फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बारा –बाराको फेटा गाउँपालिका वडा नम्बर १ भरवलियाकी मालती दास आइतवार बेलुका घरमा खाना बनाउँदै थिइन् ।
उनको काखमै थिइन्, ४५ दिनकी छोरी पनि । इँटा र माटोले बनाइएको कच्ची घर थियो उनको ।
एक्कासि नसोचेको घटना भयो । हावाहुरी मडारिएर आयो ।
हावाले छानो उडायो । घर भत्कायो ।
उनले छोरीलाई काखी च्यापिरहिन् । पत्तो नपाउँदै माथिबाट बाँस खसेर उनको ढाडमा च्याप्यो ।
घोप्टो परेर काखी च्यापेकाले छोरीलाई केही हुन पाएन । तर उनी बेहोस् भइन् ।
ससुरा नरेश दास र जेठी छोरी पूजा पनि घरमै थिए ।
घटना यसरी अपर्झट भयो कि उनीहरूले केही गर्नै भ्याएनन्, मात्र त्यो कहालीलाग्दो क्षणको साक्षी बने ।
हावाहुरी सकिएपछि मालतीलाई अस्पताल लगियो ।
दुर्भाग्य ! उनले प्राण त्यागिसकेकी रहिछन् ।
परिवारमा नसोचेको बज्रपात आइलागेको छ । बुहारीलाई बचाउन नसकिएको पीडामा भावविह्वल छन्, नरेश ।
४५ दिने नाबालिकालाई त के भयो भन्ने नै थाहा छैन, तर पूजा आमालाई सम्झिएर भक्कानिँदैछिन् ।
आफ्नै आमाको त्यो अवस्था देखेकी पूजाको बाल मस्तिस्कमा नराम्रो असर परेको छ ।
आमाको न्यानो काख त गुमएकी छन् नै जिन्दगीभरलाई घोचिरहरने कहालीलाग्दो दृष्य पनि उनको मानसपटलमा नाचिरहेको छ ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...