कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बागलुङ- काठेखोला गाउँपालिका–३ धम्जामा धसिङ्गरेको तेल उत्पादन गर्न खुलेको उद्योग सञ्चालनमा आउन सकेको छैन । उद्योग स्थापना भएको एक वर्ष बिति सक्दा पनि तेल उत्पादन शुरु हुन नसकेको हो ।
उद्योगका संरचना र यन्त्र, उपकरण प्रयोगमा नआउँदै जीर्ण जस्तै देखिन थालेका छन् । उद्योगको संरक्षण र रेखदेखसमेत हुन सकेको छैन । स्थानीयको सक्रियता नदेखिएपछि सञ्चालनमा केही ढिलाइ भएको उद्योग व्यवस्थापनले जनाएको छ ।
“आउँदो वैशाखदेखि तेल उत्पादन शुरु गर्ने तयारीमा छौँ”, उद्योगका अध्यक्ष दल थापाले भन्नुभयो, “गत वर्ष संरचना बनाउँदैमा समय बित्यो ।” जङ्गलबाट धसिङ्गरे निकाल्ने अघिल्लो याम (वैशाख–कात्तिक) अगावै उद्योग खुलेपनि तेल उत्पादन शुरु हुन सकेन ।
स्थानीय थामाको चुली सामुदायिक वनमार्फत उद्योग चलाउने योजना बनेपनि त्यसले मूर्त रुप लिएको छैन । कानूनी रुपमा उद्योग दर्ता गर्न पनि बाँकी रहेको अध्यक्ष थापाले बताउनुभयो । यो वर्ष सबै प्रकृया र तयारी पुर्याएर तेल उत्पादन शुरु गरिने उहाँको दाबी छ ।
तत्कालीन जिल्ला वन कार्यालय बागलुङको रु पाँच लाख ५७ हजार र काठेखोला गाउँपालिकाको रु दुई लाख बजेट उद्योग स्थापनामा खर्च भएको छ । जङ्गलमा खेर गइरहेको वनस्पति धसिङ्गरेबाट तेल उत्पादन गरेर बेच्ने लक्ष्यसहित उद्योग खोलिएको हो ।
मछिनो भनेरसमेत चिनिने धसिङ्गरेको पात र मसिनो डाँठलाई ‘डिस्टिलेशन’ प्रविधिबाट आगोमा पकाउँदा निस्कने बाफलाई चिस्याएर तेल बनाउने गरिन्छ । यसरी उत्पादित तेल प्रतिलिटर रु छ हजारमा बिक्री हुने गरेको छ ।
जडिबुटी भनेर नचिन्दा यसअघि किसानले मछिनोलाई गोठमा वस्तुभाउलाई ओछ्याउने स्याउलाको रुपमा प्रयोग गर्दै आएका थिए । उद्योग सञ्चालन भएपछि गाउँलेले आयआर्जनको अवसर पाउने स्थानीयवासी गोपाल श्रीसले बताउनुभयो ।
“जतिसक्दो छिटो उद्योग चलाउने वातावरण बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “गाउँको समृद्धिको आधार यो पनि बन्न सक्छ ।” उहाँले आफूहरुको समेत पहलमा उद्योग स्थापना गरेपनि सञ्चालनमा भइरहेको ढिलाइप्रति गुनासो गर्नुभयो । उद्योग सञ्चालक समिति जिम्वेवार बन्नुपर्ने उहाँको भनाइ छ ।
उद्योग शुरु हुँदा गाउँका किसानको पनि आम्दानीको बाटो खुल्ने देखिन्छ । मछिनो सङ्कलन गर्ने र उद्योगसम्म ल्याउने काम किसानले गर्नेछन् । जस वापत तोकिएको पारिश्रमिक उद्योगले उपलब्ध गराउनेछ । स्थानीय सामुदायिक वनले पनि मछिनो निकाले वापत उद्योगबाट रकम पाउनेछ ।
२०० किलो धसिङ्गरेको पातबाट एक लिटर तेल उत्पादन हुन्छ । उत्पादित तेल शरीर मालिस गर्न, मञ्जन र आयोडेक्समा प्रयोग हुने जनाइएको छ । नेपालमा उत्पादन हुने उक्त तेल विदेशमा समेत महङ्गो मूल्यमा निर्यात हुने गरेको छ । धम्जाको थामाको चुली र तीनचुले सामुदायिक वन क्षेत्रमा धसिङ्गरे प्रशस्त पाइन्छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...