विवादास्पद नर्तकी तथा आम आदमी नेता कुमार विश्वासलाई भाजपामा ल्याउने प्रयास

चैत १९, २०७५

काठमाडौं – हरियाणाकी विवादास्पद नर्तकी सपना चौधरी कांग्रेसमा जाने भनी आएको खबर झूटो ठहरिएपछि अब उनी भारतीय जनता पार्टी प्रवेश गर्ने खबरहरू आइरहेका छन् । 

तर सपनाले भाजपामा प्रवेश गर्ने र चुनाव प्रचार गर्ने सवषयमा सस्पेन्स कायम छ । तर सोमवार दिल्ली भाजपा अध्यक्ष मनोज तिवारीसँग डिनर टेबलमा सपना देखिएको तस्वीर सार्वजनिक भएपछि उनी भाजपा प्रवेश गर्ने अनुमानलाई बल पुगेको हो । 


ADVERTISEMENT

पछि पो थाहा भयो, तिवारी आफैं आइतवार राति सपनालाई भेट्न गएका थिए । सपनाका तर्फबाट आधिकारिक बयान आएको छैन । 

सपनाबाहेक तिवारीले सोमवार राति आम आदमी पार्टीका कुमार विश्वासलाई पनि भेटेका छन् । भाजपाले विश्वासलाई भित्र्याएर सरप्राइज दिने कोशिश गरेको अनुमान गरिएका छन् । 

यसैबीच दिल्ली भाजपाले प्रचारको काम बढाएको छ । अर्को हप्तादेखि दिल्लीका सबै ७० विधानसभा क्षेत्रमा प्रचारका लागि पार्टीले १४० वटा विद्युतीय रिक्सा उपयोग गर्ने भएको छ । एलईडी स्क्रीन र साउन्ड सिस्टमसहितका यी

ईरिक्साले ठाउँठाउँ घुमेर केन्द्र सरकारका कामको प्रचारप्रसार गर्नेछन् । भाजपाको विचारधाराबाट प्रभावित बलिउडका एक दर्जन कलाकार लोकसभा निर्वाचनको प्रचारमा दिल्ली आउन सक्ने सम्भावना छ । 

एजेन्सी
 

चैत १९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस