×

NMB BANK
NIC ASIA

कलाकारको होली : भुवनले प्रधानमन्त्रीसँग मनाउने, वर्षा र आँचल दर्शकको माझमा

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आज होली, अर्थात् रंगहरूको पर्व । गाउँदेखि शहरसम्म होलीको रंगमा रंगिसकेका छन् ।

Muktinath Bank

होलीले हरेक पेशा व्यवसायका मानिसलाई छोएको छ नै तर कला क्षेत्रसँग यसको सम्बन्ध अझै प्रगाढ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलाकारहरूले यस वर्षको होली कसरी मनाइरहेका छन् त ? हामीले केही कलाकारसँग कुराकानी गरेका छौं ।


Advertisment
Nabil box
Kumari

भुवन केसी, अभिनेता

Vianet communication
Laxmi Bank

होली मलाई मनपर्ने पर्व हो । त्यस्तो विशेष योजना त छैन, तर विभिन्न कार्यक्रमबाट निमन्त्रणा आएका छन् । सबैमा उपस्थित हुन भ्याउँदिन होला, किनकी अहिले हलमा हाम्रो फिल्म ‘क्याप्टेन’ लागिरहेको छ ।

आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग फिल्म हेर्ने र होली मनाउने कार्यक्रम छ । त्यसैको तयारी गर्नुपर्ने छ । दिउँसो परिवार, साथीभाइसँग होली सामान्य होली खेलेपनि साँझको कार्यक्रम विशेष रहनेछ । प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्ति, नायक अनमोल केसी लगायत साँझ ६ बजे सिटी सेन्टरमा पुगेर फिल्म हेर्ने र होलीको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम तय भएको छ । 

प्रमोद खरेल, गायक

विगतका होली विशेष रहने गरेको भएपनि यस वर्षको होलीमा म रम्न पाउने छैन । बिरामी भएका कारण म विगत एक सातादेखि बेड रेस्टमा छु । 

भाइरल ज्वरो, घाँटी दुख्ने लगायत समस्याले बाहिर निस्कन सकिरहेको छैन । आजको दिन पनि घरमै रेस्टमा रहनेछु । २२ गते पोखरामा भव्य कार्यक्रम हुँदैछ, त्यसैले पनि चाँडो निको हुनुपर्ने छ ।  

वर्षा राउत, नायिका

रंगहरूको पर्व होली मलाई निकै मनपर्छ । यस वर्षको होली आउँदै गरेको फिल्म ‘दाल भात तरकारी’ यूनिटसँग बित्नेछ । काठमाडौंका विभिन्न स्थानमा फिल्मले राखेको प्रमोशन कार्यक्रममा सहभागी भई दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नेछु । 

बद्री पंगेनी, गायक

होलीको दिन म महोत्सवको सिससिलामा कैलाली हुनेछु । सानोसानोमा अलि सभ्य तरिकाले होली खेलिन्थ्यो, आजभोलि होलीमा विकृति देख्छु । 

मैले होलीलाई त्यति धुमधामसँग कहिल्यै मनाउँदिनँ । चाहनाविपरीत पानी छ्याप्ने, लोलाले हान्ने गरेको मलाई मन पर्दैन । 

दीपिका प्रसाईं, नायिका

यस वर्षको होली काठमाडौंमै मनाउनेछु । होलीको विशेषता भनेकै रंगहरूसँग खेल्नु हो । मलाई असाध्यै मनपर्ने चाड होली हो । सानोसानोमा पिच्कारीसँग  रमाउँथें । आजभोलि रंगसँग रमाउँछु । प्रत्येक वर्ष साथीहरूसँग रमाइलो गर्दै रंग लगाएर होली मनाउँदै आएकी छु । यस वर्ष त्यस्तो विशेष योजना त छैन, तर आफन्त, साथीभाइसँग बस्ने, रंग लगाउने, रमाइलो गर्ने गरेर बिताउनेछु । 

आँचल शर्मा, नायिका

होली मलाई सानैदेखि मन पर्ने चाड हो । सानैदेखि होली खेल्थें, तर होलीमा घरबाहिर हिँडेको कलाकारितामा आएपछि मात्रै हो । यसवर्ष फिल्म ‘दाल भात तरकारी’ युनिट र दर्शकसँग होली मनाउनेछु ।

फिल्म युनिटसँग स्टेज पर्फमेन्स गर्नेछु । होलीमा सबै जना रंगीन देख्दा मलाई एकदमै रमाइलो लाग्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x