×

NMB BANK
NIC ASIA

शान्तिपूर्णरुपमा एसइई परीक्षा सञ्चालन, सांसददेखि कलाकारसम्म परीक्षामा सहभागी

चैत १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भक्तपुर– देशभर आज एकैसाथ शुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा देशभर शान्तिपूर्णरुपमा सञ्चालन भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको र देशभर शान्तिपूर्ण, सौहार्द वातावरणमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । 

Muktinath Bank

देशभर एक हजार ९६९ परीक्षा केन्द्रमा कुनै अप्रिय घटना नघटेको बताउँदै उनले परीक्षामा कति विद्यार्थी अनुपस्थिति रहे र कर्मचारी कति कारवाहीमा परे भन्नेबारेमा आज साँझसम्म कुनै पनि प्रदेशबाट जानकारी नआएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७४ को एसइई परीक्षामा चार लाख ६३ हजार ७०० परीक्षार्थी सहभागी भएकामा यस वर्ष भने चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भएको परीक्षा आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् । 


Advertisment
Nabil box
Kumari

परीक्षामा दुई लाख ३६ हजार ४४५ पुरुष र दुई लाख ३८ हजार ५५८ महिला परीक्षार्थी रहेका छन् भने सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ र सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी भएका छन् । 

Vianet communication
Laxmi Bank

त्यस्तै प्रदेश १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल भएका छन् । परीक्षामा एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित भएका छन् । 

यस वर्षको परीक्षामा राष्ट्रियसभा सदस्य एवं नेकपाकी सचेतक ३८ वर्षीया शान्ता चौधरीले पनि एसइई परीक्षा दिनुभएको छ । खुला विद्यालय प्रणालीमा महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर अध्ययन गरी सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसइईको परीक्षा दिएकी हुन् ।  राष्ट्रियसभा सदस्य चौधरीको १७ वर्षीया छोरी विनुले पनि आजबाटै शुरु भएको एसइई परीक्षामा काठमाडौँको आरुबारीस्थित सिर्जना बाल बोर्डिङ केन्द्रबाट परीक्षा दिएकी हुन् । 

त्यस्तै म्याग्दी अन्नपूर्ण गाउँपालिका–८ राम्चेका वडाध्यक्ष खमबहादुर गर्बुजाले पनि एसइई परीक्षा दिएका छन् । उनसँगै वडा सदस्य गेममाया पुन र देवकुमारी खोरजाले पनि बेनीको प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइई परीक्षा दिएका छन् । 

त्यसैगरी भक्तपुरको आस्था महिला विद्यालयबाट ३४ वर्षीया गङ्गा थापामगरले एसओएस हर्मन माइनर स्कुल सानोठिमीमा अध्ययन गरेका छोरा रोशनसँग एसइई परीक्षा दिएकी छिन् । 

गट्ठाघरको भक्तपुर इङ्गलिस स्कुल परीक्षा केन्द्रमा आमाछोरा परीक्षामा सहभागी भएका छन् । आस्था महिला विद्यालयबाट मात्रै १७ देखि ५३ वर्षसम्मका १७ जना महिलाले यस वर्ष एसइई परीक्षा दिएका छन् । 

त्यस्तै उत्प्रेरणा महिला माविमा अध्ययन गर्दै सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौँ कागेश्वरी मनोहराकी ६७ वर्षीया युगमाया कार्कीले एसइई परीक्षा दिएकी छिन् । नेपाली सिनेजगतकी नायिका एवं नयाँ शक्ति पार्टीकी नेत्री करिष्मा मानन्धरले पनि एसइई परीक्षा दिएकी छिन् । 

डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिनुभएकी उनले काठमाडौँ मैतीदेवीस्थित त्रिवेणी माविमा कक्षा ८ मा भर्ना भई अध्ययन शुरु गरेकी थिइन् । 

यसैगरी छ दिनदेखि बुबाको किरियामा बस्दै आएका लमजुङ बेँसीशहर नगरपालिका–७ का दरेश पौडेलले पनि परीक्षा दिएका छन् । 

चितवनको रत्ननगर टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकूलमा अध्ययनरत पौडेलले बेँसीशहरस्थित जनविकास मावि केन्द्रमा किरियामै परीक्षा दिएका छन् । 

 अपाङ्गता भएकालाई यस वर्ष पनि परीक्षामा विशेष व्यवस्था गरिएको र परीक्षा उत्साहपूर्वकरुपमा सञ्चालन भइरहेको उपनियन्त्रक शर्माले जानकारी दिए । 
–रमेश गिरी–रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x