×

NMB BANK
NIC ASIA

मन्त्री बिष्टले गरे 'कल सेन्टर'को उद्घाटन, पीडितले सिधै फोनमार्फत गुनासो गर्न सक्ने

चैत १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-वैदेशिक रोजगार बोर्ड सचिवालयले व्यवस्थापन गर्ने गरी 'कल सेन्टर' सञ्चालनमा आएको छ । श्रम सम्बन्ध, आन्तरिक तथा वैदेशिक रोजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राहीका गुनासा प्रत्यक्ष रूपमा सुन्ने र त्यसलाई सम्बोधन गर्न स्थापना भएको उक्त कल सेन्टरलाई सोमवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका छन् ।

Muktinath Bank

कल सेन्टरको सञ्चालनबाट मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको कार्यक्षेत्रसँग सम्बन्धित आधिकारिक सूचनाको तत्काल प्रवाह हुने मन्त्रालयले जनाएको छ । यसले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्न मदत पुग्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैदेशिक रोजगारीको क्षेत्रमा ठगी लगायतका समस्यामा परी न्यायको खोजीमा रहेकाहरूले पनि उक्त कल सेन्टरमार्फत सिधै गुनासो राख्न पाउने भएका छन् । साथसाथै विदेशमा विभिन्न कारणले अलपत्र परेका वा स्वास्थ्य समस्याबाट पीडित भई घर फर्कन चाहनेहरूले पनि कल सेन्टरमार्फत आफ्ना कुराहरू सिधै सम्बन्धित निकायमा राख्न पाउने सुविधा पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै विदेशमा कानूनी सहायताका लागि अनुरोध गर्न र वैदेशिक रोजगारसँग सम्बन्धित पूर्व-प्रस्थान अभिमुखीकरण कार्यक्रम, सीप विकास तालिम, वैदेशिक रोजगारीमा सुरक्षित रूपमा जान अपनाउनुपर्ने प्रक्रियाहरूका बारेमा पनि कल सेन्टरको माध्यमबाट जानकारी लिन सकिने मन्त्रालयले बताएको छ ।

Vianet communication
Laxmi Bank

गुनासो गर्न, सुझाव दिन वा जानकारी लिन चाहने सेवाग्राहीले स्वदेशबाट भए कल सेन्टरको सम्पर्क नम्बर ११४१ वा १६६००१५०००५ मा तथा विदेशबाट भए ईमेल, फेसबुक, मेसेन्जर, ईमो, भाइवर आदि जस्ता अनलाईन नेटवर्क मार्फत् निशुल्करुपमा कल सेन्टरको सम्पर्क नम्बर +९७७१५९७०००८ मा (टेलिफोन गर्दा शुल्क लाग्ने) सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x