×

NMB BANK
NIC ASIA

कांग्रेसले गर्यो अनुशासन र निर्वाचन समिति गठन, विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह

चैत ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ -नेपाली कांग्रेसले अपुरो रहेको अनुशासन समितिलाई पूर्णता दिएको छ । मंगलवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस अघि अपूर्ण रहेको अनुशासन समितिमा थप दुई सदस्य थपेर पूर्णता दिएको हो । 

Muktinath Bank

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार भीष्मराज आङ्दम्वेको संयोजकत्वमा गठित 'केन्द्रीय अनुशासन समिति’को बाँकी रहेको दुई सदस्यहरुमा प्रस्तावित उमाकान्त चौधरी र  धनराज गुरुङलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार अबेरसम्म बसेको बैठकले आङदम्बेको संयोजकत्वमा देवेन्द्र राज कंडेल र किशोर राठोर सदस्य रहने गरी अनुशासन समितिको गठन गरेको थियो । त्यसलाई मंगलवार साँझ बसेको बैठकले पूर्णता दिएको हो ।


Advertisment
Nabil box
Kumari

बैठकले यस अघिको केन्द्रीय अनुशासन समितिको संयोजकत्व रमेश रिजालले गरेका थिए ।

Vianet communication
Laxmi Bank

त्यस्तै आज बसेको बैठकले पाँच सदस्यीय 'पार्टी नियमावली मस्यौदा समिति'को पनि गठन गरेको छ । मस्यौदा समितिको संयोजकत्व रमेश लेखकले गर्नेछन् भने मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्यका रूपमा रहनेछन् ।

आजै बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन समिति पनि गठन गरेको छ । राधेश्याम अधिकारीको संयोजकत्वमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सिताराम केसी र एकराज पोखरेल सम्मिलित केन्द्रीय निर्वाचन समितिको गठन गरिएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले बताए ।

बैठकले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टी नेकपालाई हत्या, हिंसा र चन्दा आतङ्कको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको एक केन्द्रीय सदस्यले बताए । 'निषेधको मार्गबाट होइन वार्ताको माध्यमबाट सो समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न बैठकले सरकार समक्ष आग्रह गरेको छ,' उनले भने, 'दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही दुवै नेकपालाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेत गराएको छ ।' 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x