मंसिर १६, २०८०
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
काठमाडौं – एउटा उखानै छ – हुने विरुवाको चिल्लो पात । अर्थात् कुनै पनि कुरा एकाएक हुँदैन । पहिलेदेखि नै केही न केही लक्षण देखिएको हुन्छ ।
साँच्चिकै यो उखान गायिका टीका प्रसाइँसँग पनि मेल खान्छ । टीकामा बाल्यावस्थाबाटै संगीतप्रति लगाव थियो । नभन्दै संगीतमा निरन्तरता दिँदै कडा मेहनत गर्दै गइन् र आज संगीत क्षेत्रमा स्थापित बन्न पुगिन् ।
लोकान्तरसँगको कुराकानीमा टीकाले स्मरण गरिन्, ‘जब म बुझ्ने भए त्यो बेलादेखि नै ममा गायिका बन्छु भन्ने अठोट पलाएको थियो ।’
उनलाई स्मरण पनि छ, ‘साथीहरूले यसले राम्रो गीत गाउँछे भनेपछि कक्षा १ पढ्दा नै कक्षा कोठामा गीत गुनगुनाएको ।’ हालसम्म आउँदा यी गायिकाले ४ सय बढी गीत स्रोता दर्शकलाई दिइसकेकी छिन् ।
गायिका चिनाउने गीत
टीकाले त्यतिधेरै गीत गाइसकेपनि अधिकांश स्रोता दर्शक उनलाई पछिल्ला गीतबाटै बढी चिन्छन् । कारण – १ वर्षअघि सार्वजनिक ‘नाइँ मलाई था छैन’ र ‘माया लुकीलुकी’ गीत रेडियो, टेलिभिजनमा धेरैले सुने, धेरैले हेने । धेरै संगीतप्रेमीको मुखमा झुण्डियो ।
टीकालाई नचिन्नेहरू पनि गीतको प्रसंगबाट नजिक भए । अहिले पनि धेरै संगीतप्रेमी यी गीत गुनगुनाउँछन् । यी गीतमा नृत्य गर्छन् ।
यूट्युबकै कुरा गर्ने हो भने यी गीत क्रमशः ३ करोड ६६ लाख र ५ करोड ३ लाख बढी पटक हेरिएका छन् । यी गीत आउनुअघि फिल्म ‘बीच बाटो’मा समावेश गीत ‘सेल्फीको जमाना’, ‘तिमी भन्छौं भने ...’ लगायतका गीतलाई पनि स्रोता दर्शकले रुचाएका थिए ।
तर माथि उल्लेखित पछिल्ला २ गीतको चर्चा अत्याधिक रह्यो । गीतको चर्चासँगै टीकाको चर्चा स्वभाविक चुलियो ।
टीका भन्छिन्, ‘हामी संगीतकर्मीलाई प्रत्येक गीतले इँटाको काम गरिरहेको हुन्छ । फरक यत्ति हो ‘नाइँ मलाई था छैन’ र ‘माया लुकीलुकी’ गीतले अरुको तुलनामा अलि बढी नै चिनाउने काम गरे ।’
डेढ दशकदेखिको सांगीतिक संघर्ष
पछिल्लो समयकी चर्चित गायिका टीका प्रसाइँले एकाएक चर्चा पाएकी होइनन् । डेढ दशक लामो संगीत संघर्षपछि टीका चर्चित हुने स्थानसम्म पुगेकी हुन् । ती २ गीत सार्वजनिक हुनुअघि टीकाले सयौं गीत दर्शक स्रोतालाई दिइसकेकी थिइन् ।
झापाको तोपगाछीमा जन्मिएकी हुन् टीका । उनको परिवार तथा आफन्तमा संगीत क्षेत्रमा लागेका वा संगीतको रस बुझेका कोही थिएनन् । तर टीकामा बाल्यावस्थाबाटै संगीतको नशा पस्दै गयो ।
घरमा रेडियो नेपाल बज्थ्यो । टीका त्यहीँ रेडियोमा बज्ने गीत सुन्थिन् । सँगसँगै त्यसलाई पछ्याउँदै गुनगुनाउँथिन् । उनी विद्यालयका कक्षाकोठा, विद्यालयको शुक्रवारे कार्यक्रम, वार्षिकोत्सव, गाउँमा हुने कार्यक्रममा गीत गुनगुनाउँदै गइन् ।
परिवारले पनि उनलाई संगीतमा लाग्न कहिल्यै रोकटोक गरेन । सधै समर्थन गरिरह्यो । यत्तिकैमा उनले स्कूल स्तरमै गीत रेकर्डको मौका पाइन् ।
‘२०५८ सालमा बिर्तामोडमा संगीत गुरू कुशेश्वर राईसँग ३ महिना संगीत सिकेकी थिए । त्यही वर्ष नै गीत रेकर्ड गरें,’ टीका सुनाउँछिन्, ‘स्थानीय कार्यक्रमहरूमा मेरो गीत सुनिसकेपछि गीत मन पराएर रेकर्ड गर्ने मौका पाएकी थिए ।’
२०६१ सालमा बुवा र दाईका साथ टीका काठमाडौं आइन् । काठमाडौं आएपश्चात् उनको कलाले थप फक्रिने मौका पाउँदै गयो । ‘कलेज पढ्न थालें । संगीत कक्षा पनि लिन थालें,’ उनी भन्छिन्, ‘विभिन्न रियालिटी शोहरूमा पनि नछुटाउँदै सहभागी हुँदै गएँ ।’
रियालिटी शो ‘अन्ताक्षरी’मा सहभागी भएपश्चात् फिल्म ‘पाँच पाण्डव’मा गीत गाउने अवसर पाएको टीका बताउँछिन् । त्यसपश्चात् टीकाले २०६२ सालमा रेडियो नेपालबाट श्वर परीक्षा पास गरिन् । उनी फिल्म तथा अन्य गीतमा श्वर दिँदै आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाउँदै गइन् ।
संगीतमै जोडी
टीकाले आजभन्दा ११ वर्षअघि विवाह गरेकी हुन् । उनका श्रीमान लेखराज गुरुङ संगीत क्षेत्रमै आवद्ध छन् । २–३ वर्षको प्रेमसम्बन्धपछि विवाह गरेकी टीका भन्छिन्, ‘उहाँको एकदमै साथ र सहयोग पाउँदै आएकी छु । आज म जुन स्थानमा छु उहाँको सपोर्ट विना सम्भव थिएन ।’
संगीत जोडीले झण्डै दर्जनजति गीतसँगै गाएका छन् । ‘हामी दुईको नयाँ गीत पनि चाँडै आउँदैछ,’ टीका भन्छिन् ।
गीत नै परिचय
टीकाको नाम र चर्चाभन्दा गीतकै लोकप्रियता बढी पाइन्छ । उदाहरण नाई मलाई था छैन, माया लुकीलुकी हुन् ।
गायिकाभन्दा यी गीत हिट छन् । गायिकालाई झट्ट नचिन्नेहरू उनका यी गीतको साइनोबाट परिचय गाँस्छन् । अझ कति ठाउँमा परिचय दिँदा उनले गाएका गीतको प्रसंग जोड्नुपर्छ ।
तर टीका गीत नै आफ्नो परिचय मान्छिन् । ‘गीत हिट कि तपाई ?’ लोकान्तरको प्रश्नमा उनी भन्छिन्, ‘कसैको पनि नामले काम गर्ने होइन । उसले गरेका कामलाई मानिसले फलो गर्ने हो । यसर्थ गीत र सर्जक दुवै आफ्नै परिचय हुन् ।’
उनी गुनासो पनि गर्छिन्, ‘गीत राम्रो लागिसकेपछि स्रोता दर्शकले सर्जकका बारेमा पनि खोजी गर्नुपर्छ ।’
संगीत नै विगत, वर्तमान र भविष्य
टीका संगीत आफ्नो विगत, वर्तमान र भविष्य रहेको बताउँछिन् । ‘नाइँ मलाई था छैन’, ‘माया लुकीलुकी’ पछि सार्वजनिक अन्य गीतलाई पनि स्रोता दर्शकले रुचाएका छन् । तिमी मलाई मन पर्छ, कर्के नजर लगायतका गीत त्यसपछिका उनका चलेका गीत हुन् ।
यसबाहेक नयाँ गीतहरू ल्याउने तयारीमा छिन् टीका । केही गीत फिल्मका छन्, केही अन्य । केही गीत पतिसँगको सहकार्यमा सार्वजनिक हुँदैछन् ।
विजेतालाई नगद १ लाख पुरस्कारको घोषणासहित ‘कर्के नजर’ गीतको अन्तर्राष्ट्रिय डान्स प्रतियोगिता राखेकी छिन् । हालसम्मको सांगीतिक यात्रालाई लिएर सन्तुष्ट छिन् टीका । आउँदा दिनमा अझ मेहनतका साथ काम गर्ने उनमा अठोट छ ।
‘काम गर्दै जाँदाको भोगाइ नै सिकाइ हो । आउँदा दिनमा हालसम्मको भोगाइले अझ राम्रो काम गर्न सकूँ,’ टीका भन्छिन् ‘कहिल्यै पनि संगीतबाट टाढा हुन नपरोस् । निरन्तर गीत गाइरहन पाउँ ।’
उनी संगीत बजारमा टिक्न र बिक्न बजारमा कस्तो किसिमको गीतको माग छ भन्ने कुरा कलाकारले सधै बुझ्नुपर्ने बताउँछिन् ।
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...