×

NMB BANK
NIC ASIA

राणा र लोहनीले भने–अब राप्रपा संयुक्त विभाजित हुँदैन

चैत ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत । राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी कहिल्यै विभाजित नहुने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै राणाले भने, ‘लोहनीजी र मेरो सहकार्य पचास वर्षभन्दा लामो छ । हामीले धेरै ठूला बाधा अड्चन पार गरेका छौं, धेरै उपलब्धि हासिल गरेका छौं । त्यसकारण राप्रपा (संयुक्त) फुट्छ कि भनेर किंचित पनि शंका लिनु पर्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राणाको भनाईमा सहमति जनाउदै पार्टीका अर्का अध्यक्ष लोहनीले भने, ‘हामीले हिजो गल्ती गर्यौं होला तर अब फुट्दैनौं । हामी एउटा मिसनमा छौं, त्यो पूरा गरेरै छाड्छौं । वैदिक सनातन हिन्दू राष्ट्रको पहिचान र हिमाल, पहाड, तराई सबैलाई स्वीकार्य हुने संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र स्थापना गर्न आवश्यक परे आन्दोलन गर्छौं ।’


Advertisment
Nabil box
Kumari

वर्तमान प्रणालीमा राष्ट्र प्रमुखको भूमिका निष्पक्ष नभएको, दलगत आग्रहबाट प्रभावित भएको भन्दै अध्यक्ष राणाले भने, ‘नेपाल निर्माणमा शाह वंशको ऐतिहासिक योगदान कदर गर्दै, कुनै पनि दलको सदस्य नभएको, प्रजातन्त्रप्रति समर्पित निष्पक्ष राष्ट्र प्रमुखको रुपमा राजसंस्थाको स्थापनाको लागि हामी बहसको थालनी गरेका हौं ।’

Vianet communication
Laxmi Bank

९४ प्रतिशत ओमकार परिवारका जनता भएको देशमा धर्म निरपेक्षको व्यवस्था अन्यायपूर्ण भएको भन्दै राणाले सनातन हिन्दु राष्ट्रको पहिचान आवश्यक रहेको बताए । 

दुइतिहाईको सरकार भ्रष्टाचारमा लिप्त छ भन्दै राणाले वाइड बडी प्रकरणमा सरकारले सर्वदलीय सहमति कायम गरेको बताए । 

यस्तै लोहनीले राप्रपा (संयुक्त) ले माक्र्स, एन्गेल्स माउत्सेतुङ नभएर पृथ्वीनारायण शाहलाई सम्मान गर्छ भन्ने प्रष्ट पारे । ‘हामी नेपाली माटोमा जन्मेको पार्टी, विदेशीको इशारामा हिड्दैनौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x