गणतन्त्र र संघीयताबाट मुलुक कुनै पनि हालतमा पछाडि फर्कन सक्दैन : शेखर कोइराला

चैत ८, २०७५

काठमाडौँ -नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मुलुक अब कुनैपनि हालतमा पछाडि फर्कन नसक्ने बताएका छन् । जीपी फाउण्डेशन काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शहिदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए ।

तर संवैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले सबैलाई झस्काएको कोइरालाको जिकिर छ ।


ADVERTISEMENT

राजनीति र धर्मलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताउँदै कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मुद्दा टुंग्याउनुपर्ने बताए ।

'हाम्रो संविधानले राष्ट्रपतिलाई सेरेमोनियल भनेको छ,' कोइरालाले भने, 'तर अहिले राष्ट्रपतिलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हीत गर्दैन ।'

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुक र प्रजातन्त्रका निम्ति कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन् । सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संविधानसँग बाझिने कुरा गर्दै नहिंड्न चेतावनी दिए ।

 

चैत ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस