×

NMB BANK
NIC ASIA

विप्लवका कार्यकर्ता खोज्दै सेना गाउँ–गाउँमा, अब उपनामबाट पनि नागरिकता

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।

Muktinath Bank

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ । नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो । गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ ।’ सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रित भएपछि गाउँले त्रसित भएका छन् । २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन् । 


Advertisment
Nabil box
Kumari

जिल्लाका सुरक्षा निकायले नेकपाका महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको हो । नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती शुरु गरिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए । उनले भने, ‘एसईई दिने विद्यार्थीलाई रातो टिसर्ट लगाएर माल्कोटको जंगलमा लाठी बोकाएर कुुदाइरहेका छन् भन्ने खबर पाएका छौं । तिनीहरुलाई घर फर्काउन व्यापक रुपमा प्रहरी परिचालन गरेका छौं ।’ 

Vianet communication
Laxmi Bank

कालिकोटमा नेकपाका नेताहरुले गाउँगाउँबाट एसईई दिने विद्यार्थीलाई पार्टीको अभियान भन्दै लिने गरेका छन् । डिएसपी शर्माले थपे, ‘हामी हरेक गाउँमा गएर अभिभावकलाई पनि सम्झाउँछौं। पलाँतामा विप्लवको कार्यक्रम छ भन्ने खबर छ । कुनै पनि स्थानीय तहमा विप्लवलाई कार्यक्रम गर्न दिँदैनौं ।’, अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेसको निर्वाचन समिति गठन 
नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो ।

निर्वाचनको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल रहेकाछन् । बैठकले नियमावली मस्यौदा समिति गठनसमेत गरेको छ । विधान अनुसार पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहेका छन् । बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत पूर्णता दिएको छ । पार्टीको विधान अनुसार सोमबार भीष्मराज आङ्देम्बेको संयोजकत्वमा गठित समितिमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल छन् । 

तीन नाकामा बर्डफ्लू चेक प्वाइन्ट
राजधानी काठमाडौँलगायत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लू संक्रमण देखिएपछि भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीनवटा नाकामा ‘चेक प्वाइन्ट’ राख्ने निर्णय गरेको छ । काभ्रेपलाञ्चोक जिल्लामा बर्डफ्लुजन्य संक्रमण भित्रिन नदिन मंगलटार, साँगा र नाला नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरिएको केन्द्रप्रमुख डा.मोगलप्रसाद शाहले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहका पशुसेवा शाखा प्रमुखको नेतृत्वमा चेक प्वाइन्ट सञ्चालन हुनेछ । केन्द्रप्रमुख डा.शाहले भने, “प्रहरी कार्यालयसँगै चेक प्वाइन्ट राखिनेछ, पक्षी स्वस्थ भएको प्रमाणपत्र नभए नाकाबाट भित्रिन दिइने छैन ।”     केन्द्रले पूर्वी तराइदेखि सिन्धुलीहुँदै विपी राजमार्गबाट राजाधानी भित्रिने काभ्रेपलाञ्चोकको मंगलटार नाका, काठमाडौबाट जिल्ला भित्रिने साँगा नाका र भक्तपुरतर्फबाट भित्रिने नाला नाकामा चेक प्वाइन्ट राखिने बताइएको छ । 

उपनाम राखेर पनि नागरिकता लिन सक्ने 
कुनै व्यक्तिले चाहेमा उपनाम राखेर पनि नागरिकता लिन पाउने भएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सम्बन्धित समुदायको थर वा अरु कुनै उपनाम राखी नागरिकता लिन पाउने विषयमा सहमति जुटाएको हो । 

थर वा जात नजनाइकन उपनाम राखेर पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जुटाएको सभापति शशि श्रेष्ठले जानकारी दिइन् । यस्तै महिला, पुरुष जस्तै अन्य जनाएर पनि तेस्रो लिङ्गीले पनि नागरिकता लिन पाउने विषयमा बैठकले सहमति जनाएको छ । महिला पुरुष नलेखी अन्य लेखेर नागरिकता लिँदा भने मान्यता प्राप्त चिकित्सकले प्रमाणित गरेको भने हुनुपर्नेछ । बहादुर, प्रसाद , नाथ, देवीजस्ता बीचको नाम जनाउने विषय बढी भए वा थप गर्नुपरे त्यस्ता समस्या सच्याउन सकिने निर्णय गरेको हो । 

तत्कालिन एसपी विष्टसँग बयान लिन  शुरु
कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसँग बयान लिन शुरु भएको छ । मंगलबार जिल्ला अदालतमा उपस्थित भएका विष्टसँग बयान लिन शुरु भएको हो । निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि अदालत उपस्थित भएका विष्टलाई अदालतको आदेशपछि थुनामा राखिएको छ ।

विष्टको बयान नसकिएपछि अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश पछि विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा थुनामा राखिएको छ । उनलाई आज अदालतमा उपस्थित गराइने र बयान सकेर थुनछेक बहस हुने अदालतले जनाएको छ ।

राष्ट्रिय मर्यादाक्रम संशोधन हुँदै
राष्ट्रिय मर्यादाक्रमलाई लिएर विरोध भएपछि सरकारले संशोधनको तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मर्यादाक्रम संशोधन भइरहेको जानकारी दिएका हुन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले राष्ट्रिय मर्यादाक्रम संशोधनको चरणमा रहेको बताए । 

मर्यादाक्रमलाई लिएर लामो समयदेखि छलफल र बहस भइरहेको छ । पूर्वमन्त्रीलाई वर्तमान संघीय सांसदभन्दा माथि राखेको, उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको मर्यादाक्रम नमिलेको, प्रदेशसभाका उपसभामुखलाई मर्यादाक्रममा नै नराखेको, जिल्ला समन्वय समितिका पदाधिकारीलाई नचिनेको भन्दै सांसदहरूले सरकारले जारी गरेको मर्यादाक्रमको विरोध गरेका थिए । 

एएफसी कपलाई टोली घोषणा
मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी)कप खेल्ने २१ जना खेलाडीको सूची एएफसीमा पठाएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची सार्वजनिक गरेको हो ।

लिगको उपाधि यात्रामा समावेश अधिकांश खेलाडीको नाम समावेश गर्दै मनाङले नाम पठाएको जनाएको छ । क्लबका अनुसार २१ सदस्यीय खेलाडीमा गोलकिपरमा विशाल श्रेष्ठ, अशोक बराल र दीप कार्की, डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहमद सफी, प्रवेश कुँवर, देवेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद छन् । मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ र फरवार्डमा अजिज ओलावले, विमल राना र एडिलाजा सोमिडे छन् ।

एएफसी कपको समूह ‘डी’मा रहेको मनाङले बङ्गलादेशको अबहानी लिमिटेड र भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसीसँग ‘होम एण्ड अवे’ का आधारमा खेल्नेछ । समूह चरणको पहिलो खेलमा मनाङले बङ्गलादेशी लिग च्याम्पियन अबहानी लिमिटेडसँग यही चैत २० गते ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ । त्यसपछिका खेलतालिका भने सार्वजनिक गरिएको छैन । 

मातृभूमि कप क्रिकेट प्रतियोगिता गरिने
धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता यसै महीना हुने भएको छ । यही चैत २३ गते हुने उक्त प्रतियोगितामा राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सम्मलित नेपाल ‘ए’ र नेपाल ‘बी’ टोलीबीच प्रतिस्पर्धा गराउने फाउण्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष सीताराम कट्टेल (धुर्मुुस)ले जानकारी दिए ।

चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सो कपमा कप्तान पारस खड्काको कप्तानीमा नेपाल ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टोलीले नेपाल ‘बी’ बाट खेल्नेछन् । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x