‘द म्यान फ्रम काठमाडौं’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ आजबाट प्रदर्शनमा आएका फिल्म हुन ।

Muktinath Bank

द म्यान फ्रम काठमाडौं
‘द म्यान फ्रम काठमाडौं’ नेपाली फिल्म अन्तराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्यसहित निर्माण गरिएको फिल्म हो । अंग्रेजी भाषामा खिचिएको फिल्मलाई नेपाली डब गरेर नेपालमा प्रदर्शन गरिएको हो । पाँच करोड भन्दा बढी लागतमा निर्माण गरिएको फिल्मलाई पेमा धोन्डुप शेर्पाले निर्देशन गरेका हुन् भने नकिम उद्दिनले फिल्मको निर्माण गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मलाई नेपालको काठमाडौं र अमेरिकाको केही स्थानमा खिचिएको छ । 


Advertisment
Nabil box
Kumari

 धार्मिक युद्धको परिवेशमा बनेको फिल्ममा नेपालकै भेट्रान कलाकारदेखि बिदेशी कलाकारहरुको अभिनय छ । अमेरिकी अभिनेता जोसे म्यानुअल, गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली अभिनेत्री आना शर्मा, कलाकारहरु नीर शाह, मिथिला शर्मा, शिशिर बाङ्देल, कर्मा शाक्य, आमिर गौतम लगायतको अभिनय छ । फिल्ममा एक्सन र लभस्टोरीको मिश्रण देख्न सकिन्छ । फिल्म प्रचारका लागि बलिउड अभिनेता गुल्सन ग्रोवर अहिले नेपालमा छन् । 

Vianet communication
Laxmi Bank

पुरानो बुलेट
त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो, पुरानो बुलेट । फिल्मलाई पत्रकारिता पृष्ठभूमि भएका भिषण राईले निर्देशन गरेका हुन् । उनको यो निर्देशनमा डेब्यू फिल्म हो । फिल्ममा नायक अनुप विक्रम शाहीका साथमा दुई नायिका बर्षा शिवाकोटी र माला लिम्बुको मुख्य भूमिका छ । 

साथमा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, शिरोमणी दवाडी, बादल श्रेष्ठ लगायतको पनि अभिनय छ । फिल्मको कथा, पटकथा तथा लेखनमा भीषणसंग सन्तोष राइले साझेदारी गरेका छन् । सन्तोष फिल्मका कार्यकारी निर्माता पनि हुन् । फिल्ममा अशोक कुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई निर्माताको रुपमा छन् । हङकङसंगै पूर्वका केही स्थानमा च्यारिटी शो गरेको फिल्मलाई दर्शकले रुचाएको निर्माण टिमको दाबी छ । 

जानी नजानी
आधुनिक प्रेमकथामा निर्माण भएको भनिएको ‘जानी नजानी’लाई लामो समय मुख्य सहायक निर्देशनका रुपमा काम गरिसकेका बसन्त अधिकारीले निर्देशन गरेका हुन् । फिल्मबाट पाका अभिनेता विश्व बस्नेतकी छोरी निरिशा बस्नेतले डेब्यू गरेकी छिन् । 

फिल्ममा ढाका उद्योगको पृष्ठभूमि बनाएर प्रेमकथा उनिएको निर्माणपक्षले जनाएको छ ।। फिल्ममा निरिशाका साथमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह लगायतको अभिनय छ । 

रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । फिल्मको छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । फिल्मलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । फिल्मलाई लिएर निर्माण यूनिट आशावादी देखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x