×

NMB BANK
NIC ASIA

परीक्षामा गाइड–गेसपेपरकै भर

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बर्दिबास– महोत्तरी खयरमाराका रामकृष्ण थापाकी छोरी आइतबादेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछिन् । वर्षभरि स्कुलमा पढेको भरमा परीक्षामा राम्रो लेख्नेमा उनको छोरी ढुक्क हुन सकेकी छैनन् । 

Muktinath Bank

थापालाई पनि छोरीले परीक्षामा राम्रो अंक ल्याउने विश्वास छैन । त्यसैले उनले छोरीका लागि आठै विषयका गाइड, गेसपेपर किनिदिएका छन् । थापाले भने, ‘सामुदायिक विद्यालयमा पढाइ हुँदैन । शिक्षकहरू दलको झन्डा बोकेर हिँड्छन् । गाइड नपढाई परीक्षामा सहभागी गराउनै सकिन्न ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै धनुषा मिथिला नगरपालिका—११ तुलसीका सरिता तामाङले छोराका लागि एक हजार दुई सय ७० रुपैयाँमा गेसपेपर र गाइड खरिद गरिदिइन् । थापा र तामाङ मात्र हैन, एसईई दिने धेरै विद्यार्थीले अभिभावकलाई गाइड र गेसपेपर किन्न लगाएका छन् । यतिबेला बजारमा गेसपेपर र गाइडको माग उच्च छ । पुस्तक पसलेलाई बिक्री गर्न भ्याइनभ्याइ छ ।


Advertisment
Nabil box
Kumari

अभिषेक पुस्तक पसल बर्दिबासकी कुसुम सेन ठकुरीले भनिन्, ‘मंसिरदेखि नै बजारमा गेसपेपर गाइड आउँछ । अधिकांशले परीक्षा नजिकै आएपछि मात्रै किन्छन् ।’ विद्यालय व्यवस्थापन समितिको लापरबाहीले सामुदायिक विद्यालयको शैक्षिक वातावरण खस्किएको गौशाला रजखोरका पूर्व्शिक्षक वासुदेव महतो बताउँछन् । 

Vianet communication
Laxmi Bank

‘यहाँ राम्राभन्दा हाम्रा व्यक्तिलाई शिक्षक नियुक्त गरिन्छ,’ उनले भने, ‘योग्यले पढाउन पाउँदैनन् । अयोग्यले पढाउँदा विद्यार्थी फेल हुन्छन् ।’ स्कुलमा राम्रो पढाइ नभएकाले विद्यार्थी गाइडको भर पर्नु बाध्य रहेको उनले बताए । स्कुलमा राम्रोसँग पढाइ नहुने र विद्यार्थीमा पठन संस्कृति नभएकाले शैक्षिक स्तर खस्कँदै गएको बर्दिबासका शिक्षक हेमसागर वाग्ले बताउँछन् ।

उनले भने, ‘शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थीले परीक्षाको तयारी गर्न पाउँदैनन् । अनि अन्तिम समयमा गाइड र गेसपेपरकै भर पर्नुपर्छ।’ जनकपुर पिराडीचोकका अजय जसवाल शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थी मार परेको बताउँछन् । उनी भन्छन्, ‘सबै शिक्षकले राम्ररी पढाउँदैनन् । परीक्षामा राम्रो अंक ल्याउन गाइड नपढी हुँदैन।’, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x