×

NMB BANK
NIC ASIA

दुहवीमा रोजगार मेला : २ हजारले जागिर पाउने

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– सुनसरीको दुहवीस्थित सरस्वती माध्यामिक विद्यालयमा वृति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा संचालित इन्स्योर परियोजना अन्तरगत दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त आयोजना तथा मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश नं. १ को सहयोगमा रोजगार मेला आयोजना हुन लागेको हो । 

Muktinath Bank

चैत ५ गते मंगलवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख जनालाई रोजगारी उपलब्ध गराउने नारालाई सहयोग पुर्‍‍याउने उद्देश्यले यस क्षेत्रका जनशक्तिलाई स्थानिय उद्योग/व्यवसाय, बैकिङ्ग, पर्यटन, होटल लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन सहयोग पुग्ने आयोजकको दाबी छ । दुहवी, सुनसरीमा पहिलो पटक हुने वृति परामर्श तथा रोजगार मेलाको उद्घाटन मुख्यमन्त्री शेरधन राईले गर्ने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोजगार मेलाले रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा राखी आफनो आवश्यकता अनुसारको मानव शंसाधन खोज्न र रोज्न सहयोग पु¥याउने आयोजक उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए । वृति परामर्श तथा रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा सूचना प्रदान गर्ने, सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिम बारे जानकारी, रोजगार सम्बन्धी सूचना तथा रोजगार दातासंग प्रत्यक्ष सम्पर्क, निःशुल्क कार्यस्थलमा आधारित सीपमूलक तालीम सम्बन्धी जानकारी दिइने जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै मेलामा स्थानीय उत्पादन प्रदर्शनी र रोजगारको अवसर प्राप्त गर्न सकिने जानकारी दिइएको छ । एकातर्फ दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु र अर्कातर्फ उद्योग व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेकोले रोजगार मेलाबाट रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुने आशा गरिएको घिमिरेले बताए । रोजगारीकै खोजीमा युवाशक्तिलाई विदेशीनु पर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मेलाले मदत पुग्नुका साथै कामको खोजीमा रहेका करिव २ हजार जनशक्तिले मेलामा प्रत्यक्ष सहभागीता जनाएर रोजगारी प्राप्त गर्ने आयोजक दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले बताए ।

Vianet communication
Laxmi Bank

आयोजक उद्योग संगठन मोरङ, दुहवी नगरपालिका र बुढीगंगा गाउँपालिकाले विराटनगरमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी मेला आयोजनाको बारेमा जानकारी दिएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x