×

NMB BANK
NIC ASIA

राजधानीको मुटुमा ‘झाँक्री संघ’ : जिल्ला प्रशासनमा दर्ता, २ सयभन्दा बढी सदस्य !

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – २१औं शताब्दी, त्यसमाथि पनि देशकै राजधानीमा समेत धामीझाँक्रीकोमा उपचारका लागि घुँइचो लाग्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । 

Muktinath Bank

अझ अचम्म त त्यतिबेला लाग्ला जतिबेला तपाईंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नै गराएर धामीझाँक्रीले झारफुक गरिरहेका छन्, भन्ने थाहा पाउनुहुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ढ्याङ ढ्याङ (ढ्याङ्ग्रोको आवाज) ... हात गोडा झम्झमाउने रहेछ बाबु । ढ्याङ ढ्याङ ... खान मन नलाग्ने रहेछ बाबु । आइतवार बिहान ११ बजेको समयमा बालाजु र नयाँ बजार जोड्ने पुलको छेवैमा रहेको एक घरको दोस्रो तलामा पुग्दा देखिएको दृष्य हो यो । एक झाँक्री ढ्याङ्ग्रो ठटाउँदै भट्ट्याइरहेका थिए ।


Advertisment
Nabil box
Kumari

पुलसँगै एउटा शिव मन्दिर छ । मन्दिरको माथिल्लो तलामा ‘नेपाल झाँक्री संघ उपचार केन्द्र’, ‘नेपालभरी रहेका वोनधामी झाँक्री एकता अभियान’ लेखिएको बोर्ड झुण्ड्याइएको छ ।

Vianet communication
Laxmi Bank

कुराकानीका क्रममा थाहा भयो चेतबहादुर थिङ्ग उक्त संघका अध्यक्ष रहेछन् । झाँक्री संघ भनेर जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गराएको बताउने उनले २ सयभन्दा झाँक्रीलाई सदस्यता दिइसकेका रहेछन् ।

युवा अवस्थामा नै रहेका झाँक्री थिङ्ग आफूले यो पेशा शुरू गरेको झण्डै १५ वर्ष भएको बताउँछन् ।

झण्डै २ सयको संख्यामा रहेका आफ्ना चेला काठमाडौं उपत्यकामा छरिएर रहेको बताउँदै उनले देशैभरी सञ्जाल विस्तार गर्ने योजना सुनाए ।

‘देशैभरीका झाँक्रीहरूलाई गोलबद्ध गरेर आफ्नो हकहितका लागि लड्ने लक्ष्य छ । हाम्रो संस्कृति लोप हुँदै गइराखेको अवस्थामा यसलाई संरक्षण गर्ने पनि उद्देश्य हो,’ उनले भने ।

झाँक्रीका नाममा कुटपिट गर्ने, संवेदनशील अंगहरूमा छुने (दुर्व्यवहार गर्ने), धेरै पैसा असुल्ने झाँक्रीहरूलाई निरुत्साहित गर्दै कानूनको दायरामा ल्याएर आफूहरूको पेशाप्रति जनविश्वास घट्न नदिने लक्ष्य पनि झाँक्री संघले लिएको थिङ्ग बताउँछन् ।

बिरामीको लाइन !

थिङ्गको उपचार केन्द्रमा आइतवार लोकान्तरकर्मी पुग्दा झण्डै १०/१२ जना मानिसहरू लामबद्ध भाई हातमा फलफूल र पूजाका सामान लिएर पालो कुरिरहेका थिए । लाइन बस्नेमा धेरैजसो महिला थिए ।

झाँक्री बस्ने ठाउँमा ढ्याङ्ग्रो, रुद्राक्षका मालाहरू र फलफूल समेत थिए । एकजना झाँक्री त्यहाँ बसेर उपचार गरिरहेका थिए ।

त्यहाँ ७ दिनसम्म झारफुक गराउँदा २५ सय रुपैयाँ दिनुपर्ने रहेछ । झारफुकमा लाग्ने सामान आफैँ ल्याउनुपर्ने व्यवस्था रहेको झाँक्री संघका सचिव गणेश श्रेष्ठले बताए ।

‘हामीले जथाभावी रकम असुल्नेहरूलाई व्यवस्थित गर्नका लागि यहाँ रसिद सिस्टम बनाएका हौं । दैनिक ज्यालाको हिसाब गरेर रेट राखेका छौं । दीनदुःखी र पैसा तिर्न नसक्ने गरीबसँग भने हामी पैसा लिँदैनौं,’ सचिव श्रेष्ठले लोकान्तरसँग भने ।

लाइनमै रहेका एकजनासँग जिज्ञासा राख्दा उनले आफ्नो नाम बताउन चाहेनन् । डिप्रेसनको समस्याका कारण विभिन्न अस्पताल धाएका उनी छिमेकीको सुझावमा त्यहाँ आएका रहेछन् ।

सँगै अर्की महिला थिइन् । कान्छी तामाङ नाम गरेकी ती महिलाको घर मकवानपुरको टिस्टुङ पालुङ रहेछ । बालाजु औद्योगिक क्षेत्रमा काम गर्दै आएकी तामाङ हातगोडा दुख्ने, मासुहरू दुख्ने समस्या लिएर आएकी रहिछन् ।

शुरूमा चिकित्सकको सल्लाहमा युरिक एसिडको औषधि खाएको भन्दै उनले निको नभएपछि मात्र त्यहाँ आएको बताइन् ।

झाँक्रीबाट उपचार गराउन शुरूमा रसिद काटेर २५ सय रुपैयाँ र सामान किन्न १ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

आफूहरूले बिरामीको अवस्था हेरेर आफ्नो बिरामी हो कि अस्पताल जानुपर्ने बिरामी हो भन्ने पहिचान गरेपछि मात्र झारफुक गर्ने गरेको त्यहीँ भेटिएकी महिला झाँक्री सुभद्रा पाख्रिन बताउँछिन् ।

‘सबैभन्दा पहिला त हाम्रो बिरामी हो कि होइन छुट्ट्याउँछौं, अनि मात्र बिरामीको उपचार गर्छौं,’ उनले भनिन्, ‘टिबीको बिरामीलाई हामीले उपचार गर्न सक्छौं भनेर राख्न त मिलेन नि ? पक्कै पनि डाक्टरकोमा पठाउनुपर्‍यो ।’

झारफुक गर्नुपर्ने खालको बिरामी नभए अस्पताल जान सुझाव दिने गरेको उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x