×

NMB BANK
NIC ASIA

काठमाडौं -काठमाडौंमा आयोजित होली विशेष कार्यक्रममा फिल्मकर्मीहरूको बाक्लो भीड देखियो । उनीहरू कार्यक्रममा पुगेर आफ्नो प्रस्तुति दिनुका साथै फिल्मको प्रचारप्रसारमा व्यस्त रहे ।

Muktinath Bank

जसमध्ये एक थियो बानेश्वरमा रेडियो अडियो र दाल भात तरकारी फिल्म युनिटको होली विशेष कार्यक्रम ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकैछिन कार्यक्रमतिर लागौं ।


Advertisment
Nabil box
Kumari

अभिनेता दीपकराज गिरी स्टेजमा एक गीतमा नृत्य गर्दै थिए ।

Vianet communication
Laxmi Bank

‘फिल्म दाल भात तरकारी’ कहिले आउँदै छ रे ?’ नृत्य गर्नासाथ उनले फिल्मबारे भने ।

फिल्म युनिटले कार्यक्रम आयोजना गरेको हुनाले दीपकले सो फिल्मबारे बोल्नु करै थियो ।

‘त्यो भन्दा अगाडि वैशाख १३ मा ‘छक्का पञ्जा २’ आउँदैछ’– दीपकले आफ्नो फिल्मको पनि प्रचारप्रसार गरिहाले । 

दीपकको ‘छक्का पञ्जा २’ वैशाखमा पुनः प्रदर्शनमा आउँदैछ ।

स्टेजमा चढ्नासाथ अभिनेता भुवन केसीले फिल्म दाल भात तरकारीकै कुरा गरे । उनले आफ्नो फिल्मको पनि प्रचार पनि गर्न भ्याए ।

‘फिल्म दाल भात तरकारी कहिलेदेखि लाग्दैछ ?’ दर्शकको उत्तरपछि भुवनले थपे, ‘अनि अहिले हलमा कुन फिल्म लागिरहेको छ ?’

भुवनको निर्माण रहेको फिल्म ‘क्याप्टेन’ अहिले हलमा प्रदर्शनरत छ ।

अभिनेता सलिनमान बानिया स्टेजमा चढ्नासाथ वैशाख २० गतेबाट फिल्म दालभात तरकारी प्रदर्शनमा आउने बताउँदै फिल्म हेर्नका लागि दर्शकलाई आग्रह गरे ।

‘हाम्रो यात्रा फिल्म यही चैत २९ गतेबाट आउँदैछ,’ सलिनले आफ्नो फिल्मबारे भने, ‘फिल्म निकै राम्रो बनेको छ । सबैले हेर्नुहोला ।’ 

फिल्म युनिटसित उपस्थित सलिमले गीतमा नृत्य गरे ।

कार्यक्रममा फिल्म दाल भात तरकारीको त प्रमोसन भइहाल्यो । प्रदर्शनको क्रममा रहेका आधा दर्जनभन्दा बढी फिल्मको समेत प्रमोसन गरियो । 

हरिवंश आचार्य, किरण केसी, आँचल शर्मा, पुष्प खड्का लगायतले स्टेजमा रहँदाको अधिकांश समय फिल्म दाल भात तरकारीकै प्रमोसनमा खर्चिए ।

त्यस्तै होली विशेष कार्यक्रममा चैत १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘शुभलभ’का कलाकार हरिहर अधिकारी, कृष्टिन पौडेल, सूर्या थापा लगायत पनि कार्यक्रममा उपस्थित रहे र फिल्मको प्रचारप्रसार गरे ।

सोही मितिमा लाग्ने फिल्म ‘साँइली’ का कलाकार दयाहाङ राईदेखि मेनुका प्रधानसम्म कार्यक्रममा पुगेर फिल्मको प्रचार गरे ।

पछिल्लो वर्ष राजधानीमा आयोजना गरिने होली विशेष कार्यक्रम फिल्म प्रमोसनको गतिलो थलो बन्ने गरेका छन् ।

मासमा उपस्थित भएर होलीको शुभकामना दिँदै फिल्मबारे केही बोलिदिँदा दर्शकमा फिल्मको छाप पर्ने फिल्मकर्मीहरूको विश्वास छ ।

दर्शकहरू पनि पर्दामा देखेका कलाकारहरूलाई प्रत्यक्ष देख्न पाउँदा रमाउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x