कात्तिक २८, २०८०
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं – काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा बुधवार रंगको पर्व होली धुमधामसँग मनाइँदैछ ।
सामान्य व्यक्तिदेखि चर्चित व्यक्तिले होली पर्वलाई उमंग र उल्लासमय तरिकाले मनाउँछन् । कला क्षेत्रका व्यक्तिले होली विशेष कार्यक्रममा प्रस्तुति दिँदै दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै होलीको रंग छर्दैछन् ।
तर हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई भने पछिल्ला केही वर्ष होलीको रंगले छुन सकेको छैन ।
२०७२ सालको भूकम्पपश्चात् धुर्मुस–सुन्तली जोडी मुख्य पेशा कलाकारितालाई किनारामा राख्दै सामाजिक काममा सक्रिय छ ।
भूकम्पपछि ४ वटा बस्ती निर्माण गरेर सबै नेपालीको मन जितेको जोडी होली मात्र होइन, अन्य पर्व पनि बस्तीबस्तीमै पुगेर मनाउँछन् ।
यस वर्ष उनीहरूले चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण शुरू गरेका छन् । त्यसैले यस वर्षको होलीमा पनि उनीहरू रंगमा रम्न पाउने छैनन् ।
लोकान्तरसँग होली योजनाबारे कुरा गर्दै सीताराम भन्छन्, ‘अहिलेसम्म कुनै योजना बनेको छैन । हाम्रो मनमै रंगशाला छ । त्यसैको प्राविधिक, फण्ड लगायतका काममा व्यस्त हुनेछौं ।’
सीतारामले अहिलेको होली योजनाबारे मात्र सुनाएनन् । बाल्यकालदेखि अहिलेसम्मको होली स्मरण गरे । सीतारामको होली स्मरण उनकै शब्दमा :-
मलाई होली पहिल्यैदेखि मनपर्ने चार्ड हो । म सोलुखुम्बुको नेचाबेतघारीमा जन्मेपनि बाल्यकाल झापाको गौरादहमा बिताए ।
त्यहाँ मैले ९–१० वर्षको उमेरदेखि होली खेलेको सम्झना छ । छरछिमेकी, साथीभाइसँग होली खेलिन्थ्यो । रंग लगाउने, पिचकारी हान्ने त भइहाल्यो । कराईको कालो पनि अरुलाई दलिदिने गरेको, आफूलाई पनि अरुले दलिदिएको सम्झन्छु । पछि काठमाडौं आएपछि पनि धेरै होली खेले, रमाइलो गरे ।
कलाकारितामा लागिसकेपछि पनि धेरै होली खेलें । त्यसमध्ये डेढ दशक अघिको होली म खुबै सम्झन्छु । २०६० सालतिर होला लहलहैमा लागेर छतबाट लोला हान्ने, पानी फाग्ने गर्दा धेरै गाली खाएको छु ।
त्यहीँ वर्षको होलीको दिन १ जनाले मिठाईमा भाङ मिसाएर खान दिनुभयो । मैले पनि त्यो मिठाई नै मानेर खाएँ ।
म केही समयपछि झुम्म हुन थालें । अनि हाँसेको हाँस्यै गर्न थालेछु । सेकेन्ड फ्लोरमा कोठा थियो । मलाई भाङ लागेर सिँढी चढ्न नै सकिरहेको थिइन् । चढेको जस्तो हुने नचढ्ने । बल्लबल्ल एउटा सिँढी चढ्यो हाँस्यो । अहिले पनि त्यो क्षण कताकता सम्झना आइरहन्छ । मलाई त्यहीँ सिँढी चढ्न नै ५ घण्टा बढी लागेको थियो । अनि बल्लबल्ल सिँढी चढेर कोठामा पुगें, मेरो कोठा भएकै फ्लोरमा १ जना दाइको चप्पल थियो । अनि के तालमा त्यो चप्पल बाहिर मिल्काइदिएछु ।
भोलिपल्ट त्यो चप्पल घरबाहिर खोज्दा–खोज्दा भेटिएन । धेरै गाली खाए, अनि जरिवाना पनि तिरें ।
होलीमा यस्ता रमाइला–रमाइला अनुभवहरू संगाल्ने अवसर हुन्थ्यो । त्यसपछिका १ दशक बढी होलीमा कार्यक्रममा जाने, रमाइलो गर्ने, रंग दल्ने, सद्भाव व्यक्त गर्ने गरें ।
तर केही वर्षयता होलीमा खुलेर रमाइलो मौका मिलेको छैन । २०७२ सालको भूकम्पयता कुञ्जना अर्थात् सुन्तली र म सामाजिक क्षेत्रमा सक्रिय भएपछि होली मात्र होइन, अन्य पर्वहरू पनि राम्रोसँग मनाएका छैनौं ।
विगत ४ वर्षदेखि होली बस्ती–बस्तीमा पुगेर मनाउँदै आएका छौं । यस वर्ष चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य शुरू गरेका छौं । त्यसैले अहिले होली कार्यक्रममा हिँड्ने, खुलेर होली मनाउनेभन्दा रंगशालामै ध्यान केन्द्रित छ । अहिले हाम्रो मनमै रंगशाला छ । रंगशालाको प्राविधिक काम, फण्ड लगायतको काममै व्यस्त हुनेछु । कुञ्जना पनि रंगशालाकै काममा व्यस्त हुनेछिन् ।
रंगशाला निर्माणका लागि आर्थिक सहयोग आइरहेको छ । हामीले रंगशाला निर्माण कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यले चैत २३ गते काठमाडौं कीर्तिपुरमा मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्दैछौं । यो हाम्रो मात्र नभइ सिंगो देशकै गौरवको योजना भएकाले सक्दो साथ र सहयोगको अपेक्षा राखेका छौं ।
होलीले सबै नेपालीमा आत्मियता बढाओस्, सद्भाव कायम राखोस् । सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ।
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...