×

NMB BANK
NIC ASIA

राप्रपा संयुक्तले भन्यो- सरकारको धम्कीबाट हामी तर्सिँदैनौं, बन्दुक बोक्दैनौं

चैत ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफूहरू सरकारबाट नतर्सिने र बन्दुक पनि नउठाउने बताएको छ ।

Muktinath Bank

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राप्रपा संयुक्तकाका अध्यक्ष पशुपति शमशेर राणाले केही दिनअघि आफूहरूलाई प्रधानमन्त्री केपि शर्मा ओलीले विप्लव समूहकै लहरमा राखेको अभिव्यक्ति दिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीले एक कार्यक्रममा पुराना मुद्दा उठाउने र बन्दुक उठाउने एकै हुन् भन्ने अभिव्यक्ति दिए,' अध्यक्ष राणाले भने, ‘उहाँको त्यो अभिव्यक्ति खेदजनक छ । हामी संविधानले दिएको अधिकार अनुरूप नै अघि बढछौं र हाम्रा मागहरू सडकमा लिएर जान्छौं । हामी सरकारबाट तर्सिँदैनौं र बन्दुक पनि बोक्दैनौं ।’ 


Advertisment
Nabil box
Kumari

उनले आफूहरूले संघीयताको विरोध नगरेको बताए । ‘हामीले संघीयताको विरोध गरेका होइनौ,’ उनले भने, ‘दलीय राष्ट्रपति त्यो पनि गुटको हुने प्रचलनको अन्त्य गर्न तथा स्वतन्त्र संस्था बनाई सार्वभौमसत्ता र शासन जनताले नै गर्ने खाले पुरानो राजसंस्थालाई स्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । यसले देशलाई स्थायित्व दिने हाम्रो अपेक्षा हो ।’ 

Vianet communication
Laxmi Bank

अर्का नेता डा. प्रकाशचन्द्र लोहनीले सीके राउतले नयाँ दल दर्ता गर्ने र विखण्डनवादी विचार त्याग्ने निर्णय गर्नु सवागतयोग्य भएको बताए । विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा सत्तापक्षले पहिले आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने बताउँदै नेता लोहनीले संविधानको मर्म र भावना अनुसार शान्तिपूर्ण रूपमा आन्दोलन गर्नु पर्नेमा जोड दिए । उनले विप्लव समूहतर्फ इंगित गर्दै बन्दुक समाउने र फेरिपनि देशलाई द्वन्द्वमा फसाउने काम भने राम्रो नभएको बताए ।

‘सरकारले कर बढायो, भ्रष्टाचार बढायो, महंगी बढायो,’ उनले भने, ‘जनताका आशमाथि तुषारापात भएको छ । अब हामी सडकबाटै भएपनि सरकारको भ्रष्ट चरित्रको विरोध गर्छौं ।’ उनले हलो चिन्हमा सहमति भए कमल थापा नेतृत्वको राप्रपासँग एकता हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x