×

NMB BANK
NIC ASIA

मलेसिया जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा रहेको सिन्डिकेट हट्ने

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - शुक्रवार मलेसियाले नेपाललाई स्वास्थ्यपरीक्षणको मापदण्ड पठाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गत कार्तिक १२ गते भएको द्विपक्षीय श्रम सम्झौता अनुसार मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड बनाएर नेपाल पठाएको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले दिएको छ । सम्झौता अनुसार स्वास्थ्य परीक्षणको मापदण्ड नहुँदा कामदारका लागि मलेसिया ठप्प भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त २ सय ३७ वटा संस्था मध्ये योग्यता पुगेका सबै संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउने भन्दै ३९ वटा स्वास्थ्य संस्थाको सिन्डिकेट रोक्ने निर्णय गरेका थिए । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाएपछि योग्य स्वास्थ्य संस्थाहरूले प्रतिस्पर्धामा कामदारहरूको स्वास्थ्यपरीक्षण गर्न पाउने बाटो खुलेको छ ।


Advertisment
Nabil box
Kumari

श्रम सम्झौता भएको ५ महिना बितिसक्दा पनि नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी खुलेको थिएन । यो बीचमा प्राविधिक तयारी गर्नका लागि केही समय लाग्ने भनेर मन्त्रालयले बताएको थियो । सम्झौतापश्चात श्रमिक आपूर्तिका आधार ‘मोडालिटी’ तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन गर्ने भनिएता पनि मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड नपठाएका कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन ।

Vianet communication
Laxmi Bank

नेपाल सरकारले विभिन्न एजेन्सीका नाममा श्रमिकसँग अवैध शुल्क लिँदै आएको एजेन्सी खारेज गरेसँगै गएको जेठदेखि मलेसियाका लागि नेपाली श्रमिक निर्यात ठप्प भएको हो ।

मलेसिया स्वास्थ्य परीक्षण, प्रवेशाज्ञालगायतका नाममा अवैध रूपमा नेपाली श्रमिकमाथि प्रतिव्यक्ति झण्डै साढे १९ हजार रुपियाँ आर्थिक भार थोपरेको थियो । श्रम सम्झौता सँगै सबै गैरकानूनी प्रावधान खारेज भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर ८, २०८०

नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो ।  खुला तथ...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x