×

NMB BANK
NIC ASIA

८६ वर्षमा बोल्ने कला सिक्दै मेखबहादुर गुरुङ

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चिप्लेढुङ्गा-पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालीममा सक्रिय सहभागी हुनुभयो । जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा गुरुङको आर्थिक सहयोगमा सञ्चालित पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीममा सहभागी उहाँले समापन समारोहमा सिक्ने कुरा बाँचुञ्जेल कहिल्यै पूरा नहुने बताउनुभयो । 
“हाम्रा पालामा यस्तो अवसर कहाँ पाउनू, बोल्न नसक्दा र आफ्ना कुरा राख्न नसक्दा धेरै दुःख पायौँ पञ्चायतका पालामा”, आफ्नो विगत सम्झँदै अहिले पनि बोल्ने र आफ्नो कुरा भन्ने रहर नमेटिएको उहाँले बताउनुभयो । उहाँ जस्तै अन्य सहभागीले पनि तालीमबाट धेरै कुरा सिकेको भन्दै बोल्न पनि कला चाहिने रहेछ भन्ने आफ्नो अनुभव सनाए । 
तालीम समापन समारोहमा गण्डकी प्रदेशका सदस्य एवं हङकङ ब्यूटी इन्ष्टिच्यूटका सञ्चालक मीना गुरुङले बोल्ने कुराले आत्मविश्वास जगाउने भन्दै सामाजिक क्षेत्रमा मात्रै नभई घरपरिवार एवं समाजमा पनि बोल्ने कला आवश्यक रहेको बताउनुभयो । 
मादी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पसबहादुर बाँस्तोलाले परिवर्तित समाजमा बोल्ने कला पनि अपरिहार्य बन्दै गएको धारणा राख्नुभयो । 
महिला उद्यमी एवं समाजसेवी पवित्रादेवी गुरुङले तालीमपछि सहभागीमा आत्मविश्वास बढेको र निर्धक्क कार्यक्रम सञ्चालनदेखि भाषण गर्न सक्षम भएको देख्दा खुशी लागेको बताउनुभयो । कार्यक्रममा भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष तारा बराल, कामना मार्ग आमा समूहका अध्यक्ष योमाया गुरुङ, समाजका अध्यक्ष अमर गुरुङ र ँ युवा समितिका अध्यक्ष हितमान गुरुङले सिकाइ अभ्यासबाट मात्र पोख्त भइने भन्दै सिक्न सधैँ उत्सुक हुन सहभागीलाई आग्रह गर्नुभयो । 
तालिमका सहभागी बुद्धमाया गुरुङ, अनिल गुरुङ, रोशन गुरुङ, मोहनप्रसाद गुरुङलगायतले बोल्ने कुरा सामान्य मानिए पनि विधि र प्रक्रियाबाट बोलिएको कुराले अर्थ राख्ने बताउनुभयो । उक्त तालीममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सञ्चारिका समूह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षाले सहजीकरण गर्नुभएको थियो । तालीममा ४० जनाको सहभागिता थियो ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x