×

NMB BANK
NIC ASIA

नेपाली भूमिमा भारतको आधिपत्य अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न ग्रेटर नेपालको आह्वान

चैत ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपाली भूमिमाथिको भारतीय उपनिवेश अन्त्य गर्न अन्तर्राष्ट्रिय जगतलाई  खुलेर सहयोग गर्न आग्रह गरेका छन् ।

Muktinath Bank

बिहीवार नेपाली समयअनुसार साँझ ६:०० बजे संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद् भवनको कोठा नं. २७ मा आयोजित  `२०३० एजेन्डा र मानवअधिकार´ शीर्षकको एक अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजोको उक्त कार्यक्रममा पहिलो वक्ताका रूपमा बोल्दै मोर्चाका अध्यक्ष नेपालले ग्रेटर नेपालको करिब ६० हजार वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम र वर्तमान नेपालको १३ सय वर्ग किलोमिटर जमिनमा अतिक्रमण गरेर भारतले एकातिर संयुक्त राष्ट्रसंघको उपनिवेश अन्त्य गर्ने सम्बन्धमा पारित प्रस्ताव नं. १५१४ को खुल्लमखुल्ला अपहेलना गरेको अनि अर्कोतिर स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशको सैनिक बलमा कब्जा गरेर स्वतन्त्रता , मानवअधिकार र प्रजातन्त्रका आदर्शको स्पष्ट रूपमा उपहास गरेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले विश्वका सरकारहरूले राष्ट्रिय योजना प्रक्रियामार्फत सन् २०३० भित्रमा दिगो विकासको उद्देश्य र लक्ष्य प्राप्त गर्ने भने पनि साना राष्ट्रहरूको जमिनमा उपनिवेश कायम गर्ने, तिनका प्राकृतिक स्रोतमाथि कब्जा जमाउने र आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गलत प्रवृत्ति रोक्न नसके यो केवल नारामा सीमित हुने चेतावनी दिएका छन् ।

Vianet communication
Laxmi Bank

संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद् भित्र `साइड इभेन्ट´ भनिने यस किसिमका कार्यक्रम मानवअधिकार परिषद्मा भाग लिन पुगेका नागरिक समाजका प्रतिनिधिहरूबाटै आयोजित हुने गर्छन् ।

उक्त कार्यक्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अतिरिक्त पश्चिमी सहाराका नजला मोहमद लमजन र हसन मुईद अली, त्रिपुराकी सुश्री पाताल कन्या जमातजा र श्रीलंकाका राजा रेमिगुस कनागराजा लगायतका मानवअधिकार प्रतिरक्षकहरूले आफ्नो समुदायको मानवअधिकार हननका बारेमा प्रश्न उठाएका थिए ।

कार्यक्रम सञ्चालन भारतको `मानवअधिकार सचेतक´ नामक संस्थाका सभापति बब्लु लोइतोङबमले गरेका थिए ।

उनले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको भारतीय उपनिवेशको अन्त्य सम्बन्धी आग्रह र पश्चिमी सहाराले मोरक्कोको उपनिवेशबाट मुक्ति खोजेको कुरालाई अन्तर्राष्ट्रिय जगत्ले गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x