कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौं- राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई वार्तामा ल्याई समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको सोमवारको विशेष समयमा सांसद अधिकारीले सरकारले स्पष्ट भएर प्रतिपक्षलाई विश्वासमा लिएर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका हुन् । मुलुक दशवर्षको जनयुद्धले थलिएको अवस्थामा शान्ति सम्झौताको १२ बुँदे सहमतिमा नेत्रविक्रम चन्दको पनि संलग्नता भएको हुँदा सो सम्झौताको पालना चन्दले पनि गर्नुपर्ने उनको भनाइ थियो ।
सांसद अधिकारीले द्वन्द्वका कारण नेपाली जनताले फेरि दुःख पाउने उल्लेख गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्नका लागि राजनीतिक रुपमै समाधान खोज्नुपर्नेमा जोड दिए ।
सांसद चक्रप्रसाद स्नेहीले सरकारले सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठन गरेको वार्ता टोलीले चन्दको समूहलाई कति पटक वार्तामा बोलायो भन्नेबारेमा सदनलाई जानकारी गराई वार्ताको माध्यमबाट समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद खेमराज नेपाली र हरिचरण शिवाकोटीले स्वतन्त्र मधेश गठबन्धनलाई मूलधारमा ल्याउनु सरकारको महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै चन्द नेतृत्वको पार्टीलाई पनि मूल धारणा ल्याउन सुझाव दिए ।
सांसद दिलकुमारी रावलले गर्मीको मौसम शुरू हुनेबित्तिकै देशका विभिन्न स्थानमा आगलागीका कारण ठूलो जनधनको क्षति भएको हुँदा राहत दिन र आगलागी नियन्त्रणका लागि प्रत्येक नगरपालिकामा दमकलको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद वृषेशचन्द्र लालले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको आयोगको प्रतिवेदन शीघ्र सार्वजनिक गर्न माग गरे ।
सांसद कोमल वलीले राप्ती प्रादेशिक अस्पतालमा दैनिक ३००-४०० बिरामीको चाप हुँदा पनि तीन-चार जना मात्र चिकित्सकले काम गर्दा छिटो सेवा नपाएको प्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारलाई दरबन्दी दिने तर चिकित्सक नदिने विषयमा ध्यान दिन आग्रह गर्दै अस्पतालको भवन पनि जीर्ण भएको हुँदा मर्मतका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
सांसद रमेशजङ्ग रायमाझीले केही शिक्षकले दोहोरो सुविधा लिएर अनियमितता गरेको हुँदा राज्यको दोहन गर्ने कार्य रोक्नका लागि सरकारको ध्यानाकर्षण गराए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...