×

NMB BANK
NIC ASIA

गिरिजाप्रसादको सल्लाहमा सिटौला र मैले सहमतिमै ज्ञानेन्द्रलाई नागार्जुन पठाएका हौं - महरा

चैत ७, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- सभामुख कृष्णबहादुर महराले पूर्वराजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छाडेको खुलासा गरेका छन् । गिरिजाप्रसाद कोइरालाको ९औं स्मृति दिवस तथा जीपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसको कार्यक्रममा महरालले तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा आफूहरूले ज्ञानेन्द्रसँग कुरा गरेको बताए ।

Muktinath Bank

‘राजाले दरबार छोड्नुभन्दा केही दिनअघि सिटौलाजी र मैले नागार्जुन दरबारको भ्रमण गर्‍यौं, एकदिन अघि नारायणहिटी पुगेर अब छोडिदिनुस् भन्यौं,' महराले भने, ‘यी काम गिरिजाबाबुकै सुझावअनुसार हामीले गरेका थियौं र त्यो सफल भएको थियो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महराले गिरिजाप्रसादको विलक्ष्यण व्यक्तित्वका कारण शान्ति प्रक्रिया र गणतन्त्र दुवै सफल भएको बताए । ‘गिरिजाबाबुसँग पहिलोपटक बीपी पुत्र श्रीहर्शको निवासमा भेट भएको थियो, त्यतिबेला उनले कसरी आइपुग्नुभयो, रोल्पमा सीडीओले कत्तिको दुःख दिएका छन् भनेर सोध्नुभयो,’ महराले भने, ‘मैले धेरै नै गाह्रो बनाएका छन् भनेँ, उहाँले ए..मात्र भन्नुभयो । तर परिणाम मैले रोल्पा फर्किएपछि थाहा पाएँ, सीडीओले हामीलाई विगतको जस्तो गर्न छाडे ।’


Advertisment
Nabil box
Kumari

उनले शान्ति प्रक्रियामा माओवादीका तर्फबाट सबैधन्दा धेरैपटक आफूले गिरिजाप्रसादसँग भेट गरेको भन्दै ती सबै कुरा भनेर नसकिने भएकाले आफूले किताब लेख्न लागेको बताए । ‘०५८ सालदेखि ६६ सालसम्म गिरिजाबाबुसँगको सम्बन्ध र त्यसमा लुकेका रहस्यहरू खोलेर म किताब लेख्दैछु,’ महराले भने ।

Vianet communication
Laxmi Bank

उनले १२ बुँदे सहमितको मस्यौदामा समेत दुबै पक्ष आ-आफ्ना अडानमा रहँदा पटक–पटक असफल हुने अवस्थामा गिरिजाप्रसाद कोइरालाले नै त्यसलाई जोगाएको बताए ।

‘उहाँहरूले राजनीतिको मूलधारमा माओवादी पनि समेटिने भनेर लेख्नुभयो । हामीले तपाईंको मूलधारमा माओवादी आउँदैन भनिहाल्यौं । केहीदिनपछि गिरिजाबाबुले नयाँ मूलधार भन्ने शब्द खोज्नुभयो त्यो बुँदामा सहमति भयो ।’

त्यसपछि प्रजातान्त्र सबैले स्वीकार गर्ने भन्ने शब्दमा पनि फेरी द्वन्द्व भएको उनले सुनाए । ‘उहाँहरूले प्रजातन्त्र लेखेपछि हामीले तपाईंको प्रजातन्त्र स्वीकार गर्न युद्ध लडेको हैनौं भनिहाल्यौं, प्रजातन्त्र पनि स्वीकार नगर्ने भन्दै उहाँहरू पनि रिसाउनुभयो । दुबै पक्षको कुरा नमिल्ने अवस्था देखिएपछि गिरिजाबाबुले त्यसको अगाडि पूर्ण थपेर पूर्णप्रजातन्त्र बनाउनुभयो र मिलाउनुभयो,’ महराले भने, ‘उहाँमा विलक्ष्यण राजनीतिक क्षमता थियो ।’

उनले हतियार, व्यवस्थापन, प्रचण्डसँगका गोप्य वार्ता सहितका विषय केही समयका भाषणबाट नसकिने भन्दै त्यही कारण आफूले गिरिजाप्रसादसँगको सम्बन्ध र शान्ति प्रक्रियाका विषयमा किताब लेख्न लागेको बताए ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले गिरिजाप्रसादले विशेष अवस्थापछि माओवादीलाई जसरी पनि मूलधारको राजनीतिमा ल्याउने प्रतिबद्धतासहित शान्ति प्रक्रिया शुरूवात गरेको बताए ।

‘पश्चिममा कांग्रेसका कार्यकर्ताको माओवादीबाट हत्या भयो, गिरिजाबाबु विक्षिप्त हुँदै झण्डा ओढाउन जाने र कार्यकर्तामा शान्त्वना दिन लाग्नुभयो, सुरक्षकर्मीले जाने अवस्थै छैन भन्दै गिरिजाबाबुलाई रोक्यो’, थापाले भने, ‘त्यसपछि ‘मैले कार्यकर्ता बचाउन त सकिनँ मृत्युपछि झण्डा ओढाउन पनि नसक्ने अवस्था कहिलेसम्म राख्ने’ भनेर उहाँले जसरी पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने अठोट लिनुभयो ।’

त्यस्तो त्याग सहित ल्याएको शान्ति प्रक्रिया र गणतन्त्रमा अहिले दुईवटा खतरा देखिन थालेको उनको भनाई छ ।

‘एउटा फेरि पनि विप्लवका नाममा गोली हानाहानका समाचार सुनिन थालेका छन्, त्यो व्यवस्थाविरुद्ध भएकाले पुरानै अवस्था आउने हो कि भन्ने त्रास नागरिकमा देखिएको छ,’ थापाले भने, ‘ प्रधानमन्त्री नै संसद्प्रति उत्तरदायी देखिनुभएको छैन, यो भनेको दुर्घटनाको अर्को खतरा हो ।’

कार्यक्रममा जीपी कोइराला सामुदायिक कलेजले पाँच वर्षअघि ६ जना विद्यार्थीबाट शुरू गरेको यात्रामा अहिले दुई हजार एक सय विद्यार्थी रहेको, मल्टीमिडियाबाट अध्यापन गराइरहेको तथा स्मार्ट टिचिङको अवधारण शुरू गरेको प्रगति सार्वजनिक गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x