×

NMB BANK
NIC ASIA

नयाँ शक्तिको सचिवालय बैठकको ९ निर्णयमा के-के छन् ?

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । 

Muktinath Bank

मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न सोमवार आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र मानवीय स्वतन्त्रताको चाहना विपरीत भएको ठहर गर्दै नयाँ शक्तिले सरकार र चन्दलाई युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अवलम्बन गर्दै आफूहरूलाई रूपान्तरण गर्न आग्रहसमेत गरेको छ । 


Advertisment
Nabil box
Kumari

आफ्नो पार्टी आमाको नामबाट सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको उल्लेख गर्दै संयोजक भट्टराईले अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अङ्गीकृत नागरिकतालगायत विषयमा महिला र पुरुषको समान अधिकार रहेको बताए ।  

Vianet communication
Laxmi Bank

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्यले सरकारले आयोजना गरेको लगानी सम्मेलनको स्वागत गर्दै उनले लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकारलाई सुझाव दिए । ऐन कानूनको तर्जुमा, प्रक्रियागत सरलता, लगानी सुरक्षा तथा प्रत्याभूतिका लागि बिप्पा सम्झौता वैदेशिक लगानीको अनिवार्य शर्त भएको उल्लेख गर्दै संयोजक डा. भट्टराईले यसै महिना हुने लगानी सम्मेलनलाई विगतको झैं औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए । 

२०७५ चैत २ गते शनिवार नयाँ शक्ति पार्टी, नेपाल संघीय सचिवालयको बैठकले गरेका निर्णयहरू 
 

१. फाल्गुुण ३ गते नेकपाको वर्तमान सरकारले १ वर्ष पूरा गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो जननिर्वाचित झण्डै दुईतिहाइको सरकारसँग प्रचुर सम्भावना र जनअपेक्षा थियो । तर भिजन, इच्छाशक्ति, संकल्प, व्यवस्थापकीय क्षमता र कार्यशैलीका दृष्टिकोणले सरकार पुरानै नियत र नियतिको सामान्य निरन्तरता मात्र बन्न पुग्यो । सरकारको कामकार्वाहीमा कुनै कोणबाट पनि प्रष्टता, प्रभावकारिता र सदाचारिता देखिएन । अर्थतन्त्रका कुनै पनि सूचकले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई सम्पुष्टि गर्न सकेको छैन । बजेट कार्यान्यवनको अर्धबार्षिक समीक्षा निराशाजनक छ । एनसेल, बुढीगण्डकी प्रकरण, वाइडबडी जहाज खरिद, ३३ किलो सुन, कालो धनसँगको संश्रयजस्ता ठूला आर्थिक अनियमितता र भ्रष्टाचारमा सरकारको संलग्नता प्रष्ट छ । निर्मला पन्तको अपराधीलाई सरकारले पक्रन र दण्ड दिन सकेन । नयाँ शक्ति पार्टी, नेपाल ओली नेतृत्वको वर्तमान नेकपा सरकारको पहिलो १ वर्षको कार्यकाल पूर्णतः असफल भएको निष्कर्षमा पुगेको छ । 

२. फाल्गुण २४ गते भएको वर्तमान सरकार र कथित स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतबीचको हठात, हचुवा र द्विअर्थी सम्झौताले देशको अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर आशंका उत्पन्न भएको छ । राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएका हुन् भने त्यो निश्चय नै स्वागतयोग्य कुरा हो । तर, सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो देखिएको छैन । न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग हठात भएको सम्झौताले सरकारले न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको र सेटिङ्ग राज्यको विकृत अभ्यासतिर उद्यत भएको पुष्टि हुन्छ । यो घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र मर्यादामा गम्भीर क्षति पुर्‍याएको छ । प्रधानमन्त्री आफैले विखण्डनजस्तो संगीन मुद्दामा जोडिएको व्यक्तिलाई राष्ट्रका लागि निक्कै ठूलो योगदान गरेको ‘हिरो’ जस्तो अतिरञ्जित प्रस्तुति गर्नु किमार्थ स्वाभाविक र शोभनीय थिएन । यो घटनाले तथाकथित राष्ट्रवादी सरकार आफ्ना निहित राजनीतिक अभिष्ट पूर्तिका लागि जस्तोसुकै अमर्यादित र अशोभनीय नाटक मञ्चन गर्न तयार छ भन्ने पुष्टि हुन्छ । हाम्रो पार्टी यस्तो प्रवृत्तिप्रति पूर्णतः असहमत छ । 
 

३. वर्तमान सरकारले एकातिर विखण्डनकारी तत्वलाई अतिरञ्जित तवरले गौरवीकरण गर्न खोजेको छ भने अर्कोतर्फ देशको अखण्डता र सार्वभौमसत्ताको तहत प्रदेश सीमांकनबारे फरक मत राख्ने टिकापुर घटनाका विद्रोहीहरुलाई हदैसम्मको दण्ड गर्ने निर्णय दुर्भाग्यपूर्ण छ । टिकापुर घटनामा केही शिशु र सुरक्षाकर्मीहरूको ज्यान जानु अत्यन्त दुःखद कुरा हुँदाहुँदै पनि यो मूलतः प्रदेश रचनाको मोडेलमा विमति राख्ने उत्पीडित थारु समुदायको राजनीतिक विद्रोह थियो । रेशम चौधरी सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुले त्यो विद्रोह जनअनुमोदित भएको पुष्टि हुन्छ । विगत दशकमा देशमा अनेक राजनीतिक विद्रोह, हिंसा र क्रान्तिहरू भए । अरु घटनालाई राजनीतिक विद्रोहका रुपमा हेरिनु तर टिकापुर विद्रोहलाई मात्र शुद्ध अपराधिक घटनाका रूपमा व्यवहार गर्नु बिल्कुलै असंगत र अन्यायपूर्ण हो । अतः टिकापुर विद्रोहलाई राजनीतिक रूपले नै सम्बोधन गरिनु पर्दछ र माननीय रेशम चौधरीलगायत सबै अबिलम्ब रिहा हुनुपर्दछ । 
 

४. सत्तारुढ नेकपा सरकारले गरेको नेत्रविक्रम चन्द नेतृत्वको विद्रोही नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णय हो । एकातिर सत्तारुढ नेकपा राज्यको शक्ति र स्रोतलाई पार्टीगत स्वार्थमा दोहन गर्दै नग्न संसदीय दक्षिणपन्थतिर उदत्त हुनु, अर्कोतिर विद्रोही नेकपा क्रान्तिबारे रोमाञ्चक जडधारणा र उग्रवामपन्थी ध्वंसात्मक चिन्तनबाट ग्रसित हुनु शान्ति, प्रगति, सुशासन, विकास, समृद्धि र उदात्त मानवीय स्वतन्त्रताको चाहना विपरीत हो । राज्य आफैंले लुटतन्त्रलाई संस्थागत गरिरहेको अवस्थामा विद्रोही शक्तिलाई ‘लुटेरा’ चित्रण गर्ने नैतिक तथा राजनीतिक अधिकार कमजोर हुन्छ । यतिखेर ध्वंसात्मक क्रियाकलाप नियमन सामान्य कानूनी प्रक्रियाद्वारा असम्भव भइसकेको थिएन । साथै उग्रवामपन्थ दीर्घकालीन वैचारिक संघर्षको विषय पनि हो । सत्तारुढ र विद्रोही नेकपाका दुवै गुटले आफ्ना पुराना सोच परित्याग गरी युगीन चेतनामा आधारित सही क्रान्तिकारी विचार र कार्यदिशा अबलम्बन गर्दै आफूलाई जनमुखी शक्तिका रुपमा रुपान्तरण गर्न हाम्रो पार्टी अपिल गर्दछ । अन्यथा दुवैलाई समयले धेरै पछाडि छोड्ने निश्चित छ । 
 

५. संघीय संसदमा छलफलमा रहेको नागरिकता विधयकबारे नयाँ शक्ति पार्टी, नेपाल आमाको नाममा सन्तानले निःशर्त नागरिकता पाउने प्रावधानको पक्षमा रहेको प्रष्ट पार्न चाहन्छ । नयाँ शक्ति पार्टी, नेपाल महिलामाथि हुने सबै प्रकारको विभेद र असमानताको अन्त्य चाहन्छ । अंश, वंश, वैवाहिक सम्बन्ध, पारपाचुके, वैदेशिक वैवाहिक जीवन र अंगिकृत नागरिकता आदि सबै प्रश्नमा महिला र पुरुषको कानुनी अधिकार समान हुनुपर्दछ । तथाकथित राष्ट्रवादी सोचको आवरणमा परम्परागत पितृसत्तात्मक रुढीवादी चिन्तनलाई निरन्तरता दिने प्रयास दुःखद र निन्दनीय छ । यो विषयलाई सम्बोधन गर्न संविधानको धारा ११ (५) र (७) संशोधन गरी तदनुरुप ऐन, कानून र नियम बनाउन आवश्यक छ । साथै लैङ्गिक तथा यौनिक अल्पसंख्यक नागरिकको आत्मसम्मानमा ठेस पुग्ने गरी व्यवस्था गर्न लागिएको लिङ्ग परिर्वतनको प्रमाण पेश गर्नु पर्ने प्रस्तावित नागरिकता विधेयकको प्रावधान खारेज हुनु पर्दछ । 
 

६. नागरिकता विधेयककै सन्दर्भमा गैरआवासीय नेपाली र भूतपूर्व ब्रिटिस गोर्खाको सवाललाई फरक गरेर बुझ्न हाम्रो पार्टी सबैलाई आग्रह गर्दछ । ब्रिटिस गोर्खाहरु नेपाल–भारत–बेलायत त्रिदेशीय सम्झौताअनुरूप बेलायतको सैनिक सेवामा सामेल भएका हुन । उनीहरूले प्राप्त गर्ने वेलायती नागरिकता त्यहाँको सरकारले प्रदान गरेको हो, ब्रिटिस गोर्खाले नेपाली नागरिकता परित्याग गरेका हैनन । त्यसकारणले मात्र उनीहरूको नेपालसँगको सम्बन्ध, नेपाली नागरिक हुनुको अधिकार र कर्तव्य समाप्त हुन सक्दैन । यसर्थ संविधानको धारा १४ संशोधन गरी भूपू व्रिटिस गोर्खाहरुको राजनीतिक अधिकारसहितको नेपाली नागरिकता कायम राख्नु पर्दछ ।
 

७.‍ वर्तमान सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागजस्ता विभागलाई प्रधानमन्त्रीको कार्यालय मातहत राखी शक्तिको अनावश्यक केन्द्रीकरण गर्ने गलत सोच र अभिष्ट राखेको त देखिएकै थियो । हालै, राष्ट्रिय सुरक्षा परिषदको अधिकारलाई कुन्ठित गरी प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने, ठूला परियोजना बिना प्रतिस्पर्धा प्रधानमन्त्रीले सिधै सम्झौता गर्न सक्ने जस्ता प्रावधान राखेर विधेयक मस्यौदा भइरहेको पाइएको छ । यस्तो सुविधा संविधानले कल्पना गरेको संसदीय शासकीय स्वरुपको प्रधानमन्त्रीलाई प्राप्त हुन सक्दैन । यदि त्यस्तो आवश्यकता पर्न गएको हो भने शासकीय स्वरूप परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्न तयार हुनुपर्दछ । अन्यथा यस्तो कार्य प्रधानमन्त्रीको व्यक्तिगत महत्वाकांक्षा, स्वेच्छाचारीता र अधिनायकवादउन्मुख सोचको परिचायक मात्र हो । नयाँ शक्ति पार्टी, नेपाल यस्तो प्रवृत्तिको तीव्र विरोध गर्दछ ।
 

८. निकट भविष्यमा हुने लगानी सम्मेलनको हाम्रो पार्टी हार्दिक स्वागत गर्न चाहन्छ । तर यसलाई विगतमाझैं औपचारिकतामा मात्र सीमित गरिनु हुँदैन । दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्न हामीलाई कुल गार्हस्थ उत्पादनको ४०%, वार्षिक करीब १२ खर्बको लगानी चाहिन्छ । सरकारको पूँजीगत खर्च यो वर्ष २ खर्बको आसपास पनि नहुने देखिएको छ । यो ग्याप पूरा गर्न वैदेशिक लगानी आकर्षित गर्नैपर्छ । उपयुक्त लगानीमैत्री वातावरण, सोही बमोजिमका प्रभावकारी ऐन कानूनको तर्जुमा, झञ्झटिलो र भ्रष्ट नोकरशाहीतन्त्रको पुनर्संरचना, लगानी सुरक्षा प्रत्याभूतिको लागि बिप्पा सम्झौता आदि त्यसका अनिवार्य शर्त हुन् । यस्ता गम्भीर पक्षमा ध्यान नदिई कर्मकाण्डीय ढंगले लगानी सम्मेलन गर्ने, हचुवा प्रतिबद्धता गर्ने र प्रतिबद्धताको १०% पनि लगानी नभित्रिने स्थितिको अन्त्य हुनै पर्छ । 
 

९. देश निक्कै कठिन, जटिल र विषम स्थितिबाट गुज्रिरहेको वर्तमान यथार्थलाई आत्मसात गर्दै सबै प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र अग्रगामी शक्तिहरूलाई रचनात्मक विकल्पसहित बृहत् संवाद, सहकार्य, कार्यगत एकता र ध्रुवीकरणको प्रक्रियामा सामेल हुन हामी हार्दिक अपिल गर्दछौं । साथै, पुरानो पुँजीवादी वा साम्यवादी, कांग्रेस वा कम्युनिष्ट ब्राण्डका शक्तिहरुको विकल्पमा नयाँ अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने महाअभियानमा दृढतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x