×

NMB BANK
NIC ASIA

कर्मचारी रिझाउन तलब वृद्धि, भारतमा गुणस्तर फेल भएका औषधि नेपालमा खुलेआम बिक्री

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भारतमा उत्पादित गुणस्तर फेल भएका औषधि नेपाली बजारमा छ्याप्छ्याप्ती बिक्री हुने गरेका छन् ।  सरकारले प्रभावकारी बजार अनुगम नगर्दा त्यस्ता औषधि नेपाली बजारमा खुलेआम बिक्री हँदै आएको छ ।
जसको प्रत्यक्ष मारमा आमउपभोक्ता परेका छन् । गुणस्तरहीन औषधिले उपभोक्तामा गम्भीर साइड इफेक्ट पार्ने चिकित्सकले बताएका छन् । ३७ भारतीय कम्पनीका औषधि गुणस्तरहीन भएको पाइएको हो । 

Muktinath Bank

भारतको सेन्ट्रल ड्रग स्टान्डसर्ड एन्ड कन्ट्रोल अर्गनाइजेशनले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विभिन्न कम्पनीका औषधि गुणस्तर फेल भएको छ ।  गुणस्तर परीक्षणका आधारमा भारत सरकारले प्रतिवेदन सार्वजनिक गरेको हो ।, राजधानीमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्मचारी रिझाउन तलब वृद्धि
स्थानीय तहका जनप्रतिनिधिले गैरकानुनी रुपमा कर्मचारीको तलब वृद्धि गरेका छन् । ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका, टीकापुर नगरपालिका तथा बैतडी र कञ्चनपुर जिल्लाका नगरपालिकाले कर्मचारी रिझाउन तलब स्केल र तह वृद्धि गरेका छन् । 


Advertisment
Nabil box
Kumari

विद्यमान कानूनअनुसार जनप्रतिनिधिलाई कर्मचारीको तलब र तह बढाउने अधिकार छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले कर्मचारीको सेवासुविधा बढाउने नगरपालिकाको सेवासुविधा बढाउने नगरपालिकाको निर्णय गैरकानुनी भएको बताए ।

Vianet communication
Laxmi Bank

‘केही तहले निर्णय कार्यान्वयन गरिसकेका छन्। प्रदेश लोकसेवा गठन भएसँगै अनुगमन गरी कर्मचारीलाई खुवाइएको तलब बेरुजु देखाइनेछ’, उनले भने, ‘त्यसपछि जनप्रतिनिधिले कर्मचारी रिझाएर अरू बेथिति गर्न सक्ने अवस्था रहन्न।’ कानुनविपरीतका निर्णयले विकास बजेटको रकम तलबभत्तामा खर्च हुँदा व्ययभार बढ्नेछ।

स्थानीय तहले भने कर्मचारीको वृत्ति विकासको निर्णय निजामती सेवा ऐनको मापदण्डमा टेकेर गरेको दाबी गरेका छन्। स्थानीय तहका कर्मचारीको वृत्ति विकास गाउँपालिका र नगरपालिकाको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यक र विशिष्टताका आधारमा संगठन संरचना कायम गर्नुपर्ने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा छ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

पूर्वएसपी विष्टको बयान सकियो 
निर्मला पन्त हत्या प्रकरणमा मुछिएका तत्कालिन प्रहरी उपरिक्षक डिल्लीराज विष्टसँग जिल्ला अदालत कञ्चनपुरले बयान लिने काम सकेको छ । मंगलबार र बुधबार उनीसँग बयान लिइएको हो । बयान सकिएपछि थुनछेक बहस पनि शुरु भएको छ । बुधबार बहस नसकिएकाले शुक्रबार बहस हुने अदालतले जनाएको छ । 

बिष्ट बहस नसकिएसम्म थुनामा रहनेछन् । कञ्चनपुर जिल्ला अदालतका न्यायधिश राजेन्द्र कुमार आर्चायको एकल इजलासमा बादीका तर्फबाट जिल्ला न्यायधिवक्ता देवराज भारती र सह न्यायधिवक्ता मोहन दत्त जोशीलगायत दुई जना सरकारी वकिलले बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट अधिवक्ता कृष्णदेव जोशीले बहस गरे । बिष्ट सहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र दिलिप सिह बिष्टका दाजु खडक बिष्टले याताना विरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए । 

नक्कली सुन देखाई ठगी गर्ने छ व्यक्ति पक्राउ 
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली सुन देखाई ठगी गर्ने छ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले नक्कली सुनलाई सक्कली भन्दै विभिन्न व्यक्तिलाई ठगी गर्ने नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय राउसिंह तामाङ, २८ वर्षीय मङ्गले तामाङ, गोरखाका ३९ वर्षीय कुशल अधिकारी र ३२ वर्षीय गोविन्द पोखरेललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुदीप गिरीले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिलाई दिने भनी ठगी गर्नेलाई दुई थान नक्कली सुन र एक हजारका दरले पाँच थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए ।  उनीहरुले सङ्गठित गिरोह खडा गरी ठगी गर्ने र एउटा समूहलाई ठगी गरेपछि प्रयोग भएको सिमकार्ड र मोबाइल बन्द गर्ने गरेको तथा ठगी गरेको रकम भूमिकाका आधारमा भागबण्डा गरी लिने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता गिरीले बताए ।

नागरिकता विधेयकमा नेकपा मालेको असहमति
नेकपा मालेले संसदमा पेश भएको नागरिकता ऐन–२०६३ को संशोधन विधेयकमा समेटिएका केही विषय राष्ट्रिय हित विपरित भएको जनाएको छ । विधेयकमा आमाको नामबाट वंशजको नागरिकता पाउनुपर्ने र नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले स्वतः अङ्गीकृत नेपाली नागरिकता पाउनुपर्नेजस्ता व्यवस्था राष्ट्रिय हित विपरीत रहेको मालेको ठहर छ ।

पार्टीको केन्द्रीय कार्यालय रातोपुल, काठमाडौँमा सम्पन्न स्थायी कमिटीको बैठकले संसद्मा विचाराधीन रहेको नागरिकता संशोधन विधेयकलाई फिर्ता लिई विशेषज्ञ र जनस्तरसम्म व्यापक छलफल चलाउनु पर्ने जनाएको छ । कुनै मापदण्डबिना आमाको नामबाट वंशजको नेपाली नागरिकता पाउनुपर्ने र नेपाली नागरिकता कायम राख्दै विदेशीसँग विवाह गर्ने विषयले राष्ट्रियता कमजोर बनाउने मालेको निष्कर्ष निकालेको छ ।

होलीमा जथाभावी चलाउने ९१८ सवारी चालक कारवाहीमा 
ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरेको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए । बिहान ७ देखि बेलुका ७ बजेसम्म महाशाखाले ७७ स्थानबाट ट्राफिक जाँच गरेको थियो भने १९ वटा मोबाइल चेकजाँच र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरेकोे थियो ।

बम विस्फोटमा संलग्न चार जना पक्राउ
काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो ।

उनीहरुले एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित  एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको  महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए ।

साफ महिला च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । बुधबार भएका सेमिफाइनल खेलमा आ—आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपाल र भारतले उपाधि भिडन्त पक्का गरेका हुन् । 

पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकामाथि ४– शुन्यको फराकिलो जित निकाल्यो । नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एक एक गोल गरे । यस्तै दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई ४— शुन्यले हराउँदै फाइनल प्रवेश गर्यो । 

फाइनल खेल शुक्रबार हुनेछ । नेपालले उपाधिका लागि भारतसँग खेलेका तीन खेलमा पराजय भोग्नु परेकाले यो पटक उच्च मनोबलका साथ मैदान उत्रनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x