×

NMB BANK
NIC ASIA

विकास खर्च न्यून, दोस्रो चौमासिकसम्म ३० प्रतिशत मात्रै खर्च !

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आर्थिक वर्षको दास्रो चौमासिकसम्म करीब ३० प्रतिशत मात्रै विकास खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको दोस्रो चौमासिक सकिँदा विकास खर्च एक तिहाइ पनि हुन नसकेको हो।

Sagarmatha Cement
Muktinath Bank

चालु आर्थिक वर्षमा पूँजीगत बजेटतर्फ कुल ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रूपैयाँ रहेको थियो । सोमध्ये मंगलवारसम्म २९ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको छ । कुल ९४ अर्ब  ५ करोड १ लाख रूपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । पूँजीगत खर्चलाई विकास खर्चको रूपमा लिइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आर्थिक वर्षमा चालु खर्चतर्फ कुल बजेटको करीब ५० प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । चालुतर्फ कुल बजेट ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रूपैयाँ रहेको थियो । सो मध्ये मंगलवारसम्म ४ खर्ब १५ अर्ब २५ करोड ११ लाख रूपैयाँ खर्च भएको छ ।


Advertisment
Nabil box
Kumari

चालु वित्तीय खर्चतर्फ कुल बजेट १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रूपैयाँ रहेको थियो । सो मध्ये ४२ अर्ब ६३ करोड रूपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क रहेको छ । उक्त खर्च कुल खर्चको २७ दशमलव ३८ प्रतिशत हो ।

Vianet communication
Laxmi Bank

चालु आर्थिक वर्षको दोस्रो चौमासिकअर्थात् चैत ५ गतेसम्म कुल बजेटको ४१ दशमलव ९७ प्रतिशत खर्च भएको छ । कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ रहेको थियो । सो मध्ये मंगलवारसम्म ५ खर्ब ५१ अर्ब ९३ करोड १२ लाख रूपैयाँ खर्च भएको छ ।

आर्थिक वर्षको अन्त्यमा बजेट खर्च रोक्न र शुरूदेखि नै बजेट खर्च बढाउने उद्देश्यले सरकारले जेठ १५ मै बजेट ल्याउन थालेपनि अपेक्षा अनुसार खर्च हुन सकेको छैन ।

समय दुई तिहाइ बितिसक्दा पनि विकास खर्च भने एक तिहाइ पनि नभएको छैन । खर्चले सरकारको कामको मुल्यांङकन गर्ने जानकारहरू बताउँछन् ।

आव शुरूमा खर्च नहुँदा आवको अन्त्यमा जथाभावी खर्च हुने र काम समेत गुणस्तरीय नहुने जानकारहरू बताउँदै आएका छन् ।

महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमले विगतको ट्रेण्ड हेर्दा चालु आर्थिक वर्षको बजेट खर्चको अवस्था पनि सन्तोषजनक रहेको बताए । ‘विगत तीन/चार वर्षको स्थिति हेर्दा  विकास खर्च २९ देखि ३० प्रतिशत भएको देखिन्छ,’ उनले भने, ‘विगतको ट्रेण्ड हेर्दा निराशाजनक स्थिति नभएर आशातित अवस्थामै छौं, ।’

त्यस्तै अर्थ सचिव राजन खनालले मुलुकको आम्दानी अनुसार बजेट खर्च निराशाजनक नरहेको बताए । ‘आम्दानी प्राप्ती ५३ प्रतिशत पुगेको छ,’ अर्थ सचिव खनालले भने, ‘समग्र खर्चको अवस्था ४१ प्रतिशत गरिसकेका छौं । आम्दानीको आधारमा यो खर्च नराम्रो होइन ।’

भुक्तानीको योजना नहुँदा समेत भुक्तानीमा समस्या आएको सचिव खनालेको भनाइ थियो ।

‘हामी कहाँ भुक्तानी योजना छैन । त्यो समस्याका रूपमा रहेको छ’ उनले भने, ‘योजना नहुँदा भुक्तानी ढिलो हुन्छ र काम ढिलो गरेजस्तो देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x