×

NMB BANK
NIC ASIA

‘नेपाललाई विश्वमा चिनाउन राष्ट्रपतिको भ्रमण फलदायी’

चैत २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ६३ औं अधिवेशनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपतिबाट शुक्रवार सम्पन्न अमेरिकाको ४ दिवसीय भ्रमण बाह्य जगत्मा देशको गरिमा बढाउन सफल रह्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य तथा त्यसपछि सफलतापूर्वक सम्पन्न शान्ति प्रक्रियालगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधानसभाद्वारा निर्मित संविधान जारी भएपछि नेपालमा मानव अधिकार, महिला सशक्तीकरण र लैंगिक समानताका क्षेत्रमा भएका प्रगति तथा असल अभ्यास अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भ्रमण उपलब्धिमूलक भएको मान्नुपर्छ । 


Advertisment
Nabil box
Kumari

नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा पनि यो भ्रमण महत्त्वपूर्ण रह्यो । विश्वका अग्रणी महिला नेतृत्वसँगका भेटवार्ता तथा द्विपक्षीय सम्बन्धको विकास, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमणलाई फलदायी मान्न सकिन्छ । 

Vianet communication
Laxmi Bank

भ्रमणका क्रममा भएका द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताबाट नेपालको आर्थिक–सामाजिक विकासका विभिन्न क्षेत्रमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । राष्ट्रपतिको भ्रमणबाट राष्ट्रसंघका उच्च अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी, अमेरिकी सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली, व्यापारिक समुदाय तथा नेपालका शुभचिन्तकसँगको भेटघाटले नेपालसँगको सम्बन्ध र परिचयलाई नवीकरण गर्ने अवसर प्राप्त भयो । 

न्यूयोर्क बसाईका क्रममा राष्ट्रपतिबाट भएका भेटवार्ताले दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयका अतिरिक्त जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता र विश्वस्तरका साझा समस्या समाधानमा महिलाको भूमिकाका बारेमा छलफल गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ का बारेमा बताउने अवसरमात्र प्राप्त भएन अपितु नेपालको आर्थिक विकास र समृद्धिका लागि प्राथमिकताका क्षेत्रबारे अवगत गराउन पनि सहज भयो । 

नेपालबाट राष्ट्राध्यक्षको तहमा सहभागिता भएको यो पहिलो परिघटनाले महिला तथा बालबालिकासम्बन्धी क्षेत्रमा पछिल्ला वर्षमा नेपालले गरेका महत्त्वपूर्ण उपलब्धिको राम्रो मूल्यांकन गर्दै नेपाललाई उच्चस्तरमा सहभागी हुन निमन्त्रणा प्राप्त हुनुलाई उपलब्धि ठान्नुपर्छ । 

विश्वमा महिला राजनीतिक सहभागिताको क्षेत्रमा विगतमा हासिल गरिएको उपलब्धि गुम्दै गएको उल्लेख भएको परिप्रेक्षमा नेपालले महिला अधिकार, लैङ्गिक समानतालगायत मानवअधिकारका क्षेत्रमा गरेको उल्लेख्य उपलब्धि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त भएबाट मुलुकका बारेमा सकारात्मक सन्देश प्रवाह भई देशको छवि बढाउन भ्रमणबाट टेवा पुगेको नकार्न सकिँदैन । 

लैङ्गिक समानता तथा न्यायका लागि आफूले गरेका राजनीतिक संघर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा आफूले भोगेका सामाजिक, राजनीतिक तथा व्यावहारिक चुनौतीको बारेमा स्पष्ट पार्नु, लैङ्गिक विभेद अप्राकृतिक भए पनि अपरिवर्तनीय नभएको अभिव्यक्ति दिएर समानता र लैङ्गिक विभेदको अन्त्यका लागि नेपालको दृढ प्रतिबद्धता प्रस्तुत हुनुले नेपालको गरिमा बढाएको छ । 

लैङ्गिक समानताका लागि नेपालले गरेका प्रयास र त्यसबाट प्राप्त उपलब्धिका बारेमा प्रष्ट पार्नु तथा नेपालले सामना गर्नुपरेका चुनौतीका सन्दर्भमा महिला समानता तथा प्रतिनिधित्व बढाउन राजनीतिक संरचनागत परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्ने धारणा व्यक्त गर्नुले नारी सशक्तीकरणको यात्रामा नेपाल इमानदारीका साथ अग्रसर भएको सन्देश अन्तर्रा्ष्ट्रियस्तमा प्रवाह भएको छ । संवैधानिक, नीतिगत र कानूनी संरचनाको कारण छोटो समयमै महिला सहभागिता बढाउन सकिने नेपालको अनुभवले विश्वका अन्य देशका महिला नेत्रीलाई नेपाल उदाहरण बनेको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेट, नेपालले शान्तिसेनामार्फत विश्वशान्ति र स्थायित्वमा गरेको योगदान, दिगो विकास र विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघले हालै गरेका सुधारका काम तथा त्यसका प्राथमिकतामा छलफल, राष्ट्रसंघको सुधार, उच्च तहमा महिलाको समान सहभागिताको सुनिश्चितता जलवायु परिवर्तनका असर घटाउने तथा अनुकूलनका लागि अल्पविकसित राष्ट्रबाट अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धिमा नेपालको अभिमत राष्ट्रपतिबाट प्रस्तुत हुनु नेपालका निम्ति गौरवको विषय हो । – शरच्चन्द्र भण्डारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x