चीन : वनमा डढेलो लाग्दा २६ अग्निनियन्त्रकको मृत्यु

चैत १८, २०७५

काठमाडौं – चीनको दक्षिणपश्चिम भागमा एक जंगलमा डढेलो लाग्दा कम्तीमा २६ अग्निनियन्त्रक मारिएका छन् । 

अग्निनियन्त्रक टोलीले सिचुआन प्रान्तमा आइतवारदेखि आगो लागेकोमा अचानक हावाले दिशा परिवर्तन गर्दा निकै ठूलो आगोको गोला बनेर अग्निनियन्त्रकहरूलाई फसाएको संकटकालीन मन्त्रालयले जनाएको छ । 


ADVERTISEMENT

तीसजना अग्निनियन्त्रकसँगको सम्पर्क टुटेको थियो । पछि २६ जनाको मृत्यु भएको पुष्टि गरियो र अन्यको खोज जारी रहेको अधिकारीहरूले बताए । 
डढेलो शनिवारबाट लाग्न शुरू भएको हो । 

लगभग ७०० अग्निनियन्त्रकहरूले मुली काउन्टीमा लागेको डढेलो निभाउन प्रयास गरिरहेको सरकारी मिडियाले जनाएको छ । 

शाङ्सी प्रान्तमा दुई दिनसम्म लागेको डढेलोलाई नियन्त्रण गरिएको शिन्ह्वा समाचार संस्थाले जनाएको छ । 

उक्त डढेलोमा कुनै हताहती नभएको तर कम्तीमा नौहजार मानिसलाई घरबाट अन्तै सारिएको छ ।

बीबीसीबाट
 

चैत १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस